खोकनामा नबिल बैंकको डिजिटल बैंकिङ बारे अभिमुखीकरण कार्यक्रम सम्पन्न
काठमाडौं । नबिल बैंकले ललितपुर महानगरपालिका वडा न. २१, खोकनामा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम स्थानीय क्षेत्रको कृषि प्रवद्र्धन, युवा तथा महिला उद्यमशिलता, डिजिटल बैंकिङ्ग तथा वित्तिय साक्षरता प्रर्वधनमा केन्द्रित रहेको थियो । बैंकले नबिल दिगो बैंकिङको विभिन्न आयामहरु, डिजिटल बैंकिङ, क्यूआर कोड र अन्य सेवा सुविधाहरुको बारेमा विशेष प्रस्तुती दिएको थियो । ललितपुर महानगरपालिका वडा न. २१ खोकनाका वडा सदस्यहरू, स्थानीय गुठी, आमा समूह र सहकारीका प्रतिनिधिहरू, किसान तथा उद्यमीहरूको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा नबिल बैंकको तर्फबाट नबिल बैंक बागमती प्रदेश प्रमुख अमित श्रेष्ठ, फुलचोकी क्लस्टर प्रमुख अमित के. सी., खोकना शाखा प्रबन्धक रोशन न्यौपानेको समेत उपस्थिति थियो । कार्यक्रममा विशेष वक्ताको रुपमा सम्बोधन गर्दै नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले युवा र महिलाहरुको उद्यमशिलता विकास र रोजगारी सिर्जनामा सहयोग गरि दिगो समाजको निर्माण गर्न नबिल बैंक सधै तत्पर रहेको बताए । त्यस्तै ललितपुर महानगरपालिका वडा न. २१, खोकनाका वडा अध्यक्ष रबिन्द्र महर्जनले यस कार्यक्रमको लागि धन्यवाद ज्ञापन गर्दै खोकना वरपर उद्यमशीलता विकास गर्न नबिल बैंकसँग हातेमालो गर्ने बताए । कार्यक्रमको समापन गर्दै नबिल बैंक प्रादेशिक प्रमुख रोशन कोइरालाले उद्यमशीलता विकास र वित्तीय पहुँच प्रबर्धनमा नबिल बैंक स्थानीय निकायसँग सहकार्य गर्न सधै तत्पर रहेको बताए ।
पानी बेचेर डलर कमाउन सकिन्छ : उर्जा उत्पादक न्याैपाने
काठमाडौं । स्वतन्त्र उर्जा उत्पादक गुरु प्रसाद न्याैपानेले पानी बेचेर डलर कमाउन सकिने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्राधिकरणले विदेशमा विद्ययुत बिक्री गरेर आम्दानी गरेपछि नेपालको पानी बेचेर् डलर कमाउन सकिने पुष्टि भएको बताए । उनले जलविद्युत उत्पादन गर्ने निजि क्षेत्रप्रती सरकार निर्दयी बनेको पनि बताए । सरकारले विद्युत विधेयक २०७७ मा निजि क्षेत्रलाई समेट्न नसकेको उनको आरोप छ । ‘विद्युत उत्पादन गर्न नेपाल विद्युत प्राधिकरण आफै निजि कम्पनी स्थापना गरिरहेको छ, यसले निजि क्षेत्रलाई निरुत्साहित गरेको छ,’ उनले भने ।
काठमाडौंका सबैले इन्डक्सन चुलो प्रयोग गरे बिजुली पुग्दैन : अर्थशास्त्री प्राडा. नेपाल
