काठमाडौं । स्वतन्त्र उर्जा उत्पादक गुरु प्रसाद न्याैपानेले पानी बेचेर डलर कमाउन सकिने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्राधिकरणले विदेशमा विद्ययुत बिक्री गरेर आम्दानी गरेपछि नेपालको पानी बेचेर् डलर कमाउन सकिने पुष्टि भएको बताए ।
उनले जलविद्युत उत्पादन गर्ने निजि क्षेत्रप्रती सरकार निर्दयी बनेको पनि बताए । सरकारले विद्युत विधेयक २०७७ मा निजि क्षेत्रलाई समेट्न नसकेको उनको आरोप छ ।
‘विद्युत उत्पादन गर्न नेपाल विद्युत प्राधिकरण आफै निजि कम्पनी स्थापना गरिरहेको छ, यसले निजि क्षेत्रलाई निरुत्साहित गरेको छ,’ उनले भने ।