७३२ स्थानमा बैंक शाखा पुगे, अझै २१ स्थानमा बैंक पुग्न वाँकी
काठमाडौं । वाणिज्य बैंकको शाखा ७ सय ३२ स्थानीय तहमा विस्तार भएको छ । वि.स २०७६ असार मसान्तसम्मको तथ्याङ्ग अनुसार ७ सय ५३ स्थानीय तहमध्ये जम्मा ७ सय ३२ तहमा मात्र बैक शाखा पुगेकाे हाे । वि.सं.२०७५ सालमा ६ सय ३१ स्थानीय तहमा बैंक शाखा विस्तार भएको थियो । अब २१ स्थानीय तह बैंक शाखा पुग्न रहेको नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले काठमाडौंको र्याडिसन होटलमा आर्थिक वर्ष २०७६।७७ को मोद्रिक नीति प्रस्तुत गर्ने क्रममा बताएका हुन् । २०७६ जेठ मसान्तसम्ममा वाणिज्य बैंकहरुको शाखा संख्या ३५३९, विकास बैंकहरुको १२५०, वित्त कम्पनीहरुको २०५ र लघुवित्त वित्तीय संस्थाहरुको ३५७० गरी कुल शाखा संख्या ८५६४ पुगेको छ । २०७५ जेठ मसान्तमा यस्तो संख्या ६४१४ रहेको थियो ।
मूल्य अभिवृद्धि करको १० प्रतिशत भुक्तानीगर्दा सोझै बैंक खातामा
काठमाडौं । विद्युतीय माध्यमबाट रकम भुक्तानी गर्दा वस्तुको मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम बैंक खातामा जम्मा हुने भएको छ । वस्तु तथा सेवाको मूल्य कार्ड वा विद्युतीय माध्यमबाट भुक्तानी गर्दा बीजकमा उल्लेखित मूल्य अभिवृद्धि कर बैंक खातामा जम्मा हुने व्यवस्था लागु भएको छ । बुधबार काठमाडौंको र्याडिसन होटलमा आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक निति प्रस्तुत गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थामा नगद जम्मा गर्न राख्नु पर्ने व्यवस्था मिलाइएकाे कुरा घोषणा गरेका हुन् ।
नेपाली मुद्रा भुक्तानी सहज गर्न को-ब्रान्डीङ कार्ड प्रयोगमा ल्याईदै, प्रयोगकर्तालाई भारी छुट
काठमाडौं। कार्डमार्फत नेपाली मुद्रामा गरिने भुक्तानी तथा फछ्र्याैट कारोबारलाई वृद्धि गर्ने उद्देश्यले मौद्रिक नितीले छिट्टै नै को-ब्रान्डिङ कार्ड प्रयोगमा ल्याउने घोषणा गरेको छ। को-ब्रान्डिङ कार्ड कुनै पनि ब्रान्ड अथवा व्यवसायी क्रेडिट कार्ड कम्पनीसँग मिलेर बनाईन्छ जसले त्यस ब्रान्ड वा व्यवसायबाट केही सामान खरिद गर्दा धेरै भन्दा धेरै अफर र छुट दिने गर्दछ। यसमा तपाईलाई क्यासब्याक, पोईन्टहरुको सुविधाहरु उपलब्ध हुन्छन्। ईतिहाद एयरवेजको को- ब्रान्डीङ कार्ड सामान्यता यसमा एक खुद्रा विक्रेता हुन्छ – जस्तै डिपार्टमेन्ट स्टोर, ग्याँस पसल वा एयरलाइन्स र अर्को बैंक हुने गर्दछ। को-ब्रान्डिग गरिएको क्रेडिट कार्डहरूको प्रयोग गर्दा कार्ड प्रयोगकर्ताहरुले प्रायोजकबाट सामानहरु खरिद गर्दा छूटहरु प्राप्त गर्दछन् यसका साथै उनिहरुले अन्य ठाउँहरु उक्त बैंकको कार्डहरू प्रयोग गर्न सक्दछ। यो कार्ड बिशेष गरेर एयरलाइन्सहरुले प्रयोग गरेको देखिन्छ। यदी तपाई कुनै पनि एयरलाइन्सबाट धेरै यात्रा गर्नुहुन्छ भने यो कार्डको प्रयोगले तपाईले पोईन्टहरु संकलन गर्नसक्नुहुन्छ। तपाईले जति पोईन्टहरु संकलन गर्नुहुन्छ त्यस अनुरुप तपाईलाई पछि गएर एयरलाइन्सको टिकटमा भारी छुट अथवा निशुल्क यात्रा समेत गर्न पाउनसक्नुहुन्छ। यदी तपाई धेरै यात्रा गर्नुहुन्छ, सामानहरु किनिरहनु हुन्छ भने तपाईलाई यो कार्ड निकै फाईदामुलक छ।