मुक्तिनाथ विकास बैंक र एनसीसी बैंकबीच रेमिट्यान्स सम्झौता
काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकबीच रेमिट्यान्स रकम भुक्तानीको लागि सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ रेमिटमा आएको रकम एनसीसी बैंकको करिब १२७ शाखाबाट सजिलै भुक्तानी गर्न सकिनेछ । उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्ग र एनसीसी बैंकको तर्फबाट एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले हस्ताक्षर गरेका हुन् । मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ ।
अब ग्राहकहरुलाई बैंकमा गएर सेवा लिने समय हुँदैन: सीईओ भण्डारी
सुरेन्द्र भण्डारी, प्रमुख कार्यकारी अधिकृत-कुमारी बैंक लिमिटेड कुमारी बैंक र सुरेन्द्र भण्डारीबीचको सम्बन्ध एउटै सिक्काका दुई पाटा जस्तो छ । स्थापनासँगै एक दशक कुमारी बैंकमा बिताउनु भएका भण्डारी केही वर्ष सिद्धार्थ बैंकको सीईओ हुनुभयो । तीन वर्षअघि फेरि उहाँ कुमारी बैंकमा नै फर्किनु भयो । देव विकास बैंकलाई प्राप्तिपछि कुमारी बैंक पनि ठूलो बाणिज्य बैंकको रुपमा स्थापित भएको छ । १२ अर्ब ५२ करोड चुक्ता पुँजी, १२० अर्ब निक्षेप, ११२ अर्ब कर्जा लगानी, २०६ शाखा, १० लाख भन्दा बढी ग्राहकसहित दह्रिएको कुमारी बैंक फेरि पनि मर्जको कुरा गर्दैछ । प्रस्तुत छ कुमारी बैंकको आगामी यात्रा र बैकिङ क्षेत्रका समसामहिक विषयमा सुरेन्द्र भण्डारीसँग गरिएको विकास वहस । दुई दशकदेखि कुमारी बैंकले हाँसिल गरेका उपलब्धिहरुलाई तपाई कसरी समिक्षा गर्नुहन्छ ?/बैंकका प्रमुख उपलब्धिहरु के–के हुन् ? आजभन्दा २० वर्ष अगाडि कुमारी बैंक स्थापना भएको हो । २० वर्ष अगाडि स्थापना गर्ने प्रमुख कार्यकारी अधिकृत (सीईओ) पनि म नै हुँ । त्यतिखेर हामीले कुमारी बैंकलाई नयाँ स्रोत र स्वरुपका साथ अगाडि बढाएका थियौं । त्यतिखेर मास बैंकिङ र डिजिटलाइजेसनमा कसरी जाने भन्ने कुरालाई हामीले प्राथमिकता दियौं । त्यही क्रममा सन् २००१/०२ तिर हामीले नेपालमा पहिलो पटक मोबाइल बैंकिङ रइन्टरनेट बैंकिङ पनि सुरु गरेका थियौं । अनलाइनबाटै सपिङ गर्न सकिने, अनलाइनबाटै ब्यालेन्स चेक गर्न सकिने व्यवस्था पनि हामीले गर्यौं । यी सबै दुई दशक पहिले नै सुरु भएको अवस्था हो । कुमारी बैंकको ग्रोथ सबै कुरा राम्रो नै गइरहेको थियो । बीचमा आएर कुमारी बैंकको जुन प्रोग्रेस हुनु पर्ने थियो त्यो अलि कम भयो । म त्यो बीचमा कुमारी बैंकमा थिइन । बीचमा केही लस भएको जस्तो भएको थियो । विगत ३ वर्षदेखि म फेरि कुमारी बैंकमा छु । अहिले प्रोग्रेस भइरहेको नै छ । जब कुमारी बैंकले तपाईलाई गुमायो त्यसपछि कुमारी बैंक पछाडि पर्याे भन्न खोज्नु भएको हो ? मैले त्यस्तो भन्न त खोजेको होइन । एउटासंस्था एक जनाले चल्दैन ।