विकासन्युज

सिन्धुपाल्चोकका किसानलाई सघाउँदै कृषि सहकारी

सिन्धुपाल्चोक । काठमाडौँ बसेर काम गर्दै आएका मेलम्ची –१ भोटेचौरका विनोद धिमाललाई अहिले सूर्यमुखीले उद्यमी बनाएको छ । बन्दाबन्दीपछि गाउँ फर्केका धिमालले अहिले गाईपालन र तरकारी खेतीबाट मासिक ५० हजार रुपैयाँ हाराहारी आम्दानी गरिरहेका छन् । उनी जस्तै अरुले पनि यहाँबाट ऋण लिएर व्यवसाय गरिरहेका छन । पछिल्लो समय खुलेका सहकारी सेवा गर्ने उद्देश्यले भन्दा पनि नाफा कमाउने उद्देश्यतिर केन्द्रित हुँदा नागरिकमा सहकारीप्रतिको विश्वास घट्दै गएको छ । तर सूर्यमुखी साना किसान कृषि सहकारी मेलम्चीले भने किसानको हितका लागि काम गर्दै किसानलाई व्यावसायिक बन्न भरपर्दो सहयोगी बनेको छ । मेलम्ची नगरपालिका–२ की इन्दिरा खतिवडाले पनि सहकारीबाट लिएको ऋणले बाख्रापालन र होमस्टे सञ्चालन गरिरहेका छन् । व्यवसायबाट भएको आम्दानी खतिवडाले घर व्यवहार, छोराछोरी पढाउने र बचत गर्ने गरेका छन् । सहकारीमा अहिले दुई हजार नौ सय १३ साधारण शेयर सदस्य छन् । त्यसमा ज्येष्ठ नागरिक, खुत्रुके र बाल बचत गरेर नौ सय गरी ३८ सय ७३ शेयर सदस्य छन् । सहकारीमा कुल पुँजी २५ करोड रहेको सहकारीले जनाएको छ । सहकारीको आफ्नै भवन, चिस्यान केन्द्र रहेको छ । कृषि क्षेत्रमा उद्यमी बन्न चाहने किसानलाई साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले साना किसानमार्फत सहयोग गरिरहेको छ । मेलम्ची नगरपालिका–१ मा रहेको सूर्यमुखी साना किसान कृषि सहकारीले मेलम्ची नगरपालिका–१ देखि ५ सम्म र वडा नं १२ लाई कार्यक्षेत्र बनाएर अहिले काम गरिरहेको छ । योसँगै अन्य पालिकामा पनि साना किसान कृषि सहकारीको अवधारणालाई विकास गर्दै गइरहेको छ । अन्य सहकारीलाई व्यवस्थापनमा पनि सहयोग गर्दे आएको छ । किसानलाई व्यावसायिक बन्न ऋण सहयोगदेखि स्थानीय तहसँग विकास साझेदार भएर काम गरिरहेको बताउँछन् सहकारीका अध्यक्ष मित्रलाल चौलागाई । सहकारीले पशु बीमा दूध सङ्कलनदेखि बजारीकरण र अनुदानसमेत दिने गरेको उनी बताउँछन् । भेटेरीनरी सेवा, बीउ प्रशोधन केन्द्रलगायत पनि सहकारीको सेवामा रहेको छ । रासस

सांसदको तीस लाख पारिश्रमिक सामाजिक संस्थालाई

तनहुँ । तनहुँ क्षेत्र नं १ बाट निर्वाचित सांसद कृष्णकुमार श्रेष्ठले पाँच वर्षमा पारिश्रमिकबापतको तीस लाख ९८ हजार रुपैयाँ सामाजिक सङ्घ संस्थालाई सहयोग गरेका छन् । पारिश्रमिकबापतको रकम विभिन्न सङ्घ संस्था, खानेपानी, विभिन्न रोगबाट पीडित बिरामीलाई सहयोग गरेको श्रेष्ठले जानकारी दिए । ‘मैले चुनावको बेला नै पारिश्रमिक लिन्न भनेर वाचा गरेको थिएँ, सोही वाचा अनुसार आमा समूह, खानेपानी योजना, विद्यालय, विभिन्न रोगका बिरामीलाई उक्त रकम सहयोग गरेको छु,’ पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत रहेको श्रेष्ठले जनाए । रासस

स्कुलमा धेरै परीक्षा हटाऔं, शिक्षकहरुको पनि ग्रेडिङ तोकौं

काठमाडौं । एसईई र कक्षा १२ को नतिजाले नेपालको शिक्षा क्षेत्र पछिल्ला दिनमा थप खस्कँदै गएको देखाएकोले यसको सुधारका निम्ति यथाशिघ्र पहल गर्नुपर्ने शिक्षाविद्हरुले धारणा राखेका छन् । शिक्षाविद्हरुका अनुसार विद्यालय तहको शिक्षामा पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षकको गुणस्तर, शैक्षिक क्यालेन्डर र परीक्षा प्रणाली लगायत धेरै विषयहरुमा समस्या रहेका छन्, जसलाई जिम्मेवार तहबाट सम्बोधन गर्न आवश्यक रहेको छ । ग्रेडिङमाथि प्रश्न विद्यालय तहको परीक्षामा राष्ट्रिय परीक्षा बोर्डले लागु गरेको ग्रेडिङ प्रणालीमाथि शिक्षा क्षेत्रका विज्ञहरुले फरक–फरक धारणा राखेका छन् । कतिपयले ग्रेडिङ सही नभएको बताएका छन भने कतिपयले सही भएको तर्क गरेका छन् । शिक्षाविद् डा। विद्यानाथ कोइरालाले कक्षा १२ को परीक्षाको नतिजाअनुसार नन ग्रेडिङको संख्या ठूलो देखिएकोले सो विषय चूनौतिपूर्ण भएको बताएका थिए । विद्यालय शिक्षा सुधारका लागि शिक्षकहरुलाई ग्रेडिङ गर्नुपर्ने डा. कोइरालाको धारणा छ । अर्का शिक्षाविद् मनप्रसाद वाग्लेले विद्यालय तहको परीक्षाको नतिजामा गरिएको ग्रेडिङ उपयुक्त रहेको बताए । विद्यार्थीलाई विद्यार्थीलाई टेकस्टबुक पढाएर ग्रेडिङ गरिएकोले उनीहरुको उनीहरुको क्षमता नाप्ने काम नभएको बताउँछन्, विद्यालय तहको शिक्षामा निश्चित विषयमा कम्पिटेन्स टेस्ट गर्नुपर्ने र सोही आधारमा नतिजाको ग्रेडिङ गर्नुपर्ने वाग्लेको धारणा छ । उलेन्स स्कुल ललितपुरका प्रधानाध्यापक मेदिन लामिछानेले राष्ट्रिय परीक्षा बोर्डले कस्ता सामग्रीहरुमा विद्यार्थीमाथि टेस्ट गरेर विद्यार्थीले अहिलेको ग्रेड हासिल गरेको हो भन्ने कुरा नभन्ने गरेको बताए । विद्यार्थीहरुले के कुरा नजानेर उच्च ग्रेड हासिल भएन भन्ने कुरा थाहा पाउन नसकिएको भन्दै उनले अहिलेको ग्रेडको मापदण्डहरु सही नभएको उनको भनाइ छ । विद्यार्थीले कुन विषयमा कति नम्बर ल्यायो भन्ने आधारमा ग्रेड दिने पद्दती लागु गर्नुपर्ने भन्दै उनले विद्यार्थीले साँच्चिकै जानेबुझेको कुरामा मार्किङ गर्ने काम भएको विषयमा उनको प्रश्न उठाए । विद्यालय तहमा परीक्षा घटाउनुपर्ने विद्यालय तहमा प्रत्येक कक्षामा परीक्षा गर्ने तरिका सही नभएको कुरामा धेरै शिक्षाविद्हरुको समान धारणा रहेको छ । विद्यालय क्षेत्र सुधारको विषयमा बोल्दै उनीहरुले सो कुरा बताएका छन् । संख्यात्मक रुपमा भिन्न मत भएता पनि परीक्षा धेरै भएको र यसलाई घटाउनुपर्ने कुरामा उनीहरुको समान मत रहेको छ । शिक्षाविद् प्रा।