काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैंया बराबरको रिपो बिक्री गरी बैंकिङ तरलता प्रशोचन गर्ने भएको छ । बैंकले दुई हप्ता अवधिको उक्त रिपो बुधबार ३ बजे अक्सन गर्ने भएको हो । उक्त रिपो फागुन २९ गते परिपक्व हुनेछ । उक्त अक्सनमा ५ प्रतिशतको निश्चित ब्याजदर तोकिएको छ ।
नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोर लागु गरेसँगै ५ प्रतिशतको नीतिगत दरमा रिपो बिक्री गर्न लागेको हो । नेपाल राष्ट्र बैंकले हाल ३.५ प्रतिशत न्यूनतम र ६.५ प्रतिशत अधिकतम ब्याजदर सहितको स्थिर प्रकृतिको ब्याजदर करिडोर लागु गरेको छ । माथिल्लो सीमामा राष्ट्र बैंकले स्थायी तरलता सुविधा उपलब्ध गराउँछ भने तल्लो सीमामा बजारबाट तरलता खिच्ने काम गर्छ । हाल औसत भारित अन्तरबैंक ब्याजदर ५ प्रतिशतको निन्दुबाट उकालो लागेसँगै नेपाल राष्ट्र बैंकले तरलता प्रशोचन गर्न लागेको हो ।