प्रभु बैंकको नाफामा छलाङ, ११३ प्रतिशतले बढेर २ अर्ब ५ करोड

<p>काठमाडौं । प्रभु बैंकले नाफामा छलाङ मारेको छ । बैंकको नाफा ११३ प्रतिशतले बढेर २ अर्ब ५ करोड रुपैयाँ भएको छ । आर्थिक वर्ष २०७४/७५ मा ९६ करोड नाफा गरेको यस बैंकले आर्थिक वर्ष २०७५/७६ मा २०५ करोड खुद नाफा गरेको हो । गत वर्ष बैंकले सञ्चालन नाफा ५ अर्ब ८७ करोड आर्जन गरेको छ [&hellip;]</p>

काठमाडौं । प्रभु बैंकले नाफामा छलाङ मारेको छ । बैंकको नाफा ११३ प्रतिशतले बढेर २ अर्ब ५ करोड रुपैयाँ भएको छ । आर्थिक वर्ष २०७४/७५ मा ९६ करोड नाफा गरेको यस बैंकले आर्थिक वर्ष २०७५/७६ मा २०५ करोड खुद नाफा गरेको हो ।

गत वर्ष बैंकले सञ्चालन नाफा ५ अर्ब ८७ करोड आर्जन गरेको छ । अघिल्लो वर्ष सञ्चालन नाफा ३ अर्ब ९१ करोड रुपैयाँ थियो ।

बैंकको विजनेश एक्पान्सन पनि राम्रो देखिएको छ । असार मसान्तसम्ममा निक्षेप १ खर्ब १२ अर्ब रुपैयाँ भएको छ । गत वर्ष बैंकले निक्षेप १५ अर्बले वृद्धि गरेको छ । त्यस्तै कर्जा सापाटी १४ अर्बले वृद्धि गरी ८६ अर्ब रुपैयाँ बनाएको छ । विभिन्न कम्पनीको सेयरमा बैंकले १४ अर्ब ७५ करोड रुपैयाँ लगानी गरेको छ ।

बैंकको सीडी रेसियो ७४.२५ प्रतिशत छ । राष्ट्र बैंकको नियमअनुसार यो अंक ८० भन्दा कम हुनुपर्छ ।

बैंकले निष्क्रिय कर्जा असुलीमा पनि राम्रो प्रगति गरेको छ । खराव कर्जा ३.९८ बाट घटेर २.३१ प्रतिशत भएको छ ।

बैंकको बेस रेटमा राम्रो सुधार भएको छ । बेस रेट १०.६२ प्रतिशतबाट घटेर ९.३६ प्रतिशत भएको छ । स्प्रेडदर ४.७० प्रतिशत भएको छ । यसलाई बैंकले अब ४.४ प्रतिशत भित्र ल्याउने पर्ने राष्ट्र बैंकको नियम छ ।

पुँजी कोष प्रयाप्तता ११.५८ प्रतिशत भएको छ । बैंकले सेयरधनीलाई बोनस सेयर धिएर पुँजी वृद्धि गर्ने सम्भावना देखिन्छ । तर चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नै पर्ने राष्ट्र बैंकको नयाँ नीति र ऋणपत्रलाई पुँजी कोषमा गणना गर्न पाइने सुविधाका कारण बैंकले बोनस सेयर नदिने निर्णय लिन पनि सक्छ ।

हाल बैंकको सेयर पुँजी ८ अर्ब ८९ करोड रुपैयाँ छ भने पुँजी कोषमा १४ अर्ब ६५ करोड रुपैयाँ छ ।

Share News