डा। बालकृण लुईंटेलले शिक्षा क्षेत्रलाई सामान्य अवस्थामा सुधार गर्ने की एक्सिलेन्स खोज्ने भन्ने प्रश्न उठाएका छन् । परीक्षालाई जोड दिने हो की सिकाई रु सबै कक्षामा परीक्षा गर्ने प्रणालीप्रति असहमति जनाउँदै उनले आफ्नो विचारमा कक्षा १२ मात्रै परीक्षा भए हुने बताए । विद्यालय तहमा परीक्षा धरैपटक गर्ने कुरा राम्रो नभएको भन्दै प्राडा। लुईंटेलले ‘बाघको अगाडि बाख्रा डराउने’ भन्दै धेरै मुलुकहरुले परीक्षालाई हटाएको बताएका छन् । त्यस्तै, उलेन्स स्कुलका प्रधानाध्यापक मेदिन लामिछानेले कन्सेप्ट बेस अध्यापन पद्दती लागु गर्नुपर्ने र निश्चित कक्षामा मात्रै जाँच लिने व्यवस्था हुनुपर्ने बताएका छन् । शिक्षक र विद्यालयलाई जिम्मेवार बनाउनुपर्ने विद्यालय तहको शिक्षाको सुधारका लागि शिक्षक र विद्यालय जिम्मेवार हुनुपर्ने शिक्षा क्षेत्रका विज्ञहरुको धारणा रहेको छ । विद्यार्थीको नतिजा विद्यालय र शिक्षक जिम्मेवार नहुने बेलासम्म राम्रो हुन नसक्ने उनीहरुको भनाइ छ । विद्यालय सुधारका लागि शिक्षकलाई ग्रेडिङ गरेर असक्षक शिक्षकहरुलाई विदाई गर्नुपर्ने शिक्षाविद् डा। विद्यानाथ कोइराला बताउँछन् । शिक्षकहरुलाई अब्बल , दोयम, सिम र चार गरेर ग्रेडिङ गर्नुपर्ने भन्दै उनले अब्बल तहले दोयमलाई सिकाउनुनपर्ने, दोयम तहले सिम तहलाई सिकाउनुपर्ने र चार तहलाई बिदाई गर्नुपर्ने बताए । साथै, उनले पछिल्लो समयमा शिक्षकहरुलाई अपडेट गर्ने कुरामा समस्या भएको बताउँदै शिक्षकहरुलाई अपडेट गर्नको लागि ओरेन्टसन कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । हिसानका अध्यक्ष रमेश सिलवालले विद्यार्थीलाई पास हुन प्रतिशत चाहिने तर विद्यालय र शिक्षकलाई नचाहिने कुरामा प्रश्न उठाए । विद्यालयमा राम्रो पढाउनेलाई प्रोत्साहनको व्यवस्था हुनुपर्ने उनको भनाइ छ । शिक्षकको तलबको विषयमा असतुन्ष्टि जनाउँदै सिलवालले राणाको समयमा पनि अरुकोभन्दा शिक्षकको