विकासन्युज

बाली तथा पशुपन्छी बीमाको अनुदानलाई ९५ करोड, २ लाख बढीले पाउने

काठमाडौं । सरकारले २ लाखभन्दा बढी किसानको बाली तथा पशुपन्छी बीमाको प्रिमियममा अनुदान दिन ९५ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै सो बताएका हुन् ।

सरकारले गाँजा खेतिको अनुसन्धान गर्ने

काठमाडौं । सरकारले गाँजा खेतीको अध्ययन गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

कृषि तथा पशुजन्य व्यवसायमा युवालाई आकर्षक गर्न एक अर्ब २० करोड

काठमाडौं । सरकारले कृषि तथा पशुजन्य व्यवसायमा युवालाई आकर्षक गर्न एक अर्ब २० करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै सो कुरा बताएका हुन । उनले कृषि तथा पशुजन्य व्यवसायमा युजा जनशक्तिलाई आकर्षक गर्न स्थानीय तहको सहकार्यमा युवा स्टाटअप कार्यक्रम सञ्चालन गर्ने बताए । उक्त कार्यक्रम सञ्चालनका लागि एक अर्ब २० करोड रकम विनियोजन गरेको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरणमा तीन अर्ब २२ करोड रकम

काठमाडौं । सरकारले आगामी आर्थिक २०८०/८१ को  लागि वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण लागि तीन अर्ब २२ करोड रुपैयाँ रकम विनियोजन गरेकाे छ  । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण लागि ३ अर्ब २२ करोड रुपैयाँ रकम छुट्याएको बताएका हुन् ।

कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षबाट कृषि क्षेत्रमा दिने अनुदानलाई उत्पादनमा आधारित बनाउने बताएको छ । आज संघीय संसदमा बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले सो कुरा बताएका हुन् । ‘उत्पादन साथमा अनुदान हातमा’ भन्ने नाराका साथ कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइने छ’, डा महतले बजेट प्रस्तुतीको क्रममा भनेका छन् । बिउ खरिद र उपकरण बाहेक सबै अनुदानलाई उत्पादनमा आधारित बनाउने मन्त्री महतले बताएका छन् ।

स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान साढे एक खर्ब, सशर्त अनुदान दुई खर्ब २७ अर्ब

काठमाडौं । सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई ५८ अर्ब ६७ करोड र स्थानीय तहलाई ८७ अर्ब ३५ करोड गरी जम्मा १ खर्ब ४६ अर्ब २ करोड वित्तीय हस्तान्तरण गर्ने व्यवस्था मिलाएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै सशर्त अनुदान तर्फ प्रदेशलाई ३५ अर्ब ७२ करोड र स्थानीय तहलाई १ खर्ब ९१ अर्ब ८९ करोड गरी जम्मा २ खर्ब २७ अर्ब ६१ करोड विनियोजन गरेको पनि बताएका छन् । त्यसैगरी समपूरक अनुदान तर्फ प्रदेशलाई ६ अर्ब २२ करोड र स्थानीय तहलाई ७ अर्ब ५ करोड गरी जम्मा १३ अर्ब २७ करोड विनियोजन गरिएको छ । विशेष अनुदान तर्फ प्रदेश र स्थानीय तहलाई क्रमशः ४ अर्ब ४६ करोड र ८ अर्ब ७३ करोड विनियोजन गरिएको छ । राजस्व बाँडफाँटबाट प्रदेश र स्थानीय तहमा जम्मा १ खर्ब ७३ अर्ब ९२ करोड रकम हस्तान्तरण हुने अनुमान गरिएको अर्थमन्त्री डा महतले बताए ।

रासायनिक मलमा ३० अर्ब अनुदान

काठमाडौं । सरकारले रासायनिक मल खरिदका लागि ३० अर्ब रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै सो कुरा बताएका हुन ।

सरकारले रासायनिक मलको कारखाना खोल्ने

काठमाडौं । सरकारले रासायनिक मलको कारखाना खोल्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै सो बताएका हुन् ।