काठमाडौं । योजना आयोगको पुर्व सदस्य तथा अर्थशास्त्री प्राडा. गोबिन्द नेपालले काठमाडौंका सबैले इन्डक्सन चुलो प्रयोग गरे विद्युत नपुग्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले पनि विद्युतको पर्याप्त उत्पादन नभएकाले सबैले इन्डक्सन चुलो प्रयोग गरे विद्युत नपुग्ने बताएका हुन् । ‘वैकल्पिक उर्जा सहित ९४ प्रतिशत जनसंख्यामा विद्युत पहुँच काठमाडौंको सबैले इन्डक्सन चुलो प्रयोग गर्ने हो भने डाउन हुने अवस्था छ,’ उनले भने । नेपालले नेपालको विद्युत विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण भएकाले अझैपनि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको धारणा राखे । उनले सरकारी क्षेत्रले विद्युत विकासको अनुमती पत्र लिन प्रतिस्पर्धा गर्नु नपर्ने तर निजि क्षेत्रले प्रतिस्पर्धा गर्नुपर्ने व्यवस्थाले निजि क्षेत्रलाई निरुत्साहित गरेको बताए । यस्तै, नेपाली लगानीकर्ता र विदेशी लगानिकर्तालाई दिने सरकारको सेवामा रहेको विभेद प्रति kgl निजि क्षेत्रको गुनासो रहेको उनले बताए ‘सरकारले स्वदेशी भन्दा विदेशीलाई बढी महत्त्व दिएको छ, यसरी निति निर्माताले विभेद गरे निजि क्षेत्र भड्किन सक्छ,’ उनले भने ।
रिडी पावरले राख्यो रेकर्ड, एकीकृत कारोबार भएकै दिन नेप्सेमा थपियो सेयर
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा रिडी पावर कम्पनीको १ करोड १० लाख ६३ हजार ५८० कित्ता सेयर सूचीकृत भएको छ । साविकको रिडी हाइड्रोपावर र रैराङ्ग हाइड्रोपावर डेभलपमेन्ट कम्पनी मर्ज भई एकीकृत कारोबार गरेकै दिन कम्पनीको सो मात्राको सेयर नेप्सेमा थपिएको हो । एक आपसमा मर्जरमा गएका रिडी र रैराङ्ग हाइड्रोपावरले साउन २९ गते नै एकीकृत कारोबार शुरु गरेका हुन् । यी दुईले रिडी पावर कम्पनीको नामबाट एकीकृत कारोबार गरेका हुन् । उक्त एकीकृत कारोबार गरेकै दिन नेप्सेमा सेयर सूचीकृत भएको छ । एकीकृत कारोबार गरेकै दिन सेयर सूचीकृत गर्नेमा रिडी पावर कम्पनी सम्भवतः पहिलो हो । यससँगै भोलि (साउन ३० गते) देखिनै उक्त सेयर किनबेच गर्न पाइने छ । जसको लागि पहिलो कारोबार गर्न नेप्सेले प्रतिकित्ता ७०८.६० रुपैयाँ तोकिदिएको छ । यससँगै लगानीकर्ताले स्टक सिम्बोल आरआईडीआईको नामबाट सेयर किनबेच गर्न सक्ने छन् । साविकको रिडी हाइड्रोपावर र रैराङ हाइड्रो १ बराबर ०.९३ को अनुपातमा मर्जरमा गएका हुन् ।
आइएमई पेमा रेमिट प्राप्त गर्दा हरेक हप्ता स्मार्टफोन जित्ने अवसर
काठमाडौं । आइएमईले ‘घण्टी बज्यो’ नामक नयाँ अफर सार्वजनिक गरेको छ । अफर अनुसार विदेशबाट पठाएको रेमिट्यान्स सिधैं आइएमई पे मोबाईल वालेट एपमा प्राप्त गर्ने २ जना भाग्यशाली विजेताले रेडमि टेन ए स्मार्टफोन जित्ने मौका पाउनेछन् । यो अफरमा हरेक हप्ता १–१ विजेताले स्मार्टफोन जित्ने कम्पनीले जानकारी दिएकाे छ । कम्पनीकाे अनुसार याे अफर साउन २७ गतेदेखि भाद्र १० गतेसम्म लागु हुनेछ ।
ललितपुरको टौखेलमा एभरेष्ट बैंकको ११८ औं शाखा उद्घाटन
काठमाडौं । एभरेष्ट बैंकले ललितपुरको टौखेलमा आफ्नो नयाँ शाखाको उद्घाटन गरेको छ । बैंकले शनिबार उक्त स्थानमा आफ्नो ११८ औं शाखाको उद्घाटन गरेको हो । उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले टौखेलका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने बताएका थिए । बैंकमा हालसम्म करिब १२ लाख आफ्नो ११८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १५२ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।
