वल्र्ड मर्चेन्ट बैकिङ एण्ड फाइनान्स समस्याग्रस्त सूचीबाट हट्यो

काठमााडौं । वल्र्ड मर्चेन्ट बैकिङ एण्ड फाइनान्स लिमिटेड समस्याग्रस्त सूचीबाट हटेको छ । नेपाल राष्ट्र बैंकको साउन सात गतेको बैठकले उक्त संस्थालाई समस्याग्रस्त अवस्थाबाट सशर्त फुकुवा गरिएको हो । वल्र्ड मर्चेन्टलाई २०७० वैशाख १३ मा समस्याग्रस्त वित्तीय संस्थाको रुपमा घोषणा गरिएको थियो । राष्ट्र बैंकले २०७० वैशाख ५ गते नेपाल राष्ट्र बैंक ऐन २०५८ को लफा ८६ ‘ख’ बमोजिम निक्षेप स्वीकार गर्ने, कर्जा प्रवाह गर्ने जमानत प्रदान गर्नेलगायतका कारोबार गर्न नपाउने गरी समस्या ग्रस्त घोषणा गरिएको हो ।

सिद्धार्थ बैंकको १६०औँ शाखा धापासीमा

काठमाडौं ।  सिद्धार्थ बैंकले आफ्ना शाखाहरु विस्तार गर्ने क्रममा यही बुधबारदेखि काठमाडाैंको धापासीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो । बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधाका साथमा अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । हालै सञ्चालनमा आएको शाखा सहित यस बैंकले देशभर १६० वटा शाखा (४ एक्स्टेन्सन काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १७३ एटिएम र १,३०० भन्दा बढी पिओएस मेसिन मार्फत्  बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

सिटिजन्स बैंकका ग्राहकलाई भेनस हस्पिटलमा विशेष छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र मध्यबानेश्वर स्थित भेनस हस्पिटलबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले भेनस हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउने छन् ।