बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म बीमा कम्पनी सञ्चालन गर्न बीमा समितिको निर्देशन
काठमाडौं । बीमा समितिले सबै बीमा कम्पनीहरुलाई बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म कार्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । समितिले आइतबार एक निर्देशिका जारी गर्दै बीमा कम्पनीलाई सोमबार(असार १ गते)देखि दुई सिफ्टमा कम्पनी सञ्चालन निर्देशन दिएको हो । सरकारले गरेको निणर्य बमोजिम बीमा कम्पनीहरुलाई बिहान ८ देखि दिउँसो १ बजेसम्म एक सिफ्ट र दिउँसो १ देखि बेलुकी ६ बजेसम्म अर्को सिफ्टमा आफ्नो कार्यालय सञ्चालन गराउने व्यवस्था मिलाउन निर्देशन दिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेले बताएका छन् । साथै, जीवन बीमा प्रिमियम बापतको रकम भुक्तानी गर्ने म्याद थप गरी लकडाउन अवधी सकिएको १५ दिनसम्म कायम गर्न समितिले निर्देशन दिएको छ । यस अघि उक्त रकम भुक्तानी गर्ने समय जेठ मसान्तसम्म तोकिएको थियो । त्यस्तै, गत बैशाख १५ गते राजपत्रमा प्रकाशित सूचना अनुसार सबै बीमा कम्पनीका कार्यालय प्रमुखहरुले सबै कर्मचारीहरुलाई खाई पाई आएको तलव भत्ता उपलब्ध गराउने व्यवस्था मिलाउन समितिले निर्देशन दिएको छ । ।
पिसिआर परीक्षण शुल्क ५ हजार ५ सय ताेकियाे
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी ल्याबलाई तिर्ने पिसिआरकाे परीक्षण शुल्क ताेकेकाे छ । मन्त्रालयले पिसिअार परीक्षणकाे शुल्क ५ हजार ५ सय ताेकेकाे हाे । मन्त्रालयले निजी प्रयोगशालामा समेत पिसिआर परीक्षण गर्ने निर्णय गरेसँगै निजिलाई तिर्ने पिसिआरकाे परीक्षण शुल्क ताेकेकाे मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । सरकारी प्रयोगशाले परीक्षण धान्न नसक्ने अवस्था अाएकाेले मन्त्रालयले निजि प्रयोगशालाई परीक्षण गर्न दिने निर्णय गरेकाे हाे । मन्त्रालयले अहिले निजी प्रयोगशालामा सरकारले हाल संकलन गरेका नमूना परीक्षणका लागि दिने छ। उक्त परीक्षण गरे बापतरकाे रकम सरकारले निजी प्रयोगशालालाई उपलब्ध गराउने छ।
यी अस्पतालबाट पाइन्छ विदेश जानेको निरोगी प्रमाण पत्र
काठमाडौं । विदेश जानको लागि निरोगी प्रमाण पत्रको लागि मानिसहरुले काठमाडौंको तीन अस्पतालमा जानुपर्ने भएको छ । विभिन्न कारण विदेश जानुपर्ने व्यक्तिले निरोगि प्रमाण पत्र चाहिएमा काठमाडौंको पाटन अस्पताल, वीर अस्पताल र टिचिङ अस्पताल मध्ये एकमा गएर निरोगीतम प्रमाण पत्र लिन सक्नेछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा. जागेश्वर गौतमले निरोगी प्रमाण पत्रको लागि यो तीन अस्पताल तोकिएको जानकारी दिए ।
नेपालमा थप ४ सय २५ जनामा देखियो कोरोना, संक्रमितकाे संख्या ५७ सय नाघ्याे