नेपाल निजामती कर्मचारी संगठनद्वारा आन्दोलनको चेतावनी
काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले आन्दोलनको चेतावनी दिएको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा केन्द्रीय कार्य समितिको दोस्रो बैठकको निर्णय सार्वजनिक गर्दै आन्दोलनको चेतावनी दिएको हो । संगठनका अध्यक्ष लेखनाथ कोइरालाले आफूहरुको माग बमोजिम तीन तहको कर्मचारीलाई मार्गनिर्देशन गर्ने ऐन जारी नभएमा संगठनको नेतृत्वमा चरणवद्ध आन्दोलनका कार्यक्रम अगाडि बढाउने चेतावनी दिएका हुन् । उनले आवश्यक परे आन्दोलनका लागि अन्य ट्रेड युनियनलाई समेत आह्वान गरिने बताए । साउन २६,२७ र २८ गते भक्तपुरको गठ्ठाघरमा सम्पन्न भएको बैठकले महासचिव जीवन काफ्लेद्वारा प्रस्तुत ‘सांगठनिक प्रतिवेदन’ र कोषाध्यक्ष गणेश प्रसाद आचार्यद्वारा प्रस्तुत ‘आर्थिक प्रतिवेदन’ सुझाव सहित सर्वसम्मत पारित गरेको छ । अध्यक्ष कोइरालाले नेपाल निजामती कर्मचारी संगठन केन्दिय समितिको बैठकले दुरगामी महत्व राख्ने निर्णयहरु गरेको बताए । उनले दोस्रो बैठकमा लेखापरिक्षण, अनुशासन आयोग र निर्वाचन आयोगका अध्यक्ष तथा सदस्यहरुलाई २ दिने प्रशिक्षण दिएको बताए । उनले भने,‘संगठन केन्द्रीय कार्य समितिका १६ वटा विभागहरुको गठन, ११औं राष्ट्रिय अधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका पदाधिकारी/सदस्यहरुको कार्य विभाजन गरेका छौं ।’ तीनै तहमा कार्यरत कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समावेश गरी कर्मचारी तथा ट्रेड युनियनमैत्री ऐन जारी गर्न सरकारलाई विशेष पहल गरिने उनको भनाई थियो । अब संगठनले नियमित रुपमा गतिविधिहरु सार्वजनिक गर्ने बताए । उनले गतिविधि देखाउनकै लागि ‘नेगो बुलेटिन’ नामक किताब प्रकाशित गरेर सुरुवाती गरेको स्पष्ट पारे । सरकारले संघीय निजामती सेवा ऐन तयार पार्न नसकेकोमा आपत्ति जनाउँदै उनले भने,‘यहाँ भन्दा लाजमर्दो कुरा केही हुँदैन्, १ लाख २५ हजार कर्मचारीलाई परिचालित गर्ने ऐन सरकार संसदबाट ४ वर्षसम्म ल्याउन सकेन । सरकारले हाम्रै लागि ल्याउन लागेको ऐन हामीसँग सरसल्लाह गर्दैन् ।’ कर्मचारी सम्बन्धि नीति नियम बनाउँदा अनिवार्य रुपमा निजामती क्षेत्रका ट्रेड युनियनलाई राखेर छलफल गर्नुपर्छ भनेर निजामति सेवा ऐनभित्र लेखिएको उल्लेख गर्दै उनले यसप्रति सरकारले चासो नदिएकोमा बताए । उनले भने,‘अघिल्लो सरकारले अलिअलि निजामति ट्रेड युनियनसँग सल्लाह गर्न खोजेपनि यो गठबन्धनको सरकारले एकपटक पनि सम्झेन् ।’ उनले संघीय निजामति ऐन जारी गर्ने सम्बन्धमा सरकारलाई ७१ बुँदे सुझाव तयार पारेको सुनाए । उनले भने, ‘कर्मचारीको सरुवा, वृद्धिविकास, ट्रेडयुनियन, कर्मचारीको सेवा सुविधा, उमेरको विषयमा सुझाव दिएका छौं ।’