काठमाडौं । प्रहरीलाई हात हाल्ने चार चिनियाँलाई १० दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ।
सिंहदरबार अगाडि देश फिर्तीको माग गर्दै प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि हातपात गर्ने चार चिनियाँलाई १० दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको हाे।
शुक्रबार निषेधित क्षेत्रमा प्रदर्शन गर्न पुगेका ४७ चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।