गजल
आधुनिक प्रविधिको, खेती थाल्नु पर्छ उन्नत जातका गाई–भैंसी, बाख्रा पाल्नु पर्छ धेरै हिँड्यौ अर्काको सहारा र भरोसामा अब हामी उठ्नु पर्छ, पाइला आफैं चाल्नु पर्छ रासायनिक मल खाधले, माटो बिग्री सक्यो अर्गानिक खेती लाउन, गोबर मल हाल्नु पर्छ जलस्रोतको भण्डार छ, खोला नदी थुनौं अब हाम्रो देशको बिजुली, विश्वभरी बाल्नु पर्छ । युवा शक्ति श्रम सीपलाई स्वदेशमै प्रयोग गरी देशको माटो मेहनत र पसिनाले गाल्नु पर्छ जडिबुटी, जलस्रोत र खानी उत्खनन् गरी स्वरोजगार बन्नु पर्छ, गरिबीलाई ढाल्नु पर्छ अर्काको आसिन महल, किन लाउनु झाडु पोछा अब आफ्नै झुपडीको, भुइँ भित्ता टाल्नु पर्छ अब आफ्नै झुपडीको, भुइँ भित्ता टाल्नु पर्छ बिराटनगर–३ [email protected]
हवाई उडान गर्ने समय फेरि लम्बियो, अब असार २१ गतेसम्म बन्द रहने
काठमाडौं। सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान असार २१ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेकाे छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्राेतका अनुसार सरकारले असार २१ गतेसम्मका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्लाद गरेकाे हाे । सरकारले ११ चैत २०७६ बाट लकडाउन घोषणा गरेपछि आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फका नियमित उडान बन्द गरिएको थियो। यसअघि सरकराले १६ असारसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा स्थगन गर्न निर्णय गरेको थियो। नियमित उडान बन्द भए पनि यात्रु उद्धार तथा चार्टड उडान भने विशेष अनुमति लिएर उडान गर्न पाउने जनाइएको । नेपालमा कोरोना संक्रमणको जोखिम बढ्कदै गएपछि उडान मिति लम्ब्याइएको बताइएकाे छ ।
घरेलु लघुवित्तद्वारा पोखरिया नगरपालिकालाई आर्थिक सहयोग
काठमाडाैं । घरेलु लघुवित्त वित्तीय संस्थाले पोखरिया नगरपालिकालाई आर्थिक सहयोग गरेकाे छ । संस्थाकाे शाखा कार्यालय पोखरियाले विश्वमा बढदै गइरहेको कोरोना भाइरसको रोकथामकाे लागि उक्त नगरपालिकालाई १० हजार रुपैयाँ बराबरकाे आर्थिक सहयोग गरेकाे हो । उक्त रकमकाे चेक पोखरिया नगरपालिका वडा नं. ०४ मा रहेको घरेलु लघुवित्त वित्तीय संस्थाले आफ्नो कोषबाट नगरपालिकावासीको लागि हस्तान्तरण गरेको हो । संस्थाका शाखा प्रबन्धक सरोज कुमार महताले पोखरिया नगरपालिकाका नगर प्रमुख दिपनारायण प्रसाद रौनियारलाई उक्त चेक हस्तान्तरण गरेका हुन् । वित्तीय संस्थाले कोरोना भाइरसको समयमा सरकारबाट लगाइएको लकडाउनमा गरिब असाहयको लागि थोरै भएपनि सहयोग गरिएको संस्थाको शाखा प्रबन्धक सरोज कुमार महतोले जानकारी गराएका छन् । यस विपदको घडिमा पोखरिया नगरपालिका सदैव आफ्नो नगरवासीको साथमा रहेको नगरपालिकाका नगर प्रमुख दिपनारायण प्रसाद रौनियारले बताए ।
आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित
काठमाडाैं । सरकारले संसदमा पेश गरेको आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट आर्थिक ऐन, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (चौविसौं) संसोधन विधेयक पारित भएसँगै आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित भएकाे हो । विनियोजन विधेयकमाथिको दफावार छलफलका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत जवाफ दिएका थिए । विनियोजन विधेयक समेत गत बुधबार बहुमतले पारित भएको थियो । आज भएको छलफलका क्रममा कांग्रेस सांसदहरुले विदेशी ऋण उठाएर मात्रै नेपालको अर्थतन्त्र चलाउन नहुने बताएका थिए । जवाफमा अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजीगत खर्चका लागि नेपालको आफ्नै स्रोतले मात्रै धान्न नसक्ने भएकाले आन्तरिक तथा वैदेशिक ऋण लिनुपर्ने अबस्था रहेको जवाफ दिएका थिए । अर्थमन्त्री खतिवडाले बैकहरुलाई सामान्य नाफाको अवस्थामा राखेर अगाडी बढ्नुपर्ने अहिलेको आवश्यकता भएको बताए । अहिलेको परिस्थितिमा अस्वभाविक नाफाको अवस्थामा जान खोजे उद्योगहरु टाट पल्टिने र बैंकहरु पनि अफ्ठ्यारोमा पर्ने उनले बताए ।
काठमाडाैंमा लकडाउन थप कडाई, पालिकाको सिफारिसबिना प्रवेश गर्न नपाइने
काठमाडौं । सरकारले काठमाडौं उपत्यका प्रवेशका लागि सम्बन्धित पालिकाको अनुमति अनिवार्य गरेको छ । गृह मन्त्रालयले काठमाडौं उपत्यका बाहिर रहेकाहरु फर्किनका लागि यहाँ आफू बसोबास गरिसकेको नगरपालिका/गाउँपालिकाको अनुमति चाहिने व्यवस्था गरेकाे छ । काठमाडाैं प्रवेशका लागि सम्बन्धित पालिकाले अनुमति दिएपछि व्यक्तिले उक्त अनुमतिपत्रसहित आफू रहेको जिल्लाको प्रशासन कार्यालयमा सवारी पासका लागि निवेदन दिनुपर्नेछ । जिल्ला प्रशानसन कार्यालय काठमाडाैंले काेराेनाकाे संक्रमण जोखिम बढ्दै गएसँगै यात्राकाे कारण पुष्टि गर्ने कागजात हेरेर पास दिन सक्ने गृह मन्त्रालयकाे निर्णय छ । त्यसैगरी उपत्यका बाहिर जाने पर्ने काम खुल्ने कागजात पेश गरेमा तत्काल पास दिने निर्णय गरेकाे छ ।
नजन्मदैको युद्ध
प्यारी चिट्टी तिमी एउटा भविष्य हौ बाँकी छ अङ्गाल्न जिन्दगीलाई तिमीले आमाको त्यो गर्भाषयबाट । म वर्तमान हूँ नियाल्दै छु म मेरो वर्तमानलाई सुनसान यी सडकहरुबाट तिमी जन्मने प्रतिक्षामा । प्यारी चिट्टी तिमी जब यो धर्तीमा आउनेछौ योभन्दा ठूलो उपहार यो धर्तीको लागि के नै हुन सक्छ र तर मेरी प्यारी चिट्टी यतिखेर यो धर्ती सामान्य छैन भन्नु पर्दा