काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा हिमालयन बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको आइतबार मात्रै १० प्रतिशत अर्थात ८५ लाख २० हजार २५५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
यससँगै कम्पनीकाे उक्त सेयर सेयरधनीको डिम्याट खातामा जम्मा हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।