सनराइज बैंकका ग्राहकलाई भाटभटेनी सुपरमार्केटमा विशेष छुट

<p>काठमाडाैं । सनराइज बैंकले चाडपर्वलाई लक्षित गरी भाटभटेनी सुपरमार्केटसँग सहकार्य गरी आफ्ना ग्राहकहरुका लागि विशेष योजना ल्याएकाे गरेको छ । बैंकले आफ्नो १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा विशेष याेजना ल्याएकाे हाे । यस योजना अन्तर्गत ग्राहकहरुले आफ्ना डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरमा सामान खरिद छुट पाउने भएका छन् । ग्राहकहरुले कार्डमार्फत भुक्तानी गर्दा [&hellip;]</p>

काठमाडाैं । सनराइज बैंकले चाडपर्वलाई लक्षित गरी भाटभटेनी सुपरमार्केटसँग सहकार्य गरी आफ्ना ग्राहकहरुका लागि विशेष योजना ल्याएकाे गरेको छ । बैंकले आफ्नो १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा विशेष याेजना ल्याएकाे हाे ।

यस योजना अन्तर्गत ग्राहकहरुले आफ्ना डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरमा सामान खरिद छुट पाउने भएका छन् । ग्राहकहरुले कार्डमार्फत भुक्तानी गर्दा कुल कारोबार रकमको ५ प्रतिशत वा प्रति कारोबार अधिकतम ५०० सम्म छुट पाउने बैंकले जनाएकाे छ ।

यो योजना असोज २५ देखि कार्तिक ११ गत सम्म लागु रहने बैंकले जनाएकाे छ ।

Share News