नेकपा सचिवालय बैठक आज पनि स्थगित

<p>काठमाडौं । नेकपा सचिवालय बैठक आज पनि स्थगित भएकाे छ। बैठक अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएकाे बैठक स्थगित भएकाे स्राेतले बतायाे । बैठकमा एमसीसीबारे छलफल हुने बताइएको  थियाे। तर, प्रधानमन्त्री केपी शर्मा ओलीकाे व्यस्तताकाे कारण बैठक स्थगित भएकाे स्राेतले बतायाे ।  आजकाे बैठकले सम्भवतः एमसीसीबारे टुंगो लगाउने तयारी गरिएकाे थियाे । यसअघि २७ जेठमा [&hellip;]</p>

काठमाडौं । नेकपा सचिवालय बैठक आज पनि स्थगित भएकाे छ। बैठक अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएकाे बैठक स्थगित भएकाे स्राेतले बतायाे ।

बैठकमा एमसीसीबारे छलफल हुने बताइएको  थियाे। तर, प्रधानमन्त्री केपी शर्मा ओलीकाे व्यस्तताकाे कारण बैठक स्थगित भएकाे स्राेतले बतायाे ।  आजकाे बैठकले सम्भवतः एमसीसीबारे टुंगो लगाउने तयारी गरिएकाे थियाे ।

यसअघि २७ जेठमा बोलाइएको बैठक पनि स्थगित भएको थियो । संसदमा बजेट र संविधान संशोधनसम्बन्धि एजेण्डा पारित गर्नुपर्ने भएकाले कार्यव्यस्तताको कारण जनाउँदै बैठक स्थगित गर्नु परेको अध्यक्ष ओलीले अर्का अध्यक्ष प्रचण्डलाई सूचित गरेका थिए ।

बैठकमा एमसीसी कार्यदलका सदस्यद्वय भीम रावल र प्रदीप ज्ञवालीका साथै अर्थमन्त्री डा। युवराज खतिवडालाई पनि आमन्त्रित सदस्यकाे रुपमा बोलाइएको थियाे ।

 

Share News