काठमाडाैं । राष्ट्रिय व्यवसायिक पहल(एनबिआई)को अध्यक्षमा कुशकुमार जोशी पुन: निर्वाचित भएका छन् । संस्थाको १६औं वार्षिक साधारण सभाबाट उनी पुन: अध्यक्षमा निर्वाचित भएका हुन् ।
संस्थाको उपाध्यक्षमा सुकुन्तलाल हिराचन, महासचिवमा सुरेन्द्रवीर मालाकार, कोषाध्यक्षमा दीपक मल्होत्रा, सचिवमा सरोजप्रसाद पाण्डे र सुरेश प्रधान चयन भएका छन् । संस्थाको सह कोषाध्यक्षमा विनायक शाह चयन भएका छन् ।
संस्थाको कार्यसमिति सदस्यमा उमेशलाल श्रेष्ठ, अशोक वैद्य, रवीन्द्रमान सिंह प्रधान, डा. बबिन पोखरेल, शिवप्रसाद घिमिरे, सनम शाक्य, राजेश खड्का, लता प्याकुरेल, मुकेशकुमार भट्टराई, रमेश शर्मा, राजेशबाबु श्रेष्ठ, खेम लेकाई,अरनिको राजभण्डारी, र होमनाथ उपाध्याय चयन भएका छन् ।