प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषका लागि दुई संस्थाद्वारा २५ लाखको चेक हस्तान्तरण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्न दुई संस्थाले आज बिहान रु २५ लाखको चेक हस्तान्तरण गरेका छन् । कोषमा केडिया अर्गनाइजेशन ट्रष्टले रु १५ लाख र निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले रु १० लाखको चेक हस्तान्तरण गरेका हुन् । ट्रष्टका कोषाध्यक्ष मदनलाल केडिया र युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा उक्त चेक हस्तान्तरण गरेको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले प्रशासनलाई स्वच्छ र पारदर्शी बनाउन कर्मचारीको सहयोग आवश्यक रहेको बताउँदै कर्मचारी सेवामुखी भए भने जनतामा सरकारप्रति सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले कर्मचारीले सरकारलाई सहयोग गरेन भनेर भ्रम छर्ने कामसमेत भइरहेको बताउँदै भने, “सरकारलाई कसरी अलोकप्रिय बनाउन सकिन्छ भनी केहीले सरकारले आधिकारिक ट्रेड युनियन बन्द गर्न खोजेको छ भनेर सरकार र कर्मचारीबीच भ्रम छर्ने काम गरिरहेका छन् । उनले जबसम्म कर्मचारीतन्त्र प्रभावकारी, स्वच्छ र सेवाउन्मुख हुँदैन तबसम्म सरकार आफ्ना वाञ्छित उपलब्धि हासिल गर्न सक्दैन भनी उल्लेख गरे । यसरी, सरकारले मन्त्रिपरिषद्बाट गर्ने निर्णय कार्यान्वयन कर्मचारीले नै गर्ने भएकाले कर्मचारी र सरकारबीच विश्वासको वातावरण बन्नुपर्ने उनले बताए । देशका लागि योगदान गर्ने समय आएको बताउँदे आलीले चुहावट र अनियमितता हटाउनका लागि मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली लागू गरिएको पनि स्पष्ट गरेका छन् । यसअघि बारा र पर्सामा आएको हावाहुरीबाट पीडितलाई सहयोग गर्नका लागि ट्रष्टले प्रदेश नं २ का मुख्ममन्त्री लालबाबु राउतलाई रु ११ लाख प्रदान गरेको ट्रष्टका विमल केडियाले जानकारी दिए । रासस
मौद्रिक नीति आज सार्वजनिक हुने, कार्यक्रम ४ बजे हाेटल र्याडिशनमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७६/७७ का लागि मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ । बुधबार विहान बसेको सञ्चालक समितिको बैठकले आज ४ बजे र्याडिशमा बैंकर्स, उद्योग व्यवसायी र पत्रकार माझ मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम तय गरेकाे सञ्चालक समितिका एक सदस्यले जानकारी दिए । राष्ट्र बैंक पछि हट्यो, फोर्स मर्जर नीति नआउने, २२ वटा बैंक बने उल्लु
बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड एनआईसी एशियालाई, दोश्रो र तेश्रोमा एनएमबी र सिटिजन्स
काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था(आइक्यान)ले यो वर्षको छनौट भएका वित्तीय प्रतिवेदन मध्ये ‘बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट(बीपीए) अवार्ड एनआईसी एशिया बैंकलाई प्रदान गरेको छ । मंगलबार आइक्यानको नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण समारोहमा अर्थमन्त्री डा. युवराज खतिवडाले अवार्ड प्रदान गरेका हुन् । बाणिज्य बैंकतर्फको उक्त अवार्ड एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले ग्रहण गरेका हुन् । त्यसैगरी, वित्तीय प्रतिवेदन मध्ये फस्ट रनरअप अर्थात दोश्रो एनएमबी बैंक र सेकेन्ड रनरअप अर्थात तेश्रो सिटिजन्स बैंक भएको थियो । बैंकका प्रतिनिधिले अर्थमन्त्रीबाट अवार्ड ग्रहण गरेका हुन् । यता, विकास बैंकतर्फको ‘बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट(बीपीए)’ अवार्ड महालक्ष्मी विकास बैंकलाई प्रदान गरिएको छ । त्यसैगरी फस्ट रनरअप फष्र्ट माइक्रोफाइनान्स भएको छ । त्यसैगरी उत्पादनमूलक समूहतर्फ बुटवल पावर कम्पनी, सेवामूलकतर्फ र्याडिसन होटल र अन्य समूहतर्फ कर्जा सूचना केन्द्रलाई अवार्ड प्रदान गरिएको हो । लेखापरीक्षकहरुलाई अर्थमन्त्रीले भने-‘बाहिर जे छ, भित्र पनि त्यही देखाउनोस्, मेकअप नगर्नोस्’ संस्थागत सुशासनका लागि प्रतिबद्ध छुः आइक्यान अध्यक्ष आचार्य