यो धर्ती यतिखेर विरामी परेको छ कोरोना भाइरसको कारण । मानिसहरूले आफ्नो ज्यान जोगाउन आफ्नै घरमा आफैलाई कैद गरेका छन । प्यारी चिट्टी हामीलाई माफ गरिदेऊ सायद हामी मानिसहरुले यो प्रकृतिलाई जतन गर्न सकेनौं । प्यारी चिट्टी हामीले सोच्नु पथ्र्याैं नि भविष्यमा जन्मने तिमी र तिम्रा सन्ततिहरुको लागि शान्त अनि सुन्दर यो पृथ्वीलाई हस्तान्तरण गर्नु छ भनेर हामीलाई माफ गरिदेऊ मेरी प्यारी चिट्टी हामीले केवल आफ्नो वारेमा मात्र सोच्यौं । यहाँ जन्मन बाँकी तिमी र तिम्रा साथी सङ्गिहरुको वारेमा हामीले कहिल्यै साचेनौं । हामीलाई माफ गरिदेऊ मेरी प्यारी चिट्टी हामीले सोच्यौं केवल पैसा जम्मा पारिदिनु पर्छ जमिनका टुक्रा र घर जोडिदिनु पर्छ भविष्यमा जन्मने सन्ततीहरुको लागि । तर मेरी प्यारी चिट्टी हामीले कहिल्यै सोचेनौं जब यो धर्ती नै बस्न लायक हुदैन त्यतिखेर तिम्रो लागि जोडिदिएका त्यो पैसा अनि जमिनको टुक्रा, कंक्रिटले बनेको घर त्यो हिरा, मोती र जवाहरात जुन तिमी जन्मन नपाउदा अधुरो हुनेछ । हामीलाई माफ गरिदेऊ मेरी प्यारी चिट्टी हामीले तिमी र तिम्रो साथी सङ्गीहरुको निम्ति हिमाल जोगाउनु पथ्र्याे पानीका मुहानहरू जोगाउनु पथ्र्याे तिमीले श्वास फेर्ने यो धर्तीको हावा शुद्ध बनाउनु पथ्र्याे तिम्रो निम्ति एउटा सुन्दर धर्ती सुम्पिनु पथ्र्याे । तर, चिट्टी हामी मानिसहरू यति स्वार्थी भएछौं हामीलाई त हाम्रो निम्ति श्वास फेर्ने पनि समय थिएन । प्यारी चिट्टी जलवायु परिवर्तनले तात्तिदै गएको छ यो पृथ्वी हाम्रा हिमालहरू पग्लिैदैछन्, समुद्रहरू डुव्दैछन् अनेक प्रजातिका जीव जनावरहरू लोप हुदैछन् यसैमा एउटा अर्काे विपत्ति थपियो कोरोना भाइरस बनेर । प्यारी चिट्टी चीनको वुहानवाट फैलिएको यो कोरोना भाइरसले हाम्रो जस्तो विकासोन्मुख देशलाई मात्र हैन विकसित र शक्तिशाली राष्ट्रलाई पनि नराम्रोसँग पिरोलेको छ तर यस्ले विभेद गरेन धनी र गरीबमा मानवको अस्तित्वलाई जोगाउन आज हामी सबै जना एक भएर एउटा युद्ध लड्दैछौं । प्यारी चिट्टी खाडीको त्यो रापमा आफूलाई जलाएर देशको अर्थतन्त्र धानेका ती युवाहरू आज विवश छन् यो भाइरसको अगाडि तर प्यारी चिट्टी हामीले यो युद्ध जितेर ती स्वाभिमानी युवाहरू आफ्नै गाउ फर्किए भने पक्कै ती बाँझा जमिनहरुमा फेरि अन्न उब्जाउनेछन् बिस्तारै थला परेको अर्थतन्त्रलाई पनि माथि उठाउनेछन् त्यसैले यो एउटा अवसर पनि बनेर आएको छ आफ्नै परिवारसँग रम्ने आफ्नै भूमिलाई स्वर्ग बनाउने यही देशको माटोमा सुन फलाउने । प्यारी चिट्टी अब हामीले अवश्य सोच्नै छौं मनिसको लागि विज्ञानको प्रयोगशाला र अस्पताल कति महत्वपूर्ण रहेछ भनेर । अस्पताल सुविधा सम्पन्न हुनु पर्दाे रहेछ भनेर अनि अस्पताललाई जस्तो सुकै विपतको बेला पनि सेवा दिन सक्ने गरी आवश्यक उपकरण सहित तयार राख्नु पर्ने रहेछ भनेर । प्यारी चिट्टी प्रकृतिको अगाडि विज्ञान विवश छ यो पाठ उसले सदियौंदेखि पढाएकै हो त्यसैले यो कोरोना भाइरस विरुद्धको युद्ध जितेपछि मानिसहरुले प्रकृतिलाई पनि प्रेम गर्न सिकुन । किनकि प्रकृतिले पनि मानिसलाई त्यही चिज फिर्ता गर्नेछ जो उसले प्रकृतिलाई दिन्छ त्यसैले मानिसहरुले अब फेरि एकचोटि प्रकृतिसँग मित लाउन सिकुन भविष्यमा जन्मने तिमी र तिम्रा सन्ततिहरुको लागि यो पृथ्वीलाई जोगाउनको लागि सोचुन यो पृथ्वी केवल मान्छेको लागि मात्र हैन यहाँ जन्म लिएका अनेकौ प्रजातिका जीव जनावर पंक्षी अनि वोट विरुवाहरुको लागि पनि हो हामी मात्र जोगिएर हुँदैन उनीहरुलाई पनि जोगाउनु पर्छ भन्ने एउटा महत्वपूर्ण पाठ सिकुन । तर, डर लाग्छ मेरी प्यारी चिट्टी हामी घमण्डी र स्वार्थी मानिसले यी पाठहरू सिक्न सकौंला ? जुन उसलाई कुनै पाठयक्रमको कितावले हैन प्रकृतिको पाठशालाले सिकाएको छ आज मुक्त आकाशमा चिल र बाजहरू त्यसरी नै उडिरहेछन् वन पाखामा मृगहरू त्यसरी नै दौडिरहेछन् चितुवाहरू शिकारको खोजीमा त्यसरी नै दौडिरहेछन् तर हामी मानिस आज विवश बनेर थुनिएका छौं आफ्नै घरभित्र प्यारी चिट्टी प्रकृतिले पढाएको योभन्दा महत्वपूर्ण पाठ अरु के नै हुन सक्छ र । प्यारी चिट्टी हाम्रा हातहरू फोहरी हुन्छन्, यसलाई धुनुपर्छ के मानिसले आफ्ना मन भित्रका मैलाहरू फ्याल्न सक्लान् ? धनी र गरीबबीच उभिएको त्यो पर्खाललाई सबै मिलेर तोड्न सक्लान ? यो पृथ्वीमा जीवित रहेका ती सबै जीव जन्तुहरुको लागि एउटा विशाल बगैचाको निर्माण गर्न सक्लान् ? तिमीले पहिलो चोटी सिक्ने नमस्कारको अभ्यास तिमी विश्वको जुनसुकै ठाउमा पुगे पनि कहिले नभुल्न ल मेरी प्यारी प्यारी चिट्टी । तर, विश्वास छ मेरी प्यारी चिट्टी ? कोरोना भाइरसको कारण अब मानिसले आफ्ना यात्राहरू गर्दा अवश्य सजकता अपनाउने छन् जतिसुकै विकसित देश भएपनि रोगले कहाँ छाड्छ र यो महत्वपूर्ण पाठ पनि मानिसहरुले सिक्नेछन् । प्यारी चिट्टी यो युद्धको मैदानवाट हामी सबै सकुसल फर्केर फेरि आफ्ना दैनिक जीवनमा सामान्य रुपमा फर्कियौ भने तिमी पनि यो युद्ध जितेर जब बुझ्ने हुन्छौं हामी सबै मिलेर लड्नु पर्छ जलवायु परिवर्तन विरुद्ध एउटा युद्ध जहाँ हामी सबै मिलेर जोगाउनु छ भविष्यमा जन्मिने तिमी र तिम्रा सन्ततिहरुको लागि एउटा सुन्दर पृथ्वी । विदुर, नुवाकोट
‘मुठ्ठी खाएर मुरी फलाउने’ समयमा कोरोना त्रास, सुरक्षित रहेर कसरी गर्ने यो वर्षको धान रोपाईं ?