संस्थामा जस्ता मानिसहरु छन्, संस्था पनि त्यस्तै हुन्छ । पुरै टीमले काम गरेको अवस्थामा मात्र संस्थाको वृद्धि विकास हुन्छ । सकारात्मक सोचका साथ अगाडि बढ्नु पर्छ नकी एउटा सीईओले गर्दा केही पनि हुन सक्दैन । मैले इम्पावरमेन्ट मात्र गर्ने हो । काम हाम्रो टीमले गर्ने हो ।सबै काम मैले मात्र गर्छु भनी सोच्यो भने उपलब्धि केही पनि हुन सक्दैन । कलेक्टीभ फोर्स र कलेक्टीभ इनर्जीले नै हामी अगाडि बढ्न सक्छौं । विगत ३ वर्षको तथ्यांक हेर्ने हो भने पनि कुमारी बैंकको ग्रोथ राम्रै भएको छ । हाम्रा सम्पूर्ण वित्तीय परिसूचकहरु राम्रो नै छन् । बजारमा हाम्रा नयाँ प्रडक्टहरु पनि लिएर आएका छौं । बैंकको प्रोगेस पनि राम्रै छ । आफ्नै रफ्तारमा बैंक गइरहेको छ । तपाईले बैंक ग्रोथमा छ, सबै इण्डिकेटरहरु राम्रा छन् भन्नुभयो । कुमारी बैंकको स्ट्रेन्थ वा राम्रा सूचकहरु के–के हुन् ? कुमारी बैंककोसबैभन्दा बलियो पक्ष ह्युमान रिसोर्स हो । जुन सिस्टम र प्रोससका साथ हामी काम गर्छौं त्यो एकदमै ट्रान्सपरेन्सी छ । त्यो भइसेकपछि बिजनेस त त्यसबाटै जितिन्छ । त्यो कुरामा राम्रो भयो भने ग्रोथ आफै भएर आउँछ । हामीले देव विकास बैंकलाई पनि एक्वायर गर्यौं । हामसँग २ सय ६ वटा शाखाहरु छन् । १४/१५ वटा एक्सटेन्सन काउन्टरहरु छन् । त्यस्तै, हाम्रो निक्षेप १ सय २० अर्ब रुपैयाँ रहेको छ भने कर्जा १ सय १२अर्ब रुपैयाँ छ । दुई हजारको हाराहारीमा कर्मचारीहरु छन् । हाम्रो लगानी राम्रोर सुरक्षित क्षेत्रमा छ । पहुँच देशभर छ । प्रविधिमा धेरै अगाडि बढिरहेको छ । हामी लक्ष्य र सोच प्राप्त गर्दै अगाडि बढिरहेका छौं र आगामी दिनमा पनि अझ बलियो भएर जानेछौं । कुमारी बैंकको एक दशक अगाडिको स्ट्रेन्थ भनेको थोरै शाखा, थोरै कर्मचारी, थोरै सञ्चालन खर्च र प्रतिस्पर्धी वासलात थियो । त्यतिबेलाको तुलनामा अहिले कर्मचारीको संख्या र बैंकका शाखाहरुको संख्या ओभर क्लाउडेड भएन ? अहिलेबैंक तथा वित्तीय पहुँच बढेको छ । नयाँ उद्यमीहरु पनि बढी आएका छन् । बैंक तथा वित्तीय संस्था बढी भएकै र सबैमा वित्तीय पहुँच र ज्ञान भएकै कारण नयाँ उद्यम गर्ने सोच विचारहरु आएका छन् । जुन राम्रो पक्ष हो । हाम्रो विजनेश पनि पहिला भन्दा