एनएमबि बैंकका ग्राहकलाई होटेल भिवान्तामा १५ प्रतिशत छुट
काठमाडौं । एनएमबि बैंकका ग्राहकले होटेल भिवान्तामा १५ प्रतिशत छुट पाउने भएका छन् । सो सम्बन्धि एनएमबि बैंक र होटेल भिवान्ताबीच द्विपक्षिय समझदारीमा हस्ताक्षर भएको छ । यससँगै बैंकका ग्राहकले होटेल भिवान्ताको प्राङ्गणमा रहेको मिन्ट र आकृती रेष्टुरेन्टबाट खाना र हल्का पेय पदार्थहरूको खरिदमा १५ प्रतिशत छुट पाउने छन् । समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख-रिटेल बैंकिङ्ग रोशन रेग्मी र होटेल भिवान्ताका तर्फबाट सहायक बिक्री प्रबन्धक इंदिना राईले हस्ताक्षर गरेका छन् । एनएमबि बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टर र १३५ एटीएमको सञ्जाल मार्फत ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।
बोनसपछि माछापुच्छ्रे बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाडौं । बिहीबार माछापुच्छ्रे बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ७.०३ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता २३१.७१ रुपैयाँ रहेको छ । यसअघि बैंकको सेयर मूल्य प्रतिकित्ता २४८ रुपैयाँ रहेको थियो । मूल्य समायोजन पछि खुलेको बजारमा कम्पनीको सेयर मूल्य बढ्ने क्रम जारी रहेको छ । बिहीबार कारोबार खुलेको १५ मिनेटमै कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता २३६ रुपैयाँ पुगेको छ ।
एनआईसी एशिया बैंकद्वारा १० लाख रुपैयाँ दुर्घटना बीमा भुक्तानी
काठमाडौं । एनआईसी एशिया बैंकले न्यू सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत दुर्घटना बीमा वापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ । बैंकको गोपीगन्ज शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोलेका नवलपरासी (पश्चिम) जिल्लास्थित प्रतापपुर निवासी राजकुमार शर्माको दुर्घटना पश्चात् मृत्युपछि बैंकले उनकी श्रीमती सुनिता देवी शर्मालाई उक्त रकम भुक्तानी गरेको हो । निजलाई एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा उक्त बीमा रकम बैंकले भुक्तानी गरेको हो । हाल बैंकको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ का ग्राहकलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बैंकले अतुलनीय बीमा सुविधा प्रदान गर्दै आएको छ । यस बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि १० लाख रुपैयाँ, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई १० लाख रुपैयाँ र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत १ लाख रुपैयाँ (अस्पताल भर्नामा रू.८० हजार र बहिरंग उपचारमा रू.२० हजार) सँगै विभिन्न निःशुल्क सुविधाहरू समेत ग्राहकले पाउन सक्नेछन् । साथै, न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ग्राहकले जुनसुकै स्थानबाट जुनसुकै समयमा अनलाइनमार्फत खोल्न सक्ने समेत बैंकले व्यवस्था गरेको छ । यसअन्तर्गत निःशुल्क डेबिट/क्रेडिट कार्ड, निःशुल्क मोबाइल/इन्टरनेट, भाइबर बैंकिङ्ग, निःशुल्क ई-कमर्स सेवा, स्वीप इन-स्वीप आउट लगायत सेवाको फाइदा लिन सक्नेछन् ।