काठमाडाैं । नेपालमा ४ सय २५ जनामा देखियो कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा नेपालमा ४ सय २५ जनामा कोरेना भाइरस देखिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशको विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या ५ हजार ७ सय ६० रहेको छ । जसमध्ये ९ सय ७४ जना उपचारपछि निको भएका छन् भने १९ जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म १ लाख ३३ हजार ३ सय ७७ काे पिसिआर विधि र २ लाख १० हजारकाे ७ सय २१ जाकाे आरडिटीबाट परीक्षण भएकाे छ । सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन ।
लघु, घरेलु तथा साना उद्योगका लागि पुनरकर्जा कार्यविधि केन्द्रित हुने- डेपुटी गभर्नर
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले मुलुकको व्यापार घाटा कम गर्न उल्लेखनीय भूमिका खेल्दै आएका लघु, घरेलु तथा साना उद्योगहरुका लागि पुनरकर्जा कार्यविधि केन्द्रित हुने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग कुरा गर्दै उनले साथै विगतका दिनहरूमा लघु, घरेलु तथा साना उद्योगहरूले पुनर कर्जा नपाएको र महासंघको अगुवाइमा यो वर्षदेखि पाउने व्यवस्थामा खुशी हुनुपर्ने विचार व्यक्त गरेका छन् । डेपुटी गभर्नर शिवाकोटीले पुनरकर्जा कार्यविधिलाई लघु, घरेलु तथा साना उद्योग अनुकूल बनाउन कोशिष गर्ने पनि बताए । महासंघको आग्रहमा लघु घरेलु तथा साना उद्योगहरूले पनि पुनरकर्जा पाउने गरी नेपाल राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि २०७७ को ड्राफ्ट गरेको छ । कार्यविधिमा लघु घरेलु तथा साना उद्योगहरूले सहज र सरल तरिकाले पुनरकर्जा पाउन केही बुँदामा संशोधन गर्नुपर्नेमा महासंघले ध्यानाकर्षण गराएको छ । राष्ट्र बैंकले तयार गरेको पुनरकर्जा कार्यविधि २०७७ मा नेपाल घरेलु तथा साना उद्योग महासंघको तर्फबाट सुझाव दिने क्रममा महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहको नेतृत्वमा महासचिव डम्बर प्रसाद रेग्मी र कोषाध्यक्ष सत्यनारायण प्रजापति सहितको टोलीले डेपुटी गभर्नर शिवाकोटीलाई उनकै कार्यकक्षमा भेटगरी लिखित सुझाव हस्तान्तरण गरिएको छ । सुझावमा लघु उद्योगले १५ लाखसम्म, घरेलु उद्योगले ५० लाखसम्म र साना उद्योगहरूले दुई करोड रुपैयाँसम्मको पुनरकर्जा पाउनुपर्ने माग महासंघको छ । पुनरकर्जा व्यवस्थापन तथा अनुगमन समितिमा माहासंघको प्रतिनिधित्व हुनुपर्ने, बैंकको पत्येक शाखाले कम्तीमा १० जना लघु, घरेलु तथा साना उद्योगहरूले अनिवार्य रूपमा पुनरकर्जा पाउनुपर्ने सुझाव दिइएको थियो । त्यस्तै लघु वित्तीय संस्थाले महिला तथा लघु उद्यमीहरुलाई विशेष पाथमिकता दिनुपर्ने, लघु घरेलु तथा साना उद्योगहरूले पुनरकर्जाको लागि आवेदन गरेको १५ दिनभित्र कर्जा पाउनुपर्ने लगायतका सुझावहरू प्रतिनिधिमण्डलले दिएका थिए ।
असार १ गतेदेखि टिभी र रेडियो मार्फत कक्षा १० सम्मको पढाई हुँदै, यस्ताे छ तालिका
