राष्ट्र बैंकले १८ अर्ब २५ करोडको ट्रेजरी बिल बिक्री गर्ने

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार १८ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बिक्री गर्न लागेकोमध्ये तीन अर्ब रुपैयाँको ट्रेजरी बिल भने नयाँ हो भने १५ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल भने नवीकरण गर्न लागिएको हो । बैंकले कूल ३६४ दिने अवधिका लागि उक्त ट्रेजरी [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार १८ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बिक्री गर्न लागेकोमध्ये तीन अर्ब रुपैयाँको ट्रेजरी बिल भने नयाँ हो भने १५ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल भने नवीकरण गर्न लागिएको हो ।

बैंकले कूल ३६४ दिने अवधिका लागि उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको सूचनामा उल्लेख छ । बैंकका अनुसार  तीन अर्ब रूपैयाँ बराबरको नयाँ र १५ अर्ब २५ करोड रुपैयाँ बराबरको नवीकरण गर्न लागिएको ट्रेजरी बिल २०७८ असोज २६ गते परिपक्व हुनेछ । सो ट्रेजरी बिल बोलकबोल विधिमार्फत बिक्री गरिनेछ ।

यस्तै केन्द्रीय बैंकले यही असोज २० गते १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गरेको थियो । रासस

Share News