एनएमबी बैंकले किया अटोमोबाइलका गाडी किन्न २४ घण्टाभित्रै अटो लोन दिने

काठमाडौं । एनएमबी बैंकले किया अटोमोबाइलका गाडी किन्न २४ घण्टाभित्रै अटो लोन दिने भएकाे छ । जसकाे लागि एनएमबी बैंक र नेपालमा किया अटोमोबाइलको एक मात्र वितरक कन्टिनेन्टल ट्रेडिंग ईन्टरप्राईजिङ्ग बीच किया अटोमोबाइलको प्राथमिक फाईनान्सिङ्गको रुपमा सहज कार्यान्वयनको लागी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएकाे छ । समझदारीपत्रमा एनएमबी बैंकका तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र कन्टिनेन्टल ट्रेडिंग एन्टरप्राइजेज प्रा. लि.का तर्फबाट निर्देशक आशिष पौड्यालले हस्ताक्षर गरेका छन् । उक्त साझेदारीको प्रावधान अनुरुप एनएमबी बैंकले कन्टिनेन्टल ट्रेडिंग एन्टरप्राइजेजद्वारा रेफर गरिएको एनएमबी अटो लोन सर्वसुलभ ब्याजदरमा २४ घण्टाभित्र प्रवाह गर्ने सुनिश्चितता ग्राहकहरुलाई प्रदान गर्दछ । दुबै संगठनहरूले संयुक्त रूपमा साझेदारीलाई बढावा दिनेछन् र ग्राहकसंगको अन्तक्रियाले ब्रान्ड भ्यालु बढाउन ग्राहकको अनुभव बढाउन सुनिश्चितता गर्नेछ । ‘आ मोटर्स लगातार स्थीर रुपमा दक्षिण कोरियाबाट आयातित एक सर्वोत्कृष्ट अटोमोबाइल ब्रान्डको रूपमा रहेको छ र हामी विश्वस्त छौं कि कन्टिनेन्टल ट्रेडिंग इन्टरप्राइजेज प्रा. लिमिटेड जसले एक दशक भन्दा बढी समयदेखि आफ्नोे ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आईरहेको छ, जससंगको यो सहकार्यले ग्राहकहरूको लागि सहज वित्तीय सुविधा सहित एक उत्तम मोटर वाहनको ब्रान्ड प्राप्त गर्ने चाहना साकार गर्ने मद्दत गर्नेछ ।,’ बैंकले जनाएको छ ।

बैंकहरुको औसत सीसीडी ७२ प्रतिशत, मेगाले ८० प्रतिशत कटायो

काठमाडौं । बैंकहरुले कर्जाको माग कम भएर लगानीयोग्य रकम बैंकमा थुप्रियो भनिरहेको बेलामा उनीले कर्जा लगानी थप गर्न सक्ने अधिकतम सीमा ८ प्रतिशत मात्रै बाँकी छ । बैंकहरुले संकलन गरेको निक्षेप, उनीहरुको पुँजी र कर्जाको अनुपातमा औसतमा थप ८ प्रतिशत रकम कर्जाको रुपमा प्रवाह गर्न सक्ने देखिएको हो । गत असोज १६ गतेसम्ममा सबै वाणिज्य बैंकहरुको गरी औसत पुँजी–कर्जा–निक्षेप अनुपात (सीसीडी रेसियो) ७२.३८ प्रतिशत छ । यस्तो अनुपात बैंकहरुले ८० प्रतिशतसम्म पुर्याउन पाँउछन् । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको सीसीडी रेसियो ६२ प्रतिशत मात्रै छ । सो बैंकले थप १८ प्रतिशतसम्म कर्जा बढाउन सक्ने ठाउँ छ । यस्तै, स्ट्याडर्ड चार्टर्ड बैंक नेपालको ६५ प्रतिशत छ । सरकारको पनि लगानी रहेको नेपाल बैंकको सीसीडी रेसियो ६७ प्रतिशत छ । सीसीडी रेसियो उच्च भएको बैंकमा मेगा बैंक छ । सो बैंकको सीसीडी ८१ प्रतिशत छ । एनएमबी बैंकको पनि ८० प्रतिशत छ । यस्तै, कृषि विकास, बैंक अफ काठमाडू, सेन्चुरी, ग्लोबल आइएमई र लक्ष्मी बैंकको सीसीडी ७२/७२ प्रतिशत छ । सिटिजन्स बैंको ७४ प्रतिशत, सिभिल र एभरेष्टको ६८/६८ प्रतिशत, हिमालयन ६४ प्रतिशत, कुमारी बैंकको ७४ प्रतिशत, माछापुच्छ्रेको ७७ प्रतिशत, नविलको ७५ प्रतिशत, नेपाल बंगलादेशको ७१ प्रतिशत, एनसीसी बैंकको ७४ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट बैंकको ७४ प्रतिशत सीसीडी रेसियो छ । गत असोज १६ गतेसम्ममा एनआइसी एसिया बैंकको ७७ प्रतिशत, नेपाल एसबीआई बैंकको ६४ प्रतिशत, प्रभु बैंकको ७३ प्रतिशत, प्राइम बैंकको ८० प्रतिशत र सनराइज बैंकको ७६ प्रतिशत सीसीडी रेसियो छ ।

सनराइज बैंकका ग्राहकलाई भाटभटेनी सुपरमार्केटमा विशेष छुट

काठमाडाैं । सनराइज बैंकले चाडपर्वलाई लक्षित गरी भाटभटेनी सुपरमार्केटसँग सहकार्य गरी आफ्ना ग्राहकहरुका लागि विशेष योजना ल्याएकाे गरेको छ । बैंकले आफ्नो १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा विशेष याेजना ल्याएकाे हाे । यस योजना अन्तर्गत ग्राहकहरुले आफ्ना डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरमा सामान खरिद छुट पाउने भएका छन् । ग्राहकहरुले कार्डमार्फत भुक्तानी गर्दा कुल कारोबार रकमको ५ प्रतिशत वा प्रति कारोबार अधिकतम ५०० सम्म छुट पाउने बैंकले जनाएकाे छ । यो योजना असोज २५ देखि कार्तिक ११ गत सम्म लागु रहने बैंकले जनाएकाे छ ।