विकासन्युज

पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने

काठमाडौं । सरकारले पशुपन्छीको महामारी नियन्त्रणका लागि स्वशेदमै भ्याक्सिन उत्पादन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले पशुपन्छीको महामारी नियन्त्रणका लागि खोप कार्यक्रम सञ्चालन गर्न आगामी आर्थिक वर्ष विभिन्न रोगका करिब छ करोड ६० लाख डोज भ्याक्सिन स्वदेशमै उत्पादन गर्न आवश्यक रकम विनियोजन गरिएको बताएका छन्

कृषिको बजेट ५९ अर्ब, थपिए दर्जनौ नयाँ कार्यक्रम

काठमाडौं । सरकारले कृषि क्षेत्रमा गरेको लगानी अनुसारको प्रतिफल नपाइरहेका बेला अर्थमन्त्री डा. प्रकाशशरण महतले केही नयाँ कार्यक्रम घोषणा गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५८ अर्ब ९८ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गर्दै उनले नयाँ कार्यक्रम ल्याईएको बताएका हुन । गत आर्थिक वर्षसम्म कुल ग्राहस्थ उत्पादन (जीडीपी)मा २४.७ प्रतिशत रहेको कृषि क्षेत्रको योगदान चालु आर्थिक वर्षमा आइपुग्दा २४.१ प्रतिशतमा झर्ने अनुमान सार्वजनिक भइसकेको छ । सरकारले ल्याएका कार्यक्रमबाट आगामी वर्ष जीडीपीमा कृषि क्षेत्रको योगदान बढ्ने सरकारको अपेक्षा छ । चालू आर्थिक वर्षका लागि कृषि तथा पशु पंक्षी मन्त्रालय अन्तर्गत ५५ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । आगामी वर्ष यसको आकार ३ अर्बले बढेर ५८ अर्ब ९८ करोड पुगेको छ । सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए ।

२५ हजारलाई लालपूर्जा वितरण गरिने

फाइल फोटो काठमाडौं । सरकारले २५ हजारलाई लालपूर्जा वितरण गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै ११० स्थानीय तहका २५ हजारलाई लालपूर्जा वितरण गर्ने बताएका हुन् ।

वन तथा वातावरण मन्त्रालयका लागि साढे १५ अर्ब रुपैयाँ बजेट विनियोजन

काठमाडौं । अर्थमन्त्री डा.प्रकाश शरण महतले वन तथा वातावरण मन्त्रालयका लागि साढे १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेका छन् । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै उनले सो मन्त्रालयका लागि १५ अर्ब ५६ करोड रुपैयाँ विनियोजन गरेको बताएका हुन् ।

निकुञ्ज तथा आरक्षण संरक्षणमा खटिनेको दुर्घटना बीमा

काठमाडौं । निकुञ्ज तथा आरक्षण संरक्षणमा खटेका कर्मचारीको पनि दुर्घटना बीमा हुने भएको छ । सरकारले आगामी आर्थिक वर्षदेखि उक्त कर्मचारीहरुको दुर्घटना बीमा गर्ने भएको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै सो बताएका हुन् ।

राष्ट्रपति चुरे संरक्षणको लागि एक अर्ब ५ करोड विनियोजन 

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले राष्ट्रपति चुरे संरक्षणको लागि एक अर्ब ५ करोड विनियोजन गरेको बताएका छन् । महतले आगामी आर्थिक २०८०/८१ को  बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

कृषि मन्त्रालयका लागि ५९ अर्ब रुपैयाँ विनियोजन

काठमाडौं । अर्थमन्त्री डा.प्रकाश शरण महतले कृषि तथा पशुपंक्षि विकास मन्त्रालयकाका लागि झण्डै ५९ अर्ब रुपैयाँ विनियोजन गरेका छन् । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै उनले सो मन्त्रालयका लागि ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेको बताएका हुन् ।

‘उत्पादन साथमा, अनुदान हातमा’ कार्यक्रम घोषणा

काठमाडौं । सरकारले कृषकहरूका लागि ‘उत्पादन साथमा, अनुदान हातमा’ कार्यक्रम घोषणा गरेको छ । अर्थमन्त्री डा।प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै कृषि क्षेत्रको विकासका लागि किसानलाई उत्पादनमा प्रोत्साहन दिन उक्त कार्यक्रम ल्याइएको बताएका हुन । उत्पादन साथमा, अनुदान हातमा भन्ने नाराका साथ कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइने उनले बताए । बीऊ खरिद, रासायनिक मल, बीमा र यान्त्रिकीकरणमा दिइँदै आएको अनुदान बाहेकका बाँकी सबै प्रकारका कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइनेछ । अनुदान प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन आगामी साउन मसान्तभित्र नयाँ मापदण्ड र कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ । यसबाट कृषिमा प्रदान गरिँदै आएको अनुदान सदुपयोग नभएको भन्ने आम गुनासो सम्बोधन हुने र वास्तविक किसान लाभान्वित भई कृषि उत्पादन बढाउन सघाउ पुग्ने सरकारको अपेक्षा छ । प्रदेश तथा स्थानीय तहले समेत उत्पादनमा आधारित कृषि अनुदान प्रणाली अबलम्बन गर्नसक्ने अर्थमन्त्री डा महतले बताए । सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित  आगामी आर्थिक वर्षको बजेट तयार पारिएको बताए ।