काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी ल्याबलाई तिर्ने पिसिआरकाे परीक्षण शुल्क ताेकेकाे छ । मन्त्रालयले पिसिअार परीक्षणकाे शुल्क ५ हजार ५ सय ताेकेकाे हाे ।
मन्त्रालयले निजी प्रयोगशालामा समेत पिसिआर परीक्षण गर्ने निर्णय गरेसँगै निजिलाई तिर्ने पिसिआरकाे परीक्षण शुल्क ताेकेकाे मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
सरकारी प्रयोगशाले परीक्षण धान्न नसक्ने अवस्था अाएकाेले मन्त्रालयले निजि प्रयोगशालाई परीक्षण गर्न दिने निर्णय गरेकाे हाे ।
मन्त्रालयले अहिले निजी प्रयोगशालामा सरकारले हाल संकलन गरेका नमूना परीक्षणका लागि दिने छ। उक्त परीक्षण गरे बापतरकाे रकम सरकारले निजी प्रयोगशालालाई उपलब्ध गराउने छ।