धेरै ठूलो भएको छ । शाखाहरु बढी भएर धेरै फाइदाहरु भएका छन् । देव विकास बैंबलाई एक्वायर गर्दा पनि शाखा बढी भएकोले नयाँ ठाउँमा आफ्नो पहुँच बढाएका छौं । नयाँ र धेरै ग्राहक बनाउन सकिरहेका छौं । हामीसँग अहिले १० लाख ग्राहकहरु छन् । अझ यसलाई एक्विजिसन र मर्ज गराएर १० लाख मात्र ग्राहक होइन २० लाख नै हुन सक्छन् । कुमारी बैंकले देव विकास बैंकसहित धेरै विकास बैंक तथा फाइनान्स कम्पनीलाई एक्वायर गरेको छ । यसले कुमारी बैंक सीनर्जी दिइरहेको छकि एक्वाएर पछि कुमारी बैंक आफै रुम्मलिरहेको छ ? ३ वर्ष अगाडिको कुरा गर्नु हुन्छ भने बैंकको लेण्डिङ ४२ अर्ब र डिपोजिट ५० अर्ब रहेको थियो । देव विकाससँग एक्विजिसन भइसकेपछि तीन वर्षमा डिपोजिट डबल भइसकेको अवस्था छ । यो कहाँबाट आयो त ?जब हाम्रो नेटवर्किङ भयो । कर्मचारीहरुको संख्या बढ्यो । नयाँ ठाउँहरु हामीले पायौं त्यसले गर्दा हामीले यो ग्रोथ लिन सक्यौं । हामी हाम्रो पुरानै शाखाहरुमा बसेको भए यति चाँडै यस्तो फड्को मार्न सक्थेनौं । तपाईको अबको याजना के हो ? अब बैंकको फोकस डिजटल ओरिन्टेसनमा हो । कोरोना भाइरसले पनि प्रविधिमा जानुपर्छ भन्ने कुरा सिकाएको छ । त्यसले पनि बैंकहरुले मुभ गर्नैपर्छ । हामीले डिजिटल माध्यमबाट कसरी अगाडि बढ्न सक्छौं भनेर योजनाबद्ध तरिकाले अगाडि बढ्दै छौं । त्यसको लागि हाम्रो रोडम्याप र भिजन तयार पनि हुँदैछ । संस्था सर्भिस प्रोभाइडर र हाम्रा ग्राहकलाई लाभ तथा आकर्षक गराउने हिसावले हामी हाम्रा योजनाहरु बनाउँदैछौं । हामी छिट्टै नै नयाँ कुराका साथ अगाडि आउँछौं। अबको एक दशकपछि नेपालको बैंकिङ क्षेत्रमा के कस्तो रुपान्तरण होला जस्तो लाग्छ तपाईलाई ? मैले देखेकको अबको दश वर्षपछि क्यासलेस इन्भाइरोमेन्ट बन्छ । शाखाहरु पनि त्यति धेरै नचाहिएला । सबै अटोमेटिक सर्भिस अपरेटमा जान्छन् । विदेशमा पनि यस्तै भइरहेको छ । पहिले बैंक भनेपछि ठूलो स्ट्रोथ बिल्डीङ हुन्थे, अब त्यस्तो हुँदैन । भोलिको दिनमा बैंक भनेपछि प्रविधिका सामग्रीहरु देख्नुहुन्छ । विश्वभर यस्ता परिर्वतन भइरहेका छन् । अबको दश वर्षमा नेपालमा पनि त्यस्तो अवश्य नै हुन्छ । ग्राकहरुलाई पनि बैंकमा गएर सेवा लिने समय हुँदैन । २० वर्षमा त यति परिवर्तन भइसक्यो अर्को १० वर्षसम्म त धेरै परिवर्तन हुन्छ । १० वर्षपछि जनशक्तिमा कस्तो किसिमको परिर्वतन आउला ? अहिले हामीसँग जुन जनशक्ति छ, यसले नै भोलि नेपालमा परिवर्तन ल्याउँछ ।