तलब बढी भएको सुनाए । तारकेश्वरस्थित साङ्ला बालकुमारी माविका प्रधानाध्यापक डा। टिकाराम भट्टले विद्यालय तहको शिक्षामा पढाउने काम भएको तर सिकाउने काम नभएको बताए । असाध्यै थोरै विद्यालयमा मात्रै कन्सेप्ट पद्दतीमा आधारित रहेर अध्यापन कार्य भएको भन्दै उनले ९८ प्रतिशत शिक्षकहरु तालिमप्राप्त भएतापनि उनीहरुमा पाठयोजना बनाउने, कक्षाकोठाको ह्यान्डल गर्ने र प्रश्नपत्र बनाउने कुरामा क्षमता भएको विषयमा प्रश्न उठाए । शिक्षकहरुलाई कार्यसम्पादन करार अनिवार्य गर्नुपर्ने उनले बताए । सिकाइमा सुधारको आवश्यकता शिक्षाविद् डा। विद्यानाथ कोइरालाले सिकाईको सुधार गर्ने की परीक्षा सुधार गर्ने भन्ने विषय महत्वपूर्ण देखिएको भन्दै उनले कप्टिसनमा आधारित सिकाई प्रणालीको विकास गर्नुपर्ने धारणा राखेका थिए । कप्टिसनमा आधारित सिकाइको विकास गर्दा स्थानीय विषयलाई लिभरेज दिँदै विद्यार्थीलाई निश्चित अभ्यास गर्नैपर्ने जिम्मेवारी दिनुपर्ने डा। कोइरालाको भनाइ छ । प्रा।डा। बालकृष्ण लुईंटेलले जनक शिक्षा सामग्री कम्पनीले उत्पादन गरेको पुस्तक पूर्ण रुपमा सही नभएको र अन्य निजी पब्लिकेसनहरुले प्रकाशन गरेको पाठ्यपुस्तकहरु बजारमा बेच्न नै अयोग्य भएको बताए । किताबको गुणस्तरका लागि नयाँ कानून आवश्यक भएको प्रा।डा। लुईंटेलको भनाइ छ । पाठ्यक्रम विकास केन्द्रले पुस्तकको रिभ्यु गर्ने काम छाप लगाउने कुरामा मात्रै सिमित भएको उनले बताए । उलेन्स स्कुल ललितपुरका प्रधानाध्यापक मेदि लामिछानेले विद्यालय तहको शिक्षामा सिकाइमा नै समस्या भएको तर उत्पादनमा समस्या देख्ने गरेको बताए । परीक्षकको जिम्मेवारी तोक्ने प्रणाली सही नभएकोले सो विषयमा पनि सुधार गर्नुपर्ने लामिछानेको भनाइ छ । कतिपय मुलुकमा परीक्षकको लागि भिन्नै लाइसेन्सको व्यवस्था हुनेगरेकोमा नेपालमा पनि त्यसको अभ्यास गर्नुपर्ने उनले बताए । समस्या परीक्षकमा पनि हुन सक्ने विषयमा अनुसन्धान नभएको उनी बताउँछन् । राष्ट्रिय परीक्षा बोर्डले ‘विद्यालय तहको परीक्षाको नतिजा, वर्तमान अवस्था र भावी कार्यदिशा’ विषयमा सोमबार काठमाडौंमा आयोजना गरेको एकदिवसीय गोष्ठीमा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरुले आफ्ना प्रतिक्रिया तथा सुझाव राखेका थिए ।

