एभरेष्ट बैंकद्वारा टिच फर नेपाललाई ५ लाख सहयोग
काठमाडौँ । एभरेष्ट बैंकले शिक्षा क्षेत्रतर्फको संस्थागत सामाजिक उत्तरदायित्व पहल अन्तर्गत टिच फर नेपाललाई सहयोग निरन्तरता दिँदै चेक हस्तान्तरण गरेको छ । बैंकले ५ लाख रुपैयाँ सहयोग गरेको हो । टिच फर नेपाल विश्वविद्यालयका उत्कृष्ट स्नातक र अनुभवी युवाहरुको मुभमेन्ट हो जो शिक्षामा भएको असमानतालाई अन्त्य गर्न प्रतिबद्ध रहेका छन् । उनीहरुले विगत २ वर्षदेखि नेपालका सार्वजनिक विद्यालयहरुमा अध्यापन गराइरहेका छन् । एभरेष्ट बैंकले नेपालका सरकारी तथा सार्वजनिक विद्यालयहरुमा शिक्षा, सरसफाई तथा खानेपानीमा सहयोग पुर्याइरहेको छ ।
सिद्धार्थ बैंकको नाफा २ अर्ब ३० करोड, सबै वित्तीय सूचकमा राम्रो सुधार
काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्षमा २ अर्ब ३० करोड नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ४० करोड रुपैयाँ बढी हो । नाफासँगै बैंकले समग्र वित्तीय सूचकमा राम्रो सुधार गरेको छ । असार मसान्तसम्ममा बैंकले १ खर्ब १४ अर्ब रुपैयाँ संकलन गरेको छ । तरलता संकटको बेलामा पनि बैंकले एक वर्षमा २० अर्ब रुपैयाँ निक्षेप वृद्धि गरेको छ । कर्जा सापटी एक वर्षमा २१ अर्बले वृद्धि गरी १०४ अर्ब रुपैयाँ दिएको छ । बैंकको लगानी १८ अर्ब ८७ करोड रुपैयाँ छ । बैंकको सेयर पुँजी ८ अर्ब ८८ करोड रुपैयाँ छ भने विभिन्न कोषमा रहेको रकमसहित कुल पुँजी कोष १५ अर्ब २३ करोड रुपैयाँ भएको छ । बैंकको पुँजीकोष प्रयाप्तता अनुपात १२.५६ प्रतिशत छ । राष्ट्र बैंकको नियमअनुसार यो अंक १० प्रतिशतभन्दा कम हुनुहुन्न । बैंकको कर्जा लगानीको गुणस्तर राम्रो देखिएको छ । असार मसान्तसम्ममा बैंकको खराव कर्जा शुन्य दशलमव ७५ प्रतिशतमा झरेको छ जुन अघिल्लो वर्ष १ दशमलव ०९ प्रतिशत थियो । बैंकको बेस रेट भने अझै माथि रहेको छ । हाल बैंकको बेसरेट १०.५७ प्रतिशत छ । बैंकको बेसरेट जति माथि गयो कर्जाको व्याजदर त्यति नै माथि जाने भएकोले बैंकको ऋणिहरुको लागि निराशाजनक सूचक हो । प्रतिसेयर आम्दानी २६ रुपैयाँ ५९ पैसा भएको, मूल्य आम्दानी अनुपात ११.९६ प्रतिशत भएको बैंकले जनाएको छ । हाल बैंकको सेयर मूल्य ३२२ रुपैयाँ रहेको छ । गत वर्षको नाफाबाट बैंकका सेयरधनीले राम्रो लाभांश पाउने देखिएको छ ।
श्रीमान् र छोरालाई नेपालमै काम लगाउन गभर्नरको आग्रह, भन्छन्–‘बैंकले कर्जा दिन्छ, नेपालको आम्दानी दिगो हुन्छ’
बुटवल । नेपाल राष्ट्र बैकका बैकका गभर्नर डा. चिरञ्जिबी नेपालले युवाहरुलाई नेपाल सरकारले दिएको अनुदान र बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा उत्पादनशील क्षेत्रमा लगानी गरी स्वदेशमा नै उद्यमी भई लाभ लिन आग्रह गरेका छन् । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले शुक्रबार पाल्पाको तिनाँउ गाउपालिका र तानसेन नगरपालिकाको सीमा क्षेत्र डुम्रेमा आयोजना गरेको वित्तीयय साक्षरता कार्यक्रममा बोल्दै उनले बिदेशमा गएर कमाएको कमाईले अल्पकालीन लाभ देखिएपनि स्वदेशको कमाई दीगो र देशलाई सम्बृद्ध बनाउन महत्वपूर्ण हुने बताए । गभर्नर डा. नेपालले राष्ट्र बैकले लिएको वित्तीय साक्षरता अभियानको नीतिलाई बैंकले कार्यान्वयनमा भूमिका निर्वाह गरेकोमा प्रशंसा गर्दै समावेशी अर्थतन्त्र निर्माणमा यस अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले नेपालमा