यही जनशक्तिले प्रविधियुक्त नेपाल बनाउन भूमिका खेल्छ । त्यो पपुलेसनले भोलि नेपालमा नयाँ सोच र नयाँ आइडियाहरु सिर्जना गर्छन् । डिजिटल प्रविधिमा जाने तपाईको योजना र तपाईले अहिले व्यवहारिक रुपमा गरेको अभ्यासबीच तालमेल छ ? एकदमै तालमेल छ । मैले के भनेको हो भने बैंकको आफ्नो संरचना त अवश्य रहन्छ नै । तर, त्यसको शाखाहरु हराउँछन् । यसको हेड अफिस त भव्य नै रहन्छ । यसका सर्भिस आउलेटहरु बन्द हुन्छन् । एटीएमहरु पुरै विस्तापित हुन्छन् । बैंकरले जुन किसिमलेसेवा सुविधा दिन खोजिरहेका छन् त्यसलाई ग्राहकले सजिलै एडप्ट गरेका छन् ? हामीले हाम्रा ग्राहक तथा प्रयोकर्ताहरुलाई पनि डिजिटल प्रविधिमा इंगेज गर्नुपर्ने छ । पहिले बैंक आफै इंगेज हुनुपर्यो । त्यसपछि सर्भिस प्रोभाइडरहरु त्यसमा सक्षम हुनुपर्यो र हाम्रा ग्राहकहरु पनि त्यो सुविधालाई पनि लिन सक्नुपर्यो । हामी सबै इंगेज भइसकेपछि त्यसमा सबैले खेल्न सक्नु पर्यो । त्यसका लागि बैंकहरुले पनि भूमिका खेल्नुपर्छ । ग्राहकहरुले पनि विस्तारै हाम्रा सेवा सुविधाहरु प्रति जानकार र आकर्षण पनि बढ्दै गएको छ । बैंकहरुले धेरै पहिलेदेखि इन्टरनेट तथा मोबाइल बैंकिङ लगायतका प्रविधिगत सेवा सुरु गरेका थिए । तर त्यसमा प्रयोगकर्ताको आकर्षण खासै देखिएन । त्यसको प्रयोग गर्नको लागि कोभिड आउनु पर्यो । बैंकहरुले प्रडक्ट बनाइरहेका त छन् तर त्यसलाई उचित किसिमले मार्केटिङ गर्न सकिरहेका छैनन, किन ? तपाईको प्रश्नमा म सहमत छु । प्रयोगकर्तालाई हाम्रो प्रडक्टहरुमा हामीले इंगेज गर्नुपर्छ । उनीहरुलाई प्रडक्टमा आकर्षण गराउनका लागि हामीले धेरै कुराहरुमा ध्यान दिनुपर्छ । हामीले त्यो काम पनि गरिनै रहेकाछौं । यो सबै विस्तारै सिक्दै गर्दै जाने कुरा हो । प्रयोगकर्ताले पनि जान्दै र बुझ्दै गएका छन् । समग्र बैंकिङ क्षेत्रकोट्रेण्डको कुरा गरौं, बैंकका प्रयोगकर्ताहरु र बैंकहरुले दिने सर्भिसमा के कसरी डेभलप भइरहेको छ ? हामीले अझ पनि धेरै काम गर्न बाँकी नै छ । अहिले पनि हामी डिजिटलाइजेसनको एकदमै लो स्टेपमा छौं । हामी त अहिले डिजिटलमा पेमेन्ट मात्र गरिरहेका छौं । अनलाइन ट्रान्जेक्सनमा मात्र छौं । अब विस्तारै सबै बैंकहरुले रोडम्यापहरु तयार गरिरहेका छन् । अब कसरी जाने भन्नेबारे सबैले आफ्नै खालका योजनाहरु बनाइरहेका छन् । अब अवस्थाको बारेमा कुरा गरौं । अस्वभाविक रुपमा बैंकहरुले निक्षेपको ब्याजदर घटाइरहेका छन् । कल एकाउण्टमा त ब्याज नै छैन । यो नर्मल अभ्यास हो ? यसलाई अस्वभाविक भन्न मिल्दैन ।