काठमाडौं । लकडाउनको कारण शैक्षिक संस्थाहरु लामो समय बन्द रहेका छन् । केही विद्यालयहरुले अनलाईन कक्षा संचालन गरिरहेको छन् तर अधिकांश विद्यालयहरु अनलाईनमा सबै विद्यार्थीहरु समेट्न सम्भव नहुँदा कक्षा राम्रोसँग संचालन गर्न पाईरहेका छैनन् । यसैलाई मध्यनजर गर्दै सरकारले असार १ गतेदेखि रेडियो र टिभी मार्फत विद्यालयका विद्यार्थीहरुलाई पढाउने भएको छ । यो लकडाउनको समयमा अधिकांश विद्यार्थीहरुले समेट्ने उदेश्यको साथ सरकाले टिभी र रेडियो मार्फत पढाउन लागेको हो । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव श्रोत विकास केन्द«ले यसको व्यजस्था गरेको हो । केन्द्रको अनुसार कक्षा १ देखि कक्षा ८ सम्मको विद्यार्थीको लागि एनटिभी मार्फत दैनिक बिहान १० बजेदेखि ३ बजेसम्म पढाई हुनेछ । प्रत्येक कक्षा ३५ मिनेटको हुने केन्द«ले जनाएको छ । यस मार्फत अंग्रेजी, गणित र नेपाली पढाई हुनेछ । यस्तै डिसहोम, नेट टिभी र म्याक्स टिभीको विद्यालय शिक्षा च्यानल मार्फत कक्षा ९ र कक्षा १० को पढाई हुने केन्द्रले बताएको छ । कक्षा १० को बिहान १० बजेदेखि ११ ५५ सम्म ३५–३५ मिनेटको कक्षा संचालन हुने र कक्षा ९ को दिउँसो १२ बजेदेखि २ बजेसम्म ३ वटा भिन्न विषयको कक्षा संचालन हुनेछ । विज्ञान, अंग्रेजी, गणित, नेपाली, सामाजिक, जनसंख्या वातवरणको पढाई यस मार्फत हुनेछ । काठमाडौं महानगरपालिकाले पनि मेट्रो एफएम मार्फत कक्षा १ देखि १० कक्षा सम्मको विद्यार्थीलाई पढाउन सुरु गरिसकेको छ । मेट्रो एफ. एम. ९४ थोप्लो ६ मेगाहर्जकाे रेडियो शिक्षा कार्यक्रम मार्फत महानगरपालिकाले पढाउन सुरु गरेकाे हाे । देशभर विभिन्न ठाउँमा रेडियो मार्फत पढाई सुरु भईसकेकाे छ ।
नेकपा सचिवालय बैठक आज पनि स्थगित
काठमाडौं । नेकपा सचिवालय बैठक आज पनि स्थगित भएकाे छ। बैठक अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएकाे बैठक स्थगित भएकाे स्राेतले बतायाे । बैठकमा एमसीसीबारे छलफल हुने बताइएको थियाे। तर, प्रधानमन्त्री केपी शर्मा ओलीकाे व्यस्तताकाे कारण बैठक स्थगित भएकाे स्राेतले बतायाे । आजकाे बैठकले सम्भवतः एमसीसीबारे टुंगो लगाउने तयारी गरिएकाे थियाे । यसअघि २७ जेठमा बोलाइएको बैठक पनि स्थगित भएको थियो । संसदमा बजेट र संविधान संशोधनसम्बन्धि एजेण्डा पारित गर्नुपर्ने भएकाले कार्यव्यस्तताको कारण जनाउँदै बैठक स्थगित गर्नु परेको अध्यक्ष ओलीले अर्का अध्यक्ष प्रचण्डलाई सूचित गरेका थिए । बैठकमा एमसीसी कार्यदलका सदस्यद्वय भीम रावल र प्रदीप ज्ञवालीका साथै अर्थमन्त्री डा। युवराज खतिवडालाई पनि आमन्त्रित सदस्यकाे रुपमा बोलाइएको थियाे ।
नेपाल बंगलादेश बैंकको मुद्दती योजनामा एक लाखको कोभिड-१९ को बीमा
काठमाडौं । नेपाल बंगलादेश बैंकले २ वर्षे मुद्दती योजनामा आफ्नो सम्पूर्ण ग्राहकहरुलाई एक लाख रुपैयाँको कोभिड-१९ बीमा गरिदिने योजना ल्याएको छ । हालको स्वास्थ परिस्थितीलाई मध्यनजर गर्दै बैंकले यो योजना ल्याएकाे हाे । यस योजना अन्तर्गत ग्राहकले न्यूनतम एक लाख रुपैयाँ मौजदातको २ वर्षभन्दा माथिको मुद्दती खाता खोल्नुपर्ने बैंकले जनाएको छ ।