काठमाडौं। कार्डमार्फत नेपाली मुद्रामा गरिने भुक्तानी तथा फछ्र्याैट कारोबारलाई वृद्धि गर्ने उद्देश्यले मौद्रिक नितीले छिट्टै नै को-ब्रान्डिङ कार्ड प्रयोगमा ल्याउने घोषणा गरेको छ।
को-ब्रान्डिङ कार्ड कुनै पनि ब्रान्ड अथवा व्यवसायी क्रेडिट कार्ड कम्पनीसँग मिलेर बनाईन्छ जसले त्यस ब्रान्ड वा व्यवसायबाट केही सामान खरिद गर्दा धेरै भन्दा धेरै अफर र छुट दिने गर्दछ। यसमा तपाईलाई क्यासब्याक, पोईन्टहरुको सुविधाहरु उपलब्ध हुन्छन्।

ईतिहाद एयरवेजको को- ब्रान्डीङ कार्ड
सामान्यता यसमा एक खुद्रा विक्रेता हुन्छ – जस्तै डिपार्टमेन्ट स्टोर, ग्याँस पसल वा एयरलाइन्स र अर्को बैंक हुने गर्दछ। को-ब्रान्डिग गरिएको क्रेडिट कार्डहरूको प्रयोग गर्दा कार्ड प्रयोगकर्ताहरुले प्रायोजकबाट सामानहरु खरिद गर्दा छूटहरु प्राप्त गर्दछन् यसका साथै उनिहरुले अन्य ठाउँहरु उक्त बैंकको कार्डहरू प्रयोग गर्न सक्दछ।
यो कार्ड बिशेष गरेर एयरलाइन्सहरुले प्रयोग गरेको देखिन्छ। यदी तपाई कुनै पनि एयरलाइन्सबाट धेरै यात्रा गर्नुहुन्छ भने यो कार्डको प्रयोगले तपाईले पोईन्टहरु संकलन गर्नसक्नुहुन्छ। तपाईले जति पोईन्टहरु संकलन गर्नुहुन्छ त्यस अनुरुप तपाईलाई पछि गएर एयरलाइन्सको टिकटमा भारी छुट अथवा निशुल्क यात्रा समेत गर्न पाउनसक्नुहुन्छ।
यदी तपाई धेरै यात्रा गर्नुहुन्छ, सामानहरु किनिरहनु हुन्छ भने तपाईलाई यो कार्ड निकै फाईदामुलक छ।