यसपालिकाे दशैंमा नयाँ नोट नपाइने, पूरानैले काम चलाउनु पर्ने

<p>काठमाडौं । यसपालिको दशैंमा नयाँ नोट नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै यस पटकको दशैंमा कोरोना भाइरसको कारण नयाँ नोट सटही नहुने जनाएको हो । कोरोना भाइरस संक्रमणको जोखिमका कारण दशैं लक्षित नयाँ नोट सटही नगर्ने राष्ट्र बैंककले सूचनामार्फत जानकारी दिएको छ । विगतका वर्षहरुमा दशैंमा नयाँ नोट सटही [&hellip;]</p>

काठमाडौं । यसपालिको दशैंमा नयाँ नोट नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै यस पटकको दशैंमा कोरोना भाइरसको कारण नयाँ नोट सटही नहुने जनाएको हो ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण दशैं लक्षित नयाँ नोट सटही नगर्ने राष्ट्र बैंककले सूचनामार्फत जानकारी दिएको छ ।

विगतका वर्षहरुमा दशैंमा नयाँ नोट सटही हुँदै आएपनि यसपालिको दशैंमा भने कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यानमा राखेर नयाँ नोट सटही नगरेको बैकले जनाएको छ ।

‘हाल बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा समेत कोरोना संक्रमण निकै फैलिएको र नगद सटहीका क्रममा हुने भिडभाडबाट संक्रमण फैलन सक्ने सम्भावना उच्च भएको भएको परिपेक्ष्यमा आम नेपाली नागरिकको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै यस बैंकका कुनैपनि कार्यालयहरुबाट यस वर्षको वडादशैंको प्रयोजनका लागि नयाँ नोट सटही सुविधा प्रदान नगरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ,’ सूचानामा भनिएको छ ।

राष्ट्र बैंकले यसले सर्वसाधारण माथि पर्न गएको असुविधाप्रति क्षमायाचना समेत गरेको छ ।

Share News