एनआईसी एशिया बैंकले महिला उद्यमीलाई महासंघको सिफारिसमा १० लाखसम्म कर्जा दिने

काठमाडौं । एनआई सी एशिया बैंकले नेपाल उद्यमशील महिला महासंघ महासंघका प्रतिनिधिहरूले गरेको सिफारिसका १० लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्ने भएको छ । महासंघले उपलब्ध गराएको कागजात, कारोबार, मापदण्डलगायतका आधारमा व्यक्तिलाई कर्जा रू. २ लाखदेखि रू.१० लाखसम्म उद्यमशील प्राकृतिक ब्यक्तिका लागि कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ । सो सम्बन्धी सम्झौतापत्रमा एनआईसी एशिया बैंकको तर्फबाट नायव प्रमुखकार्यकारी अधिकृत सुधीरनाथ पाण्डे र नेपाल उद्यमशील महिला महासंघको तर्फबाट महासंघकी अध्यक्ष देबिका बुढाथोकीले हस्ताक्षर गरेका छन् । निजी क्षेत्रबाट सञ्चालित बैंकहरूमध्येकै ठूलो बैंक बन्न सफल एनआईसी एशियाले साना तथा मझ्यौला व्यवसायमा लगानी विस्तार गर्ने रणनीति अनुसार महासंघसँग साझेदारी गरेको जनाएको छ । बैंकले नेपाल उद्यमशील महिला महासंघसँग सहकार्य गरेर ‘उद्यमशील कर्जा’ योजना ल्याएको छ । यस सम्झौताले नेपाल सरकारले हालै कार्यान्वयनमा ल्याएको सहुलियतपुर्ण कर्जा योजनाका लागि पनि योगदान पुग्ने विश्वास बैंकले लिएको छ । साथै, महिलाहरुलाई उद्यमी बनाउन पनि मद्दत गर्ने बैंकको विश्वास छ । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १७१ अर्ब तथा कर्जा रू. १४९ अर्ब पुगेको छ ।

सरकारी ब्याज सहुलियत सहितको कर्जा सिद्धार्थ बैंकले पनि दिन थाल्याे, कसरी लिने ?

काठमाडौं । सिद्धार्थ बैंकले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन, २०७५ अनुरुप ब्याज अनुदान सहितको सहुलियतपूर्ण कर्जा प्रदान गर्ने भएको छ । बैंकले प्रदान गर्ने सहुलियतपूर्ण कर्जा निम्न किसिमका छन् ः कसरी लिने ? सहुलियत पूर्ण कर्जा लिन चाहने व्यक्तिले कर्जाको प्रकृतिअनुसार व्यवसायिक योजना वा प्रमाणपत्र सहित बैंकले तोकेको ढाँचाको निवेदन सिद्धार्थ बैंकका नजिकका शाखाहरुमा दिन सक्नेछन् । बैंकले कर्जाको मागको प्रकृतिअनुसार व्यवसायिक योजना हेरि आवेदन गरिएको रकमको हदसम्म कर्जा स्वीकृत गर्न सक्नेछ । व्यवसायिक योजना अनुसार कर्जा एकमुष्ठ वा किस्ताबन्दीमा प्रदान गर्न सकिने छ । नेपाल सरकारले उक्त कर्जाको धितो तथा कर्जा सुरक्षण कोषमा अनिवार्य रुपमा बीमा गर्नुपर्ने प्रावधान राखेको छ । बैंकले हालसम्म देशभर रहेका १३९ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग तथा १५० वटा एटिएमहरु मार्फत ६ लाख २२ हजार भन्दा बढि ग्राहकहरुलाई बैंकिङ्ग सेवा पुर्याउँदै आइरहेको छ । त्यस्तै, २०७५ माघ मसान्तसम्ममा बैंकको चुक्ता पुँजी ८ अर्ब ८८ करोड रहेको छ भने १०८ अर्ब रुपैयाँ निक्षेप संकलन गरि १०० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

राष्ट्र बैंकले सोमबार २ अर्बको ट्रेजरी बिक्री गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार २ अर्ब २३ करोड ३२ लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले एक सूचनामार्फत उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हो । विभिन्न वित्तीय उपकरण प्रयोग गर्दै आएको केन्द्रीय बैंकले पटक पटक ट्रेजरी बिल र रिपोसमेत बोलकबोलमा बिक्री गर्दै आएको छ । बैंकका अनुसार कूल ९१ दिने अवधिको उक्त बिल मङ्गलबार बाँडफाँट गरिनेछ । बैंकले यसअघि यही फागुन ६ गते दुई अर्बको ट्रेजरी बिल बिक्री गरेको थियो ।