सबैभन्दा पहिले त निक्षेपको ब्याज पहिले किन बढेको थियो र अहिले किन घट्यो भन्ने कुरा हामीले अध्ययन गर्नुपर्छ । जब बजारमा डिपोजिट सरप्लस हुन्छ कष्ट अफ गुड्स आफै कम हुन्छ । जब टाइट हुन्छ त्यसको कष्ट बढ्दै जान्छ । यही फण्डामेन्टल पनि यसमा लागु हुन्छ । अहिले पनि स्वभाविक रुपमा त्यस्तै भएको हो । कमोडिटको कुरा गर्दा पनि कमोडिटी सरप्लस छ भने मूल्य त घटेर नै आउँछ । फण्डामेन्टल त्यही लागू भएको हो । सेयर बजारको इक्डेक्स तलमाथि भएजस्तै बैंकको ब्याजदर पनि त्यस्तै उच्च दरमा तलमाथि हुनुलाई सामान्य नियम भन्न मिल्छ ? मिल्दैन । त्यहाँ अन्य फन्डामेन्टलहरुले पनि काम गरिरहेका हुन्छन् । तरलता प्रयाप्त छ भने कष्ट अफ डिपोजिट घट्छ र कष्ट अफ लेण्डिङ पनि घटेर नै जान्छ । बजारमा तरलता छैन उद्योगले पैसा मागिरहेको छ भने पनि उद्योगलाई पनि हाई कष्टमा पैसा लैजान्छ र डिपोजिट पनि हाइकष्ट मै हाल्छ । त्यसैले आजका दिनमा बजारमा तरलता प्रयाप्त भएकोले कष्ट घटेको हो । आजको दिनमा तपाईले मुद्दती निक्षेप कतिमा लिइरहनु भएको छ ? हामीले ६/७ प्रतिशतमा लिइरहेका छौं । ढेड वर्षअघि १३ प्रतिशतमा कुमारीले नै निक्षेप लिएको थियो । अहिले ६ प्रशितमा झरेको छ । विदेशमा ०.५ वा एक प्रतिशत व्याजदर घटबढ हुनुलाई पनि ठूलो परिवर्तन मानिन्छ । तर नेपालका किन यस्तो अश्वाभाविक रुपमा व्याजदर परिवर्तन भएका छन् ? अर्थतन्त्रकाे लागि ब्याजको मुभमेन्ट०.५ र १ प्रतिशतभन्दा बढी घटबढ हुनु राम्राे हुँदैन । तर नेपालमा यसको कारणहरु धेरै छन् । आज डिपोजिट दर घटिरहेको छ र लेण्डिङ रेट पनि घटिरहेको छ । केही दिन हामीले पर्खेर बस्नु पर्ने हुन्छ । बैंकको संख्याहरु धेरै छन् । हामीले चाँडै रियाक्ट गर्छौं । बैंकको ब्याजदरमा जुन किसिमको अस्थिरता सिर्जना भइरहेको छ यसमा बैंकका अपरेटरहरु अर्थात सीईओहरु नै जिम्मेवार छैनन् ? यसमा बैंकिङ क्षेत्रको कमजोरी पनि छन् । मेरो व्यक्तिगत धारणा लिनु हुन्छ भने यो किसिमको उतारचढाव हुनै हुँदैन । यस्तो खालको परिवर्तन आउनु पर्छ भने पनि ३/४ वर्षमा आउनु पर्छ । हाम्रोमा त २ महिनामै आउँछ । मर्जको बारेमा कुमारी बैंकले के सोचिरहेको छ ? हामीले पहिले मर्ज र एक्विजिसन पनि गर्यौं । आउने दिनहरुमा पनि हामी तयार भएर बसेका छौं ।