सेञ्चुरी बैंकले शुरु गर्यो थ्रीडी सेक्योर सेवा, अनलाइनबाट सुरक्षित रूपमा सामान किन्न सकिने
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले इन्डियाको आईजियलियन्ट टेक्नोलोजिजसंगको सहकार्यमा थ्रीडी सेक्योर सेवा सेवा प्रारम्भ गरेको छ । सो सम्झौता अनुसार बैंकको भिसा डेबिट, क्रेडिट तथा ट्राभल कार्डबाट पैसा निकाल्न र सामान खरीद गर्न मात्र सिमित नभई अब यी कार्डहरूबाट विभिन्न अनलाइन माध्यमबाट पनि सजिलै र सुरक्षित रूपमा सामान खरिद गर्न सकिन्छ । थ्रीडी सेक्योर सेवामा ग्राहकहरुले कार्ड प्रयोग गर्दा वान टाइम पासवर्ड(ओटीपी) आफ्नो आधिकारिक मोबाइल वा ईमेलमा प्राप्त गर्न सक्नेछन् । थ्रीडी सेक्योर सेवामा कार्ड र ओटीपी दुबै आवश्यक पर्ने हुँदा कारोवार पूर्ण रूपले सुरक्षित हुन्छ ।
मुक्तिनाथ विकास बैंक र हाउस अफ ईन्टेरियरबीच सम्झौता, ग्राहकले विशेष छुट पाउने
काठमाडौं । मुक्तिनाथ विकास बैंक र हाउस अफ ईन्टेरियरबीच बैंकका ग्राहकहरुलाई कम्पनीले दिने सेवामा तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा हाउस अफ ईन्टेरियरको तर्फबाट प्रमुख कार्यकारी अधिकृतसुमेर ज्ञवाली र मुक्तिनाथ विकास बैंकका तर्फबाट नायव सहायक प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले हस्ताक्षर गरेका थिए । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले हाउस अफ ईन्टेरियरका सेवाहरुमा(इन्टेरियर प्रडक्ट, इलेक्ट्रिसिटी, मारबल, फर्निचर एण्ड फिक्स्चर, फर्निसिङ्ग, उडवर्कस्, थ्रीडी डिजाइन तथा अत्य इन्टेरियर डिजाइनिङ) आकर्षक छुट पाउने व्यवस्था गरिएको छ । मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ ।
एनआईसी एशिया बैंक बन्यो सिजी मोटोकर्पको फाइनान्सिङ्ग पार्टनर
काठमाडौं । एनआईसी एशिया बैंक सुजुकी ब्राण्डका सवारीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटोकर्पको फाइनान्सिङ्ग पार्टनर बनेको छ । सो सम्बन्धी दुई संस्थाबीच समझदारी भएको हो । उक्त समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा कम्पनीको तर्फबाट महाप्रबन्धक (सेल्स एण्ड मार्केटिङ) सरज पन्तले हस्ताक्षर गरेका छन् । उक्त ब्राण्डका चार पाङ्ग्रे सवारी बिक्री गर्दा सिजी मोटोकर्पले यस बैंकलाई फाइनान्सिङ्ग पार्टनर बनाउने र बैंकले सिजी मोटोकर्पका उपभोक्ताहरूलाई सवारी कर्जामा थप सहज प्रदान गर्ने उक्त समझदारीपत्रमा उल्लेख छ । यस बैंकले ल्याएको सुपर चमत्कारिक सवारी कर्जामा वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कका साथै अन्य अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण कर्जामार्फत सुजुकी ब्राण्डका सवारी ग्राहकहरूले खरिद गर्न सक्नेछन् । यो सुविधा रातो प्लेटका निजी तथा व्यवसायिक प्रयोजनको लागि सवारी खरिद चाहने ग्राहकले लिन सक्नेछन् ।