लिपुलेकबाट तत्काल भारतीय सेना फिर्ता गर्न राज्य समितिको निर्देशन

<p>काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले भारतले लिपुलेकबाट तत्काल भारतीय सना फिर्ता गर्न निर्देशन दिएको छ । भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेकोप्रति समितिले आपत्ति जनाएको छ । समितिले भारतले नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप गर्नु खेदपूर्ण भन्दै भत्र्सना गरेको हो । समिति सभापति शशी श्रेष्ठले नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप र थिचोमिचो गर्दै सडक निर्माण [&hellip;]</p>

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले भारतले लिपुलेकबाट तत्काल भारतीय सना फिर्ता गर्न निर्देशन दिएको छ । भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेकोप्रति समितिले आपत्ति जनाएको छ । समितिले भारतले नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप गर्नु खेदपूर्ण भन्दै भत्र्सना गरेको हो ।

समिति सभापति शशी श्रेष्ठले नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप र थिचोमिचो गर्दै सडक निर्माण गर्नु भत्र्सनायोग्य भएको बताइन् ।
‘नेपालको सार्वभौमिकतामाथि बलात हस्तक्षेप र थिचोमिचो गर्दै उक्त क्षेत्रमा भारतले तेस्रो मुलुक पुग्ने सडक निर्माण गर्नु अतिक्रमक कार्यनीति भएको ठहर छ ।

राज्य व्यवस्था तथा सुशासन समितिले भारत सरकारको यस कदम प्रति खेद व्यक्त गर्दै घोर भत्र्सना गर्दछ’ उनले भनिन् । सार्वभौमिकता र अखण्डताको सम्मान गर्न र अतिक्रमणकारी कदम त्याग्न आग्रह गर्दै समितिले नेपालको भूमि हुँदै मानसरोवर जाने सडक निर्माण गरेको विषयमा त्रिपक्षीय संवादका लागि कुटनीतिक पहल गर्न सरकारलाई निर्देशनसमेत दिएको छ ।

Share News