जो सँग हाम्रो कल्चर र विजनेस मिल्छ हामी मिल्न सक्छौं । हामी त्योसँग मिल्न तयार हुन्छौं । फेरि पनि पहिलेको जस्तै डिभलोमेन्ट बैंक अर्थात फाइनान्स कम्पनीलाई एक्वायर गर्नुहुन्छ कि वाणिज्य बैंकहसँग मर्ज हुने हो ? ए क्लास अर्थात बी क्लास जहाँ हाम्रो कम्बिनेसन मिल्न उनीहरुसँगै मिल्छौं । हाम्रो बोर्ड पनि त्यसको लागि ओपन छ र हाम्रो मर्ज कमिटी पनि ओपन छ र म पनि झनै ओपन छु । मेरो धारणा देशमा बैक तथा बित्तीय संस्थाको संख्या कम हुनु पर्छ भन्ने हो । अब लगानीकर्ताको साइडबाटहेरौं,कुमारी बैंकका लगानीकर्ताहरु कतिको खुसी छन् ? त्यो मैलेभन्दा पनि तपाईहरुले बुझ्नु पर्ने कुरा हो । मेरो सोच भनेको बैंकले आफ्नो पूर्ण क्षमता देखाएर काम गर्ने हो । हामीले नियामक निकायहरुका अगडि राम्रो संस्था भनेर चिनाउनु पर्छ र त्यही अनुसार अगाडि बढ्नुपर्छ । लगानीकर्ता, कर्मचारी र ग्राहकहरुका लागि पनि हामीले राम्रो संस्था बनाउने हो ।त्यही अनुसारको भिजन बनाएर अगाडि बढ्ने हो । यी ४ कुराहरुलाई लिएर अगाडि बढ्ने हो हामीले कति उपलब्धि हाँसिल गरिरहेका छौं त्यो तपाइहरु जस्तो मान्छेले मूल्यांकन गर्ने हो । कुमारी बैंक २० वर्ष पुरानो वाणिज्य बैंक हो । अहिले यसको सेयर मूल्य २ सयभन्दा तल छ । यो सेयर मूल्यले त तपाईहरुलाई लगानीकर्ताले पत्ताएको जस्तो त देखिँदैन नि ? त्यो भन्ने तपाइले हो । हाम्रो उदेश्य राम्रोसँग काम गर्दै जाने हो । राम्रै काम गर्दै गएपछि त्यसको रिर्टन पनि अवश्य नै आउँछ । विगत दुई वर्षदेखि हाम्रो राम्रै नै भइरहेको छ ।हामी एउटा उदेश्य लिएर अगाडि बढेका छौं । यो सोचले हामीलाई डेस्टिनेसनमा पुर्याउँछ । हामीले बैंकको पर्फमेन्स राम्रो गर्ने बित्तिकै लगानीकर्ताको रिर्टन आफै आउँछ । कुमारी बैंकका लगानीकर्ताले अर्को वर्ष कति लाभांश पाउँछन् ? अर्को वर्ष कति लाभांश पाउँछन् भन्ने कुरा अहिले नै जवाफ दिन मिल्दैन । मौद्रिक नीतिमा आएका प्रोभिजनहरुलाई मिलाएर गर्नुपर्ने हुन्छ । हामीले कहाँबाट कसरी ग्रो भइरहेको छ भन्ने कुरा हेर्नुपर्छ । सबै बिजनेस एक्कासी हाई भएर जाँदैन, विस्तारै ग्रो हुँदै जान्छ । वर्षेनी बढाउँदै जाने हो । बैंकिङ भनेको रिक्सको क्षेत्र पनि हो । यी सबै कुराहरुलाई अध्ययन गरेर अगाडि बढ्नुपर्छ । यसरी अगाडि बढ्यो भने लगानीकर्ताहरुले चाहेको रिर्टन दिन सकिन्छ । राष्ट्र बैंकले असोजमा पनि कर्जा नउठेमा कर्जाको ५ प्रतिशतका प्रोभिजन गर्नुभनेको छ । त्यसले बैंकहरुको नाफामा निकै असर गर्छ अड्कलबाजी पनि गरिएको छ ।यसमा तपाईको धारणा के हो ? हो, अवश्य असर धेरै नै पर्नेछ । अहिले अर्थतन्त्र स्ट्याण्डमै छ । यो समय आफूलाई जोगाउने समय हो । बैंकले ग्राहकलाई जोगाएपछि बैंक पनि आफै जोगिन्छ । यो रिर्टन हेर्ने बेला होइन । कोरोनाको असर अझै कहाँसम्म जान्छ भन्ने कुरा भन्न सकिन्न । त्यसैले अहिले हामी सुरक्षित हुने कुरा हो । अर्थतन्त्रमा अहिले धेरै असर त गरेको नै छ तर हामीले सुरक्षित ल्याण्डिङ गर्ने हो । टेक अफ गर्ने समय त आउँछन नै ।
