काठमाडौं । योजना आयोगको पुर्व सदस्य तथा अर्थशास्त्री प्राडा. गोबिन्द नेपालले काठमाडौंका सबैले इन्डक्सन चुलो प्रयोग गरे विद्युत नपुग्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले पनि विद्युतको पर्याप्त उत्पादन नभएकाले सबैले इन्डक्सन चुलो प्रयोग गरे विद्युत नपुग्ने बताएका हुन् ।
‘वैकल्पिक उर्जा सहित ९४ प्रतिशत जनसंख्यामा विद्युत पहुँच काठमाडौंको सबैले इन्डक्सन चुलो प्रयोग गर्ने हो भने डाउन हुने अवस्था छ,’ उनले भने ।
नेपालले नेपालको विद्युत विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण भएकाले अझैपनि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको धारणा राखे ।
उनले सरकारी क्षेत्रले विद्युत विकासको अनुमती पत्र लिन प्रतिस्पर्धा गर्नु नपर्ने तर निजि क्षेत्रले प्रतिस्पर्धा गर्नुपर्ने व्यवस्थाले निजि क्षेत्रलाई निरुत्साहित गरेको बताए । यस्तै, नेपाली लगानीकर्ता र विदेशी लगानिकर्तालाई दिने सरकारको सेवामा रहेको विभेद प्रति kgl निजि क्षेत्रको गुनासो रहेको उनले बताए
‘सरकारले स्वदेशी भन्दा विदेशीलाई बढी महत्त्व दिएको छ, यसरी निति निर्माताले विभेद गरे निजि क्षेत्र भड्किन सक्छ,’ उनले भने ।