काठमाडौं । कास्कीमा विकास निर्माण, उद्योग, कृषि तथा अन्य उत्पादनशील कार्यमा संलग्न व्यक्तिले सवारी साधनका लागि प्रशासनबाट पास लिनु नपर्ने भएको छ ।
सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले यस्ता केही निश्चित क्षेत्रको ढुवानीका लागि पास नचाहिने जानकारी दिएको हाे ।
सुचनामा कृषि, पशुपंक्षीजन्य सेवा तथा सामग्री, खाद्यान्न, विकास निर्माणमा प्रयोग हुने औजार, उपकरण ल्याउने सवारी साधनमा पास नचाहिने भनिएकाे छ । साथै बैंक तथा वित्तीय संघसंस्था सञ्चालनका लागि पनि पास नचाहिने सुचनामा उल्लेख छ ।
यस्तै विकास आयोजनाको काम अघि बढाउँदा बढीमा १० जनामा एक ठाउँमा जम्मा हुन र सवारी वर्कसप, इन्टरनेट जडान, प्लम्बिङ, ,इलेम्ट्रिकल सेवा र पेट्रोल पम्पआदिमा बढीमा ५ जना कामदार तथा कर्मचारीको व्यवस्था गर्न सुचनामा बताइएकाे छ ।
प्रशासनले सूचनामा शैक्षिक संघ संस्था, रंगशाला, जिम हल, फिल्म हल, धार्मिक तथा सार्वजनिक स्थलमा भने जम्मा हुन नपाइने जनाएकाे छ ।
