द हबि अटो ट्रेडिङबाट गाडी किन्दा सांग्रिला बैंकबाट ७० प्रतिशतसम्म कर्जा पाइने

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र द हबि अटो ट्रेडिङ्ग प्रालि बीरगंज वडा न. १५ बीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक रजित मास्के र द हबि ट्रेडिङ्ग प्राÞलिका तर्फबाट अध्यक्ष उमेशनारायण मानन्धरले हस्ताक्षर गरेका छन् । सम्झौतापछि बैंकका ग्राहकहरुले द हबि ट्रेडिङ प्रालिबाट नयाँ वैकहो लोडर तथा हेभी ईक्यूपमेन्ट खरीद गर्न चाहेमा सम्झौता अन्र्तगत खरिद रकमको अधिकतम ७० प्रतिशतसम्म कर्जा सम्बन्धी सेवा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्नेछन् ।

कसरी स्वीकार्ने सुनलाई निक्षेपमाः भारतमा गहना होइन पगालेको सुन राखे ब्याज पाइन्छ

काठमाडौं । अन्य देशमा सुनलाई निक्षेपको रुपमा स्वीकार गर्ने गरिएपनि नेपालमा भने अभ्यास अत्यन्त नौलो र नयाँ हो । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सुनलाई निक्षेपको रुपमा स्वीकार्न गर्ने नीतिगत व्यवस्था गर्ने उल्लेख गरिएको छ । यसअघि बजेटले यसलाई सम्बोधन गरेको थियो । बैंकहरूले सुनलाई निक्षेपको रुपमा स्वीकार्न राष्ट्र बैंकले कस्तो मोडालिटी बनाउला त्यो भने हेर्न वाँकी नै छ । यतिसम्मकी कस्तो सुन निक्षेपको रुपमा राख्दा आम ग्राहकले ब्याज पाउँछन् यस विषयमा सरोकारवालाहरूसँग छलफल गरेर कार्यविधि बनाउने राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले बताए । गहना राख्ने कि गहनालाई पगालेर गुणस्तर चेकजाँच गरी प्रमाणिकरण गरिएको सुनको मूल्य समायोजन गरी निक्षेपको रुपमा राख्ने यस विषयलाई कार्यविधिले स्पष्टता पार्ने उनले बताए । भारतमा गहना होइन, गहनालाई गालेर सुनलाई टेष्टिङ गरी मूल्य समायोजन गरी जनताबाट बैंकले निक्षेपको रुपमा सुन राख्ने गरेको छ,’ उनले भने ‘ उक्त सुन बैंकमा राखे वापत ग्राहकले ब्याज पाउँछन् भने ग्राहकले सुन लिन चाहेको बेला सुन नै या पैसा जुन उपयुक्त लाग्छ सोही लिन सक्छन् ।’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने ‘सुन राखेर व्याज पाउने विषयमा राष्ट्र बैंकले विदेशमा भईरहेको कार्य विधिलाई राम्रोसँग बुझेर त्यसै अनुरुप नेपालमा नीति नियम बनाउनस पर्ने बताए । ‘नेपालको सन्दर्भमा यो विषय नितान्त नयाँ र फरक भएपनि राष्ट्र बैंकले बनाएको नीतिगत व्यवस्थाअनुरुप अगाडी बढ्ने हो,’ उनले भने ‘विदेशमा भएका अभ्यासलाई राष्ट्र बैंकले फनो गर्दा राम्रो हुन्छ ।’ राष्ट्र बैंकले सुनलाई निक्षेपको रुपमा स्वीकार्ने व्यवस्था ल्याएपनि कार्यविधि बनेको छैन,’ नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ट सदस्य तेजरत्न शाक्यले भने उनले भने ‘सुन बैंकमा राख्दा ग्राहकले के कति प्रतिशत ब्याज पाउँछन् ।’ कसरी सुन राख्दा रिक्स कम हुन्छ । यसका व्यवहारिक र नीतिगत व्यवस्था नहुँदा अन्योलता छ । यद्यपि सुनलाई मूल्यमा रुपान्तर गरेर बैंकमा राख्दा कम रिक्स हुन्छ । मूल्य समायोजन गरेर नै बैंकहरूले सुनलाई निक्षेपको रुपमा स्वीकार गर्नुपर्छ ।

उच्च अदालत पाटन परिसरमा एनआईसी एशियाले एटीएम सेवा सञ्चालन गर्ने

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र उच्च अदालत पाटन, ललितपुरबीच ललितपुर महानगरपालिका वडा नं ३ हरिहरभवनस्थित उच्च अदालत परिसरमा एटिएम मेसिन संचालनका लागि स्थान उपलब्ध गराउने सम्झौता भएको छ । उच्च अदालत परिसरमा एटिएम संचालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने विश्वास बैंकले लिएको छ । बैंकले देशभर २९२ शाखा कार्यालयहरु, ३१५ एटिएम, ५२ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको जनाएको छ ।