कन्ट्री रेटिङ गर्न सरकार अघि बढ्यो
काठमाडौं । कन्ट्री रेटिङ नहुँदा विदेशबाट ऋण ल्याउन तथा वैदेशिक लगानी भित्र्याउन अप्ठ्यारो परेपछि सरकारले कन्ट्री रेटिङ गर्ने भएको छ । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले कन्ट्री रेटिङ गर्न सरकारले आवश्यक प्रक्रिया अघि सारेको बताएका हुन् ।
हामी कसैलाई सकसको वातावरण सिर्जना गरेर बजार तताउने काम गर्दैनौः डेपुटी गभर्नर शिवाकोटी
काठमाडौं । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बैंकलाई सकसमा पारेर राष्ट्र बैंकले बजार तताउने काम नगर्ने बताएका छन् । बिहीबार राजधानीमा आयोजित मौद्रिक नीति सम्बन्धि कार्यक्रममा बोल्दै उनले बैंकहरूलाई सकसमा पारेर मर्जरमा लैजान नचाहेको बताएका हुन् । ‘हामी कसैलाई सकसको वातावरण सिर्जना गरेर बजार तताउने अवस्था ल्याउँदैनौ,’ उनले भने ‘पहिला स्वच्छिक नभए बलपूर्वक मर्जर हाम्रो नीति हो ।’ मौद्रिक नीतिले मर्जर जाने बैंक तथा वित्तीय संस्थाको लागि सहुलियतको व्यवस्था गरेको छ । यसका साथै गत आव र अघिल्लो आवमा जस्तै लगानी योग्य पुँजी अभाव हुन नदिन समेत विभिन्न व्यवस्था गरेको उनले बताए । मौद्रिक नीतिको असर सम्बन्धि कार्यक्रममा डेपुटी गर्भनर शिवाकोटीले भने ‘बैंकलाई बचाउन निक्षेप तथा कर्जाबीचको ब्याजदर अन्तर(स्प्रेडदर) ४.४ प्रतिशत राखिएको हो । वित्तीय सुधार रणनीतिमा यदि चालु आवसम्म बैंकहरूको स्प्रेडदर ४.४ प्रतिशत नराखिएको भए मौद्रिक नीतिले ४.२५ प्रतिशत स्प्रेडदर कायम गरथ्र्यो । सरकारी व्यवस्थाको खिलापमा जान नसक्ने भएका हुँदा स्पेडदर अझ खुकुलो बनाइएको शिवाकोटीले जानकारी दिए । निश्चित प्रतिशतभन्दा बढी क्रस होल्डिङ भएका बैंकहरुलाई मर्जरमा जान निर्देशन दिने भएको छ । राष्ट्र बैंकले शुन्य दशमलव ८ प्रतिशतभन्दा माथि सेयर स्वामित्व भएका सेयरधनीहरुको नामावली माग गरेको छ । राष्ट्र बैंकले ७ दिन भित्रमा सम्पूर्ण विवरण पेश गर्ने गरी आज बिहीबार निर्देशन दिएको हो । सोको विवरण आएपछि यसका लागि मर्जरका लागि राष्ट्र बैंकले मोडालिटी बनाउने उनले बताए ।
माछापुच्छ«े बैंक र ह्याम्स अस्पताल एंव सुमेरु अस्पताल बीच सम्झौता ।
काठमाडौं । माछापुच्छे बैंक लि. र काठमाण्डौँको धुम्बाराहि स्थित ह्याम्स अस्पताल एंव सुमेरू ग्रुप अन्तर्गत संचालित सुमेरु अस्पताल, सुमेरु सिटी अस्पताल बीच सम्झौता भएको छ । सम्झौताअनुसार माछापुच्छे बैंकका ग्राहकहरूले सुमेरू अस्पताल तथा सुमेरु सिटी अस्पताल र ह्याम्स अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा १०% सम्मको छुट प्राप्त गर्नेछन् । उक्त छुट माछापुच्छ«े बैंकका डेविट कार्ड, क्रेडिट कार्ड एंव ग्राहक कार्ड लिएका ग्राहक महानुभावहरु तथा बैंकका कर्मचारीरुहरुले प्राप्त गर्न सक्दछन् । यसरी, बैंकले आफ्ना १३१ वटा शाखाहरु लगायत ११२ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २४३ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गर्नुका साथै, बैंकको देशभर १४४ वटा एटीएमहरु मार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आएको छ ।