निक्षेप तथा कर्जा सुरक्षण कोषले कमायो ३ अर्ब बढी, चुक्ता पुँजी १० अर्ब पुग्यो

काठमाडौं । कर्जा सुरक्षण कोषले आर्थिक वर्ष २०७८र७९ मा ३ अर्ब बढीकरोड नाफा गरेको छ । मंगलबार ४९ औं वार्षिकोत्सवमा कोषले गत वर्ष ३ अर्ब ६ करोड कमाएको जानकारी दिएको हो । कोषको चुक्ता पुँजी १० अर्ब पुगेको छ भने कोषले ११ खर्ब निक्षेप संकलन गरेको छ । यस्तै, कोषले ३ अर्ब कर्जा सुरक्षण गरेको छ । कोषले कार्य दायर वृद्धि गर्दै पुँजी वृद्धि र जोखिम व्यवस्थापनमा ध्यान दिएको बताएको छ ।कोषलाई कागजविहिन बनाउने योजना रहेको पनि कोषले जानकारी दिएको छ ।

कोषको क्षमतामाथि गभर्नरको प्रश्न : ४८ वर्ष पुग्दा पनि कुनै योजना देखिन, प्रिमियममा मात्रै फोकस नहुनु

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा सुरक्षण कोष ४८ वर्ष पुग्दा पनि कुनै योजना नदेखिएको बताएका छन् । मंगलबार कोषको ४९ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले कोषले ४८ वर्ष पुग्दा पनि योजना विहिन देखिएको बताएका हुन् । उनले कोषलाई योजनामा ध्यान दिन र प्रिमियमा मात्रै फोकस नहुनु सुझाव दिएका छन् । ‘कोषले ४८ वर्षमा कति डिपोजिटरलाई पे गर्यो ? काेषमा रकम बढ्दा निक्षेपकर्ताकाे विश्वास सिर्जना गर्छ,  कर्जाको लागि दाबी नपर्नुको कारण हाम्रो मेकानिजम हो कि,’ उनले भने । उनले सिस्टमका आधारमा दावी भुक्तानी गर्नुपरेको बताए । केही संस्थाले गलत अभ्यास गरेका कारण तरतलता अभाव भएको उनले बताए । ‘कोषको काम पैसा संकलन गर्ने मात्रै होइन, इन्स्योरेन्सको डिपोजिट प्रभावकारी भएन, हामीले आन्तरिक उत्पादन बढाउनेमा केन्द्रित गरेका छौं तर बैंकले जोखिम देख्छन्, यसको ब्रिजको काम कोषले गर्नु पर्छ,’ उनले भने ।

राष्ट्रिय वाणिज्य बैंक र डिप्रोक्स लघुवित्त पुरस्कृत

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले राष्ट्रिय वाणिज्य बैंक र डिप्रोक्स लघुवित्त वित्तीय संस्थालाई पुरस्कृत गरेको छ । कोषले सबैभन्दा बढी निक्षेप सुरक्षण गर्ने राष्ट्रिय वाणिज्य बैंक र सबैभन्दा बढी कर्जा सरक्षण गरेको डिप्रोक्स लघुवित्तलाई पुरस्कृत गरेको हो । कोषका अनुसार गत आर्थिक वर्षमा राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा बढी निक्षेपतर्फ बढी प्रिमियम बुझाएको छ । समीक्षा अवधिमा बैंकले ७३ अर्ब रुपैयाँ निझेप सुरक्षण गरि १२ करोड प्रिमियम बुझाएको छ । त्यस्तै, सबैभन्दा बढी कर्जा सुरक्षण गरेको डिप्रोक्स लघुवित्तले १८ अर्ब सुरक्षण गरी ३ करोड ६४ लाख प्रिमियम बुझाएको कोषले जानकारी गराएको छ । कोषले आफ्नो ४९औं वार्षिकोत्सवको अवसरमा दई संस्थालाई सम्मान गरेको हो ।