एनआईसी एशिया बैंकको सुपर चमत्कारिक कर्जाबाट कति पाइन्छ फाइदा ? यसरी हेर्न सकिन्छ
काठमाडौं । एनआईसी एशिया बैंकले सुपर चमत्कारिक कर्जाबाट पाइने फाइदा हेर्नको लागि ‘लोन बेनिफिट क्यालकुलेर’को व्यवस्था गरेको छ । बैंकले देशको बैंकिङ्ग इतिहासमै पहिलो पटक उक्त व्यवस्था गरेको हो । सुपर चमत्कारिक कर्जाबाट कर्जाको ब्याज तथा किस्ता रकममा प्राप्त गर्न सकिने मासिक तथा वार्षिक फाइदाहरूको विस्तृत विवरण बैंकको वेबसाइटमा रहेको ‘लोन बेनिफिट क्यालकुलेर’ बाट हेर्न सकिने व्यवस्था गरेको छ । सेवाग्राहीले यस बैंकको वेबसाइट मा गएर ‘लोन बेनिफिट क्यालकुलेर’ मा गई वर्तमान अवस्थामा आफुले उपभोग गर्दै आएको कर्जाको तुलना यस बैंकले ल्याएको सुपर चमत्कारिक कर्जाहरूसँग सजिलै गर्न सक्नेछन् । सो ‘लोन बेनिफिट क्यालकुलेर’ मा चाहिने विवरणहरू जस्तै अहिले उपभोग गरिरहेको कर्जाको रकम, ब्याजदर, अवधि आदि भरेपश्चात् सेवाग्राहीले आफ्नो मासिक ब्याजदरमा बचत, किस्ता रकम तथा कुल रकममा बचत हुने रकमको विवरणका साथै त्यसको वार्षिक हिसाब समेत सरल तरिकाले थाहा पाउन सक्नेछन् । साथै, आफ्नो वित्तीय भार कम गर्नका लागि यस बैंकको सुपर चमत्कारिक कर्जा सम्बन्धी उचित निर्णय लिन सकिने बैंकले जनाएको छ । बैंकको वेबसाइटमार्फत सेवाग्राही आफुले प्राप्त गर्न सक्ने कर्जा योग्यता जाँच्न तथा योग्य ठहरिए बमोजिम यस बैंकको वेबसाइटबाटै कर्जाको आवेदन दिन सक्ने सुविधाको व्यवस्था समेत बैंकले गरेको छ । यसमा ग्राहकले जुनसुकै स्थानबाट जुनसुकै समयमा पनि अनलाईनमार्फत कर्जा आवेदन दिन सक्ने सुविधा रहेको छ । सेवाग्राहीले आवेदन दिएको ४८ घण्टाभित्र कर्जाको निर्णय दिने व्यवस्था बैंकले गरेको छ । साथै, आवेदकको कर्जा स्वीकृतीको अवस्था बारेमा यस बैंकले एसएमएसमार्फत जानकारी गराउनेछ र ग्राहकले यस बैंकको वेबसाइटमा गई लोन स्ट्याटस समेत आफै ट्रयाक गर्न सक्नेछन् । बैंकले सर्वाधिक न्यून ब्याजदर तथा प्रशासनिक शुल्कमा सुपर चमत्कारिक कर्जा योजनाहरू (सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा) ल्याएको छ । उक्त कर्जामा वार्षिक ८.२५ प्रतिशत व्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कको सुविधा रहेको छ ।