उत्पादन गर्न सकिने कृषि तथा कृषिजन्य बस्तु समेत ठूलो मात्रामा आयात भईरहेको बताउँदै युवाहरुले स्वदेशमा नै अवसरको सदुपयोग गरी देशलाई आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिएका छन् । पाल्पा गृह जिल्ला भएका गर्भनर नेपालले पाल्पामा व्यवसायिक तरकारी खेती र पशुपालनको राम्रो सम्भावना भएको उल्लेख गर्र्दै कार्यक्रममा सहभागी महिलाहरुलाई आफ्ना छोरा र श्रीमान्लाई बिदेशमा होइन स्वदेशमा नै काम गरौ भनि उत्प्रेरित गर्न आग्रह गरे । सोही कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैक, सिद्धार्थनगरका निर्देशक राजेन्द्र भट्टराईले सरकारले उपलब्ध गराउने सहुलियतपूर्ण कर्जा र ब्याज अनुदान शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लगायतका सबै बैक तथा वित्तीय संस्थाबाट प्रवाह हुने भएकाले त्यस्तो अनुदानलाई उपयोग गर्न स्थानीय कृषक तथा लक्षित वर्गलाई अनुरोध गरे । तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ति मगरले तिनाउँ गाउपालिकामा एउटा मात्रै बैंक भएको अवस्थामा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले शाखा कार्यालय स्थापना गरी सचेतना कार्यक्रम गरेकोमा गाउँमा बैक र लगानी प्रति सर्बसाधारणको अत्यन्त सकारात्मक भावना बढेको बताए । उनले तानसेनदेखि बुटवलको बीच क्षेत्रका सर्बसाधारणका लागि निक्षेप संकलन र कर्जा प्रवाहमा यो बैक सहयोगी हुने बताउँदै सेवा प्रवाहमा चुस्त राख्न सुझाव दिए । मस्याम एकीकृत क्याम्पसका प्राचार्य घनबहादुर कार्कीले बैंकहरु नाफा केन्द्रीत मात्र हुन्छन् भन्ने ग्रामिण क्षेत्रका जनताको सोंचलाई यो बैंकले परिवर्तन गरेको बताउँदै सरकारले दिने अनुदान र ब्याज अनुदानका कार्यक्रमबाट कर्जा प्रवाह गरी युवा पलायन रोक्न र स्थानीय आय बढाउन बैंक सफल रहोस भन्ने कमना व्यक्त गरे । सोही अवसरमा स्थानीय महिला उद्यमीहरु गोमा भण्डारी, सिता कुमारी अस्लामी, दुर्गा बिष्ट र साबित्रा जिसीलाई दोसल्ला र प्रसंशा पत्रबाट सम्मान गरिएको थियो भने स्थानीय मस्याम एकीकृत क्याम्पसमा जेहेन्दार बिद्यार्थी छात्रबृत्ति बितरणका लागि रु. ५० हजार रुपैया दिने घोषणा गरिएको थियो । बैकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले शाइन रेसुङ्गा डेभलपमेण्ट बैक यस क्षेत्रका जनताको प्रतिनिधिमूलक वित्तीय संस्था भएकाले यसले मुनाफालाई मात्र नभई यस क्षेत्रको आर्थिक र उद्यमशिलता बिकासका लागि प्राथमिकतामा राखि सेवा प्रवाह गरी रहेकाले नै सबैको मन जित्न सकेको बताउदै अव छिट्टै राष्ट्रियस्तरको डेभलपमेण्टका रुपमा स्तरोन्नती हुने जानकारी दिए । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले स्थानीय पूँजी, स्थानीय श्रम, स्थानीय विकास, स्थानीय सम्बृद्धि भन्ने मूल नाराका साथ सञ्चालित बैंकले स्थानीय जनताको आवश्यकताका आधारमा गुणस्तरीय र सर्बसुलभ बैकिङ्ग सेवा प्रवाह गर्दै आइरहेको जानकारी गराउँदै स्थानीय नगरपालिका तथा गाउपालिकाहरुसंगको सहकार्य र समन्वयमा सहुलियत पुर्ण कर्जा प्रवाह गर्ने र प्रत्येक नेपालीको बैंक खाता अभियान अनुरुप ग्रामिण क्षेत्रमा बैंकिङ्ग पहुँच पु¥याउने अभियानमा रहेको बताएका छन् । बैकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको सभापतित्व र प्रमुख जोखिम अधिकृत सिए यशोधन पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।