काठमाडौं । ‘मुठ्ठी खाएर मुरी फलाउने’ यो समय अन्य वर्षको तुलनामा नितान्त फरक छ । विश्वमा नै फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगिनका लागि विश्व स्वास्थ्य संगठनले भनेका सामाजिक दुरी कायम गर्नेदेखि पन्जा, मास्कलगायतका स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग अनिवार्य छ । धान रोपाइँमा सामाजिक दुरी कायम गरी काम गर्ने सम्भावना न्यून हुन्छ । एउटै खेतमा कयौं मानिसले रोपाइँ गरिहेका हुन्छन् भने धान रोपाइँमा एकैपटक धेरै मासिन सहभागी हुने गर्छन् । नेपालको अधिकांश क्षेत्रमा कोरोना संक्रमण फैलिएसँगै कृषि क्षेत्रमा संलग्न रहेका व्यक्तिलाई कृषिमन्त्रालयले स्वास्थ्य मापदण्डको पालना गरी कृषि तथा पशुपन्छी उपजहरुको ढुवानी, विक्री गर्न भन्दै आएको छ । कृषकको एक महत्वपूर्ण एवं व्यस्त समय असार लागेसँगै रोपाइँको चटारोले छोपेको छ । धेरै मानिस जम्मा भएर सँगै गर्ने काम भएकाले कोरोना कहरको यो समयमा यस वर्षको रोपाइँ त्रासयुक्त हुने देखिन्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रत्येक स्थानीय तहमा सामाजिक दुरी कायम गरी काम गर्न तथा स्वास्थ्य मापदण्डभित्रका नियम पालन गर्न अनुरोध गर्दै आएको प्रवक्ता डा. हरिबहादुर केसीले बताए । सबै पालिकाले आफ्नो क्षेत्रमा कृषिजन्य गतिविधिका लागि कृषकलाई उत्प्रेरित गर्दै कोरोना संक्रमणबाट सचेत रहन स्वास्थ्य मापदण्डको बारे बुझाउन आग्रह गरिएको प्रवक्ता डा.केसीले जानकारी दिए । नेपालका ७२ वटा जिल्लामा कोरोना संक्रमण विस्तार भइसकेको पाइएको छ । हालसम्म ५ हजार ३ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ भने १९ जनाको मृत्यु भइसकेको छ । बाली लगाउने समय, कोरोना संक्रमणका उच्च जोखिमसँग समन्वय गर्दै स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग गरि काम गर्न स्थानीय सञ्चारमाध्यम तथा कृषि सम्बन्धि कार्यालयले जनचेतना जगाउने कार्यक्रम सञ्चालन गर्न अनिवार्य रहेको वरिष्ठ् कृषिविज्ञ केदार बुढाथोकीले बताएका छन् । ३÷४ फिटको दुरीमा रहि रोपाइँ गर्न आग्रह गरेपनि विऊ काड्नेदेखि खाजा, पानीमा समस्या हुने कृषि विज्ञ बुढाथोकीको भनाइ छ । ‘पानीमा नै सबै जना काम गर्नु पर्ने हुँदा समस्या छन्, तर मास्क भने अनिवार्य रुपमा प्रयोग गर्नुपर्छ । सरकारले कृषकलाई अनुदान स्वरुप मास्क दिनदेखि सकेसम्म सामाजिक दुरी कायम राख्नका लागि सचेतनामुलक कार्यक्रमहरु स्थानीय रेडियोबाट प्रसारण गर्नु अनिवार्य छ’ उनले भने । विश्वमा नै आर्थिक संकट आउने, बेरोजगारीको संख्या तिव्र हुने समयमा कृषिजन्य उत्पादनतर्फ नेपाल सरकारको केन्द्रित भएको छ । तर मल, बिउ, पानी जस्ता समस्याले गर्दा विचलित बन्दै गरेका किसानमा मुख्य बाली धान रोप्दै गर्दा धेरै मानिस तथा सामाजिक दुरी कायम नहुने हुँदा कसरी सुरक्षित ढंगले रोपