खोल्ने भनिएका ४४ प्रकारका उद्योग प्रतिष्ठानका कर्मचारीले पास लिन यहाँ जाने (सूचनासहित)
काठमाडौं । सरकारले २६ वैशाखदेखि खोल्ने भनेका उद्योग प्रतिष्ठानका कामदार तथा कर्मचारीले आवतजावतको लागि पास पाउने व्यवस्था स्पष्ट पारिएको छ । काठमाडौं उपत्यकाको हकमा सम्बन्धित नियामक निकायबाटै पास पाउने व्यवस्था गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाभित्रका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको हकमा सम्बन्धित नियामक निकाय, मन्त्रालयका सचिवलगायतले पास वितरण गर्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयहरु र गृहमन्त्रालयले पास वितरण गर्ने गरेका थिए । प्रशासन कार्यालयले जारी गरेको सुचना अनुसार बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना कर्मचारीको पास नेपाल राष्ट्र बैंकबाट लिनुपर्नेछ । यस्तै, धितोपत्रसँग सम्बन्धित व्यवसाय गर्ने निकायहरुले नेपाल धितोपत्र बोर्डबाट, बीमा कम्पनीहरुले बीमा समितिबाट, सहकारी संस्थाहरुले सहकारी विभागबाट, व्यापार तथा वाणिज्यसँग सम्बन्धित व्यवसाय गर्नेहरुले वाणिज्य विभागबाट र जलविद्युत आयोजनाहरुले जलस्रोत मन्त्रालयका सचिवबाट पास लिनुपर्नेछ । पास लिने निकाय र कार्यालयहरुले पास पाउने निकाय यस्ता छन्ः सम्बन्धित सामग्री खोल्ने भनिएका ४४ प्रकारका उद्योग प्रतिष्ठानका कर्मचारीले यहाँ र यसरी पाउँछन् पास बैंकका कर्मचारीले ९ देखि साढे ११ र साढे ३ देखि ५ बजेसम्म हिड्न पाउने
कास्कीमा यी सवारी चलाउन पास नचाहिने (सुचनासहित)
काठमाडौं । कास्कीमा विकास निर्माण, उद्योग, कृषि तथा अन्य उत्पादनशील कार्यमा संलग्न व्यक्तिले सवारी साधनका लागि प्रशासनबाट पास लिनु नपर्ने भएको छ । सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले यस्ता केही निश्चित क्षेत्रको ढुवानीका लागि पास नचाहिने जानकारी दिएको हाे । सुचनामा कृषि, पशुपंक्षीजन्य सेवा तथा सामग्री, खाद्यान्न, विकास निर्माणमा प्रयोग हुने औजार, उपकरण ल्याउने सवारी साधनमा पास नचाहिने भनिएकाे छ । साथै बैंक तथा वित्तीय संघसंस्था सञ्चालनका लागि पनि पास नचाहिने सुचनामा उल्लेख छ । यस्तै विकास आयोजनाको काम अघि बढाउँदा बढीमा १० जनामा एक ठाउँमा जम्मा हुन र सवारी वर्कसप, इन्टरनेट जडान, प्लम्बिङ, ,इलेम्ट्रिकल सेवा र पेट्रोल पम्पआदिमा बढीमा ५ जना कामदार तथा कर्मचारीको व्यवस्था गर्न सुचनामा बताइएकाे छ । प्रशासनले सूचनामा शैक्षिक संघ संस्था, रंगशाला, जिम हल, फिल्म हल, धार्मिक तथा सार्वजनिक स्थलमा भने जम्मा हुन नपाइने जनाएकाे छ ।
युनाईटेड इन्स्योरेन्सको आय ३ करोडले घट्यो
काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीको आय करिब ३ करोड रुपैयाँले घट्ेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्यमा कम्पनीको आय ६१ करोड १८ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको आय ६४ करोड १६ लाख रुपैयाँ थियो । बीमा शुुल्क (खुद) कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यमा खुद बीमा शुल्क २४ करोड ७१ लाख रुपैयाँ संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद बीमा शुल्क २३ करोड ८२ लाख रुपैयाँ थियो । कम्पनीले पुनर्बीमा कमिशन आयबाटमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६ करोड ६० लाख रुपैयाँ छ भने गत आर्थिक वर्षका सोही अवधिमा २ करोड ९३ लाख रुपैयाँ रहेको छ । कम्पनीको लगानी, कर्जा तथा अन्य आयमाचालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ करोड ६७ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको सोही अवधिमा ४ करोड १५ लाख रुपैयाँ रहेको कम्पनीको तथ्याङ्कका उल्लेख छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५१ करोड २१ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३५ करोड ५५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । बीमालेख संख्या कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६९ हजार २ सय ८५ बीमालेख जारी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४९ हजार ४ सय ३८ बीमालेख जारी गरेको थियो ।
जनरल इन्स्योरेन्सको आय २० करोड २३ लाख रुपैयाँले आय बढ्यो
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको अन्त्यमा २० करोड २३ लाख रुपैयाँले आय वृद्धि गरेको छ । कम्पनीको आय गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १४ करोड ८९ लाख रुपैयाँ थियो भने चालु आर्थिक वर्षको सोही अवधिमा ३५ करोड १२ लाख रुपैयाँ छ । बीमा शुल्क (खुद) कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद बीमा शुल्क भने १९ करोड ५० लाख रुपैयाँ रहेको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीको खुद बीमा शुल्क ९ करोड ७४ लाख रुपैयाँ थियो । यस्तै, पुनर्बीमा कमिशन आयमा कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ करोड ८७ लाख रुपैयाँ छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ करोड ५१ लाख रुपैयाँ रहेको थियो । लगानी, कर्जा तथा अन्य शिर्षकमा कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ करोड ९८ लाख रुपैयाँ छ भने गत आर्थिक वर्षको सोही समयमा २ करोड ५८ लाख रुपैयाँ रहेको थियो । कुल बीमा शुल्क आर्जन कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४१ करोड ६१ लाख रुपैयाँ कुल बीमा शुल्क ४१ करोड ६१ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २० करोड ५० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४० हजार ६ सय ५७ बीमालेख जारी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १९ हजार ७ सय ६८ बीमालेख जारी गरेको थियो ।
एभरेष्ट बैंकका कर्मचारीद्वारा ३० लाखको राहत सामग्री वितरण
काठमाडौं । एभरेष्ट बैंक कर्मचारी परिवारले लक्डाउनका कारण रोजगार गुमाएका विभिन्न विपन्न परिवारहरुलाई ३० लाखकाे राहत सामग्री वितरण गरेका छन्। सबै राहत सामग्रीहरु देशका विभिन्न भागहरुमा स्थानीय निकायहरुको समन्वयका साथ वितरण गरिएको बैंकले जानकारी दिएकाे छ। राहत सामग्री वितरण गर्न प्रयोग गरिएको सबै रकम एभरेष्ट बैंकका कर्मचारीहरुले योगदान गरेका थिए । बैंकका कर्मचारीहरुले, लक्डाउनका कारण आफ्नो कमाईको स्रोत गुमाएका विभिन्न परिवारहरुलाई तत्काल राहत प्रदान गर्ने उद्देश्यका साथ राहत सामग्री वितरण गरेका छन्। एभरेष्ट बैंकको सबै प्रादेशिक कार्यालयहरुको समन्वयमा देशको सबै प्रदेशहरुमा राहत वितरण भइरहेको छ । एभरेष्ट बैंकले यस अघी पनि नेपाल सरकारको कोविड राहत कोषमा रु. १ करोड २ लाख रकम प्रदान गरिसकेको छ ।
लिपुलेकबाट तत्काल भारतीय सेना फिर्ता गर्न राज्य समितिको निर्देशन
काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले भारतले लिपुलेकबाट तत्काल भारतीय सना फिर्ता गर्न निर्देशन दिएको छ । भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेकोप्रति समितिले आपत्ति जनाएको छ । समितिले भारतले नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप गर्नु खेदपूर्ण भन्दै भत्र्सना गरेको हो । समिति सभापति शशी श्रेष्ठले नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप र थिचोमिचो गर्दै सडक निर्माण गर्नु भत्र्सनायोग्य भएको बताइन् । ‘नेपालको सार्वभौमिकतामाथि बलात हस्तक्षेप र थिचोमिचो गर्दै उक्त क्षेत्रमा भारतले तेस्रो मुलुक पुग्ने सडक निर्माण गर्नु अतिक्रमक कार्यनीति भएको ठहर छ । राज्य व्यवस्था तथा सुशासन समितिले भारत सरकारको यस कदम प्रति खेद व्यक्त गर्दै घोर भत्र्सना गर्दछ’ उनले भनिन् । सार्वभौमिकता र अखण्डताको सम्मान गर्न र अतिक्रमणकारी कदम त्याग्न आग्रह गर्दै समितिले नेपालको भूमि हुँदै मानसरोवर जाने सडक निर्माण गरेको विषयमा त्रिपक्षीय संवादका लागि कुटनीतिक पहल गर्न सरकारलाई निर्देशनसमेत दिएको छ ।
