बेलायतकाे यूरोमनीद्धारा नबिल बैंक पुरस्कृत, दोस्रो पटक पनि नेपालको उत्कृष्ट बैंक बन्न सफल
काठमाडौं । बेलायतको प्रतिष्ठित प्रत्रिका यूरोमनीले लगातार दोस्रो पटक पनि नबिल बैंकलाई ‘नेपालको उत्कृष्ट बैंक’ द्वारा पुरस्कृत गरेको छ । समकालीन बैंकहरु मध्ये बँदलिदो परिवेशमा बैंकले प्रदान गरेको सेवा तथा नाफामा गरेको वृद्धिलगायतलाई आधार मानेर यो अवार्ड प्रदान गर्ने गरिन्छ । नेपालको अग्रणी बैंक नबिललाई समग्र बैकिङ कार्यसम्पादन मूल्यांकन गरी उत्कृष्ठ ठहरिँदै यूरोमनीले पुरस्कृत गरेको हो । सन् १९९२ मा स्थापना भएको ‘यूरोमनिज् अवार्ड फर एक्सिलेन्स’ बैंकिङ क्षेत्रको एक मौलिक पुरस्कारको रुपमा मानिन्छ । ‘यूरोमनिज् अवार्ड फर एक्सिलेन्स’ ले प्रत्येक वर्ष अन्तराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय स्तरका उत्कृष्ट बैंकहरुलाई पहिचान गरी पुरस्कृत गर्दै आइरहेको छ । सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको हालसम्म ११८ शाखा, १७५ एटीएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेका छन् । नबिल बैंकले नेपालको बैंकिङ क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।
सनराइज बैंक र हङ्गकङ्गको एटी सर्भिसेसबीच रेमिट्यान्स सम्झौता
काठमाडौं । सनराइज बैंक लिमिटेड र हङ्गकङ्ग स्थित एटी सर्भिसेस् मार्फत अनलाइन माध्यबाट विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता अनुसार हङ्गकङ्गमा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई पैसा पठाउन अझ सरल र सुलभ हुने आशा गरिएको छ । यसरी एटी सर्भिसेस् मार्फत पैसा पठाउदा तुलनात्मक अधिकतम उच्च विनिमय दरमा रकम पठाउन सकिने व्यवस्था समेत गरेको छ । एटी सर्भिसेस् मार्फत हङ्गकङ्गबाट नेपालमा पठाएको पैसा केही मिनेटमै सनराइज बैंक लि. का देशभर रहेका १३४ शाखाहरु र १० वटा विस्तारित काउन्टर तथा बैंकका देशभरी छरिएका १० हजा। भन्दा बढी एजेन्ट सञ्जाल मार्फत सजिलै नगद भक्तानी लिन सकिनेछ । साथै बैंक खातावालाको हकमा भने, यो सेवा सनराइज बैंकको खातामा मात्र सिमित नभइ देशका अरु विभिन्न वाणिज्य र विकास बैंकहरुको खाताहरुमा समेत तुरुन्तै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ । बैंकको विस्तारित सेवाबाट नेपालमा वैधानिक तवरले विप्रेषण रकम भित्रिनेमा बैंक विश्वस्त छ ।
सर्वाधिक परिणामको व्यापार लगानी गरेकाे आईएफसीले इन्भेष्टमेन्ट बैंकलाई सम्मान गर्याे
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक(एनआईबीएल)ले विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्तीय निगम (आईएफसी) बाट ‘सर्वश्रेष्ठ साझेदार-२०१९, कम आय भएका आईडीए देशहरू, दक्षिण एसिया’ का रुपमा ‘सम्मानको पुरस्कार’ प्राप्त गरेको छ । बैंकले ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (जीटीएफपी)अन्तर्गत नेपालबाट सर्वाधिक परिणामको व्यापार लगानीका लागि उक्त पुरस्कार पाएको हो । आईएफसीले नेपालको व्यापार लगानी (ट्रेड फाइनान्स)को प्रबद्र्धनका लागि नेपाल इन्भेष्टमेन्ट बैंकसँग साझेदारी गरेको छ, जसबाट बैंकले स्थानीय उद्यमीहरूका लागि सहयोग बढाउन सकेको र अन्तर्राष्ट्रिय व्यापारका अवसरहरू वृद्धिमा सहयोग पु¥याउन सकेको छ । आईएफसीको व्यापार लगानी (ट्रेड फाइनान्स) सहयोगले देशका ठूला (कर्पोरेट) र साना तथा मझौला उद्यम क्षेत्रलाई उनीहरूको विश्वव्यापी व्यापारको हिस्सा बढाउनका साथै विश्वव्यापी अभिकर्ता बैंकहरूको फराकिलो दायराबाट मान्यता पाउन सक्षम तुल्याउँछ । यो सञ्जाल (नेटवर्क)ले चुनौतीपूर्ण बजारहरूमा कारोबारको सुविधा उपलब्ध गराउँछ, प्रतिस्पर्धात्मक लगानीलाई प्रबद्र्धन गर्छ र अभिकर्ता बैंकका लागि कम जोखिममा नयाँ प्रतिष्ठानहरूसँगको सम्बन्ध निर्माण गर्छ । अन्तर्राष्ट्रिय विकाश संघ(आईडीए इन्टरनेशनल डेभलपमेन्ट एशोसियसन), चरम विपन्नताको अन्त्य र साझा समृद्धि बढाउनका लागि निरन्तर संलग्न छ, विश्वकै तीव्र वृद्धि भइरहेको क्षेत्र दक्षिण एसियामा दिगो र समावेशी विकास, मानव पुँजी विकास तथा बहनशीलताका लागि यो महत्वपूर्ण छ । एनआईबीएलले आफ्ना ८२ शाखा, १२४ एटीएम, १७ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा पुर्याइरहेको छ । पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकासन-युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी-नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।