भरतपुर आँखा अस्पतालमा वर्षमा तीन लाख बिरामीको उपचार

चितवन । नेपाल नेत्रज्योति सङ्घ चितवनले भरतपुरमा सञ्चालन गरेको आँखा अस्पताल र आँखा उपचार केन्द्रमार्फत एकवर्षमा झण्डै तीन लाखलाई सेवा दिएको छ । अस्पतालले सन् २०२१ को जुलाई १ देखि सन् २०२२ को जुन ३० सम्म दुई लाख ८९ हजार तीन सय ९२ जनाको आँखा उपचार गरेको हो । अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार बहिरङगतर्फ भरतपुर आँखा अस्पतालमा एक लाख ३२ हजार पाँच सय २१, भरतपुर ओरालोमा रहेको चिजकुमार विष्णुकुमारी श्रेष्ठ बहिरङग विभाग सिटी क्लिनिकमा १९ हजार एक सय आठ, ठोरी अस्पतालमा आठ हजार पाँच सय २३ जनाको उपचार गरिएको छ । यसैगरी कावासोती अस्पतालमा नौ हजार १४, सिम्रनगढ अस्पतालमा ६ हजार छ सय ९० र आँखा उपचार केन्द्रमा २६ हजार सात सय ९८ जनाको उपचार गरिएको छ । अस्पतालले ग्रामीण क्षेत्रमा पुगेर सञ्चालन गरेको आँखा शिविरमार्फत् ८६ हजार सात सय ३८ जनाको उपचार गरेको छ । अस्पतालले उक्त अवधिमा नौ हजार आठ सय ९६ वटा शल्यक्रिया गरेको छ । तीमध्ये हातले गर्ने शल्यक्रिया सात सय दुई, उपकरणको माध्यमबाट गरिने तीन हजार ३०, आँखाको नानी कर्नियाको तीन सय ८१, जलविन्दुको ८४, आँखाको पर्दा रेटिनाको एक सय ६१ शल्यक्रिया गरिएको हो । यस्तै आँखाको वरिपरिको भागको तीन सय ८७, बालबालिकाको आँखाको ९०, अन्य शल्यक्रिया दुई सय १२ र शिविरमार्फत् रिफर गरिएका चार हजार आठ सय ४९ को शल्यक्रिया गरिएको सूचना अधिकारी घिमिरेले जानकारी दिए । बहिरङ्ग र शल्यक्रिया गरी लक्ष्यको एक सय २४ दशमलव ९७ प्रतिशत सफलता मिलेको जनाइएको छ । अस्पतालले सन् २०२० को जुलाई १ देखि सन् २०२१ को जुन ३० सम्म एक लाख १८ हजार नौ सय ४७ जनाको उपचार गरेको थियो । सोही अवधिमा पाँच हजार तीन सय ३५ जनाको विभिन्न शल्यक्रिया गरेको थियो । कोभिडका कारण उक्त अवधिमा बिरामीको सङ्ख्या कम भएको थियो । अस्पतालले २०२२ जुलाई १ देखि सन् २०२३ जुन ३० सम्म तीन लाख ४१ हजार बिरामीलाई सेवा दिने लक्ष्य राखेको छ । अस्पताल सञ्चालक समितिका अध्यक्ष कृष्णराज धरेलका अनुसार अस्पतालमा विशेषज्ञ प्राप्त गरेका दक्ष चिकित्सक रहेका छन् । हाल नौ विशेषज्ञ चिकित्सक कार्यरत छन् । नौ विशेषज्ञ अध्ययनरत रेसिडेन्टल चिकित्सक छन् । विशेषज्ञता हासिल गरेकामध्ये आँखाको पर्दा रेटिना, आँखाको बाहिरी नानी कर्निया, जलविन्दु, प्लास्टिक सर्जरी, बच्चाको आँखामा फेलोसिप गरेका चिकित्सक कार्यरत छन् । उनको भनाइमा एक सय १७ जनाको विशेषज्ञ चिकित्सकदेखि सहायकसम्मको कर्मचारीको समूह उपचारमा जुटेको छ । अस्पतालले एक सय ११ को नानीको प्रत्यारोपण गरिसकेको छ । यस अस्पतालमार्फत ३९ नानी सङ्कलन गरिएको छ । आठ सय ८६ जनाले आँखा दानका लागि इच्छा गरेका छन् । धरेलका अनुसार अस्पतालमा चितवन, मकवानपुर, नवलपरासी सुस्ता–बर्दघाट पूर्व, बारा, पर्सा, रौतहट, सर्लाही, सिन्धुली, गोरखा, लमजुङ्, तनहुँ, धादिङ्लगायतका जिल्लाका बिरामीले प्रत्यक्ष रुपमा सेवा पाएका छन् । यसको अतिरिक्त नेपालका अन्य जिल्ला र छिमेकी देश भारतका सीमा क्षेत्रका बिरामीले यहाँ सेवा लिँदै आएका छन् । रासस

एनबिआईको अध्यक्षमा पुन: कुशकुमार जोशी

काठमाडाैं । राष्ट्रिय व्यवसायिक पहल(एनबिआई)को अध्यक्षमा कुशकुमार जोशी पुन: निर्वाचित भएका छन् । संस्थाको १६औं वार्षिक साधारण सभाबाट उनी पुन: अध्यक्षमा निर्वाचित भएका हुन् । संस्थाको उपाध्यक्षमा सुकुन्तलाल हिराचन, महासचिवमा सुरेन्द्रवीर मालाकार, कोषाध्यक्षमा दीपक मल्होत्रा, सचिवमा सरोजप्रसाद पाण्डे र सुरेश प्रधान चयन भएका छन् । संस्थाको सह कोषाध्यक्षमा विनायक शाह चयन भएका छन् । संस्थाको कार्यसमिति सदस्यमा उमेशलाल श्रेष्ठ, अशोक वैद्य, रवीन्द्रमान सिंह प्रधान, डा. बबिन पोखरेल, शिवप्रसाद घिमिरे, सनम शाक्य, राजेश खड्का, लता प्याकुरेल, मुकेशकुमार भट्टराई, रमेश शर्मा, राजेशबाबु श्रेष्ठ, खेम लेकाई,अरनिको राजभण्डारी, र होमनाथ उपाध्याय चयन भएका छन् ।