एनआईसी एशिया बैंकको नयाँ शाखा पोखरामा

<p>काठमाडौं । एनआईसी एशिया बैंकको पोखरा महानगरपालिका वडा नं ५, पस्र्याङ्ग उद्घाटन भएको छ । उक्त शाखाको पस्र्याङ्ग शाखाको पोखरा महानगरपालिकाका नगर प्रमुख मानबहादुर जि.सीले उद्घाटन गरेका हुन् । गत भाद्र २गतेबाट कारोबार सुरु भएको उक्त शाखाको उद्घाटन प्रमुख अतिथि जि.सीले दुर्गम तथा ग्रामीण भेगमा बैंकले आफ्ना उपस्थिति सबल बनाउदै गएको बताए । बैंकको मुलुकभरि [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंकको पोखरा महानगरपालिका वडा नं ५, पस्र्याङ्ग उद्घाटन भएको छ । उक्त शाखाको पस्र्याङ्ग शाखाको पोखरा महानगरपालिकाका नगर प्रमुख मानबहादुर जि.सीले उद्घाटन गरेका हुन् ।

गत भाद्र २गतेबाट कारोबार सुरु भएको उक्त शाखाको उद्घाटन प्रमुख अतिथि जि.सीले दुर्गम तथा ग्रामीण भेगमा बैंकले आफ्ना उपस्थिति सबल बनाउदै गएको बताए ।

बैंकको मुलुकभरि २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १७१ अर्ब तथाकर्जा रू. १४९ अर्ब रहेको छ । बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ ।

Share News