कोषको क्षमतामाथि गभर्नरको प्रश्न : ४८ वर्ष पुग्दा पनि कुनै योजना देखिन, प्रिमियममा मात्रै फोकस नहुनु

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा सुरक्षण कोष ४८ वर्ष पुग्दा पनि कुनै योजना नदेखिएको बताएका छन् । मंगलबार कोषको ४९ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले कोषले ४८ वर्ष पुग्दा पनि योजना विहिन देखिएको बताएका हुन् । उनले कोषलाई योजनामा ध्यान दिन र प्रिमियमा मात्रै फोकस नहुनु सुझाव दिएका छन् । &#8216;कोषले ४८ वर्षमा कति [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा सुरक्षण कोष ४८ वर्ष पुग्दा पनि कुनै योजना नदेखिएको बताएका छन् । मंगलबार कोषको ४९ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले कोषले ४८ वर्ष पुग्दा पनि योजना विहिन देखिएको बताएका हुन् ।

उनले कोषलाई योजनामा ध्यान दिन र प्रिमियमा मात्रै फोकस नहुनु सुझाव दिएका छन् ।

‘कोषले ४८ वर्षमा कति डिपोजिटरलाई पे गर्यो ? काेषमा रकम बढ्दा निक्षेपकर्ताकाे विश्वास सिर्जना गर्छ,  कर्जाको लागि दाबी नपर्नुको कारण हाम्रो मेकानिजम हो कि,’ उनले भने ।

उनले सिस्टमका आधारमा दावी भुक्तानी गर्नुपरेको बताए । केही संस्थाले गलत अभ्यास गरेका कारण तरतलता अभाव भएको उनले बताए ।

‘कोषको काम पैसा संकलन गर्ने मात्रै होइन, इन्स्योरेन्सको डिपोजिट प्रभावकारी भएन, हामीले आन्तरिक उत्पादन बढाउनेमा केन्द्रित गरेका छौं तर बैंकले जोखिम देख्छन्, यसको ब्रिजको काम कोषले गर्नु पर्छ,’ उनले भने ।

Share News