एनआईसी एशियाले दियो जेष्ठ नागरिक मिलन केन्दलाई एलईडी टिभी

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरा कास्कीस्थित रामबजार जेष्ठ नागरिक मिलन केन्द्रलाई एलईडी टेलिभिजन हस्तान्तरण गरेको छ । उक्त सहयोग स्वरुप दिइएको टेलिभिजन बैंकका गण्डकी प्रादेशिक कार्यालयका प्रमुख दिपेन्द्र शर्माले एक कार्यक्रमका बीच रामबजार जेष्ठ नागरिक मिलन केन्द्रलाई हस्तान्तरण गरेका हुन् । एनआईसी एशिया बैंकले गरेको यो सहयोगले सो केन्द्रका वृद्घवृद्घालाई सूचना तथा मनोरञ्जनका सामग्रीमा सहज पहुँच हुने विश्वास बैंकले लिएको छ ।

ग्लोबल आइएमईले ३ दिन मै घर कर्जा दिने, ब्याज दर ९.९९ प्रतिशत

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ९.९९ प्रतिशतब्याज दरमा घर कर्जा योजना ल्याएको छ । घर कर्जा आवेदन प्रकृया पूरा भएको ३ कार्य दिनभित्रकर्जा प्रवाहगरिने बैंकले जनाएको छ । सस्तो तथा सरल किस्ताबन्दीमा घर बनाउने,खरीद गर्ने तथा अन्य बैंक बित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने प्रयोजनको लागि ग्राहकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको हो । यो योजना अन्तर्गत सेवाग्राहीले १५ वर्षसम्मको अवधिका लागि १ करोड ५० लाख रुपैयाँसम्म कर्जा लिन पाउने छन् । यो योजना निश्चित अवधिको लागि रहने र बैंकका सबै शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ ।

इन्टरनेट बैकिङ्ग सेवाको स्तरोन्नत्ती गर्दै सिटिजन्स बैंक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो इन्टरनेट बैकिङ्ग सेवाको स्तरोन्नत्ती गरेको छ । बैंकले हाल कायम इन्टरनेट बैकिङ्ग सेवालाई विस्थापित गरी नयाँ “ एक्सप्रेस बैंकिङ” नामक इन्टरनेट बैकिङ्ग सेवा शुभारम्भ गरेको हो । यस नयाँ इन्टरनेट बैकिङ्ग मार्फत स्टेटमेण्ट हेर्न, बैंक भित्र तथा अन्य बैंकमा रहेको खातामा रकम ट्रान्सफर गर्न, विजुली, टेलिफोन, इन्टरनेट, मोवाइल आदिको विल भुक्तानी गर्न, विभिन्न वालेट लोड गर्न, क्रेडिट कार्डको विल भुक्तानी गर्न साथै स्कूल तथा कलेजको शूल्क तिर्न सकिन्छ । यो सेवा अत्यन्त सहज रहेको हुँदा, ग्राहक वर्गहरुले घरमै वसिबसि विभिन्न सुविधाहरु उपभोग गर्न सक्नेछन् । अत्याधुनिक ईन्टरनेट बैंकिङ्गको प्रयोगबाट बैंकद्वारा प्रवाह गरिने सुविधाहरू थप सुरक्षित, छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा हुने विश्वास बैंकले लिएको छ । यस बैंकले आर्थिक वर्ष २०७५।७६ मा ७० अर्ब ३५ करोड निक्षेप संकलन गरेर ६२ अर्ब ९० करोड रुपैयाँ ऋण प्रवाह गरिे बैंकले दुई अर्ब ८१ करोड ६४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। उक्त बैंकले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र १०० वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको हो । यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ । ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।