प्रहरीलाई हात हाल्ने चार चिनियाँलाई १० दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । प्रहरीलाई हात हाल्ने चार चिनियाँलाई १० दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ। सिंहदरबार अगाडि देश फिर्तीको माग गर्दै प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि हातपात गर्ने चार चिनियाँलाई १० दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको हाे। शुक्रबार निषेधित क्षेत्रमा प्रदर्शन गर्न पुगेका ४७ चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
राहत बोकेर कोठा चहार्दै सांसद
खोटाङ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विशाल भट्टराई यतिबेला काठमाडौँका गल्लीगल्लीमा राहत बोकेर खोटाङ्गे जनताको कोठा चहारिराखेका छन् । विभिन्न कामको सिलसिलामा जिल्लाबाट काठमाडौँ गएर बसोबास गर्दै आएका जिल्लावासी कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउनका कारण जिल्ला फर्कन नपाएर अलपत्र परेकालाई भोकै बस्न नपरोस् भन्दै सांसद भट्टराई खाद्यान्नसहित जनताको कोठामै पुगेर राहत सामग्री वितरण गरिरहेका हुन् । ‘हुनेबाट लिने र नहुनेलाई दिने’ अभियानअन्तर्गत लकडाउनमा परेर काठमाडौँमा बिचल्ली परेका खोटाङ्गे जनतालाई भोकै हुन नदिन उनीहरुको कोठामै राहत पु¥याएको सांसद भट्टराईले बताए । “लकडाउनका कारण कोही खोटाङ्गे जनता भोकै बस्नु पर्दैन”, उनले भने, “समस्या भयो भने मलाई यो नम्बर ९८५१०६०२८८ मा फोन गर्नुस् । म तपाईँको कोठामै राहत सामग्री लिएर आउने छु ।” केही दिनदेखि काठमाडौँमा रहेका विद्यार्थी, मजदुर, अपाङ्ग र असहाय नागरिकलाई अभियानकै रुपमा राहत सङ्कलन गरेर वितरण गरिरहेको सांसद भट्टराईले बताउनुभयो । आफूले प्रचारमुखी नभइ लकडाउनको मारमा परेका जिल्लावासीलाई थोरै भए पनि सहयोग गर्ने उद्देस्यले राहत वितरण गरेको सांसद भट्टराईको भनाइ छ । सासंद भट्टराईले राहत बाँड्दै हिँडेको तस्वीर समाजिक सञ्जाल फेसबुकमा राख्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका उपप्रमुख विणादेवी राईले राहत वितरण गर्ने व्यक्ति तथा संस्थालाई धन्यवाद व्यक्त गरेका छन् । “लकडाउनका कारण काठमाडौँमा अलपत्र बनेर रहनुहुने खोटाङ्गे विद्यार्थी र मजदुरलाई ‘हुनेबाट लिने र नहुनेलाई दिने’ अभियानमा खोटाङका प्रतिनिधिसभा सदस्य भट्टराई, समाजसेवी देवान राई, भक्त थापालगायत राहत वितरणमा खटिरहनुभएका मनकारीलाई देख्दा धेरै खुशी लागेको छ”, उनले लेखेकाे फेसबुक स्टाटसमा भनिएको छ, “कोरोना भाइरसबाट सिर्जित लकडाउनको यो विपद्को घडीमा सकारात्मक सोच राखेर राहत वितरण गर्ने व्यक्ति तथा संस्था सबैलाई मुरीमुरी धन्यवाद ।” सांसद भट्टराईले विभिन्न दातालाई अनुरोध गर्दै सङ्कलन गरिएका सामग्री आफैँ प्याकिङ गर्दै गाडीमा हालेर बूढानीलकण्ठ, महाराजगञ्ज, बसुन्धरा, गोङ्गबु, माछापोखरी, कलङ्की, कीर्तिपुर, भक्तपुर थिमिलगायत ठाउँमा अलपत्र खोटाङ्गे जनतालाई वितरण गरिसकेका छन् । लकडाउनका कारण घर फर्कन नपाएर अलपत्र परेकै ठाउँमा राहत सामग्री पाएपछि खोटाङ्गे जनता पनि हर्षित छन् । विद्यार्थी राजनीतिबाट मूलधारको राजनीतिमा क्रियाशील सांसद भट्टराईले यसअघि नै आफूले राज्यबाट पाउने एक महिनाको सेवासुविधावापतको रकम कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गरेका थिए । दश स्थानीय तह रहेको जिल्लाका कतिपय स्थानीय तहले पनि लकडाउनका कारण काठमाडौँमा रोकिएका आफ्ना जनतालाई सांसद भट्टराईकै हातबाट राहत वितरण गरिरहेका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख भूपेन्द्र राईले भने आफैँ गएर आफ्नो जनतालाई राहत उपलब्ध गराएका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा अहिले धमाधम राहत वितरणको काम भइरहेको छ । लामो समयको लकडाउनका कारण नियमित औषधि सेवन गर्न नपाएका दीर्घरोगीलाई समेत जिल्लाका सबै स्थानीय तहले निःशुल्क औषधि खरिद गरेर उपलब्ध गराइरहेका छन् । उच्च रक्तचाप, मधुमेह, बाथ, मुटुरोग, ग्यास्ट्रिक, अल्सर, पिसाब पोल्नेलगायत समस्या भएका र नियमित औषधि सेवन गरिरहेका बिरामीलाई स्थानीय तहका जनप्रतिनिधिले उनीहरुको घरैमा लगेर निःशुल्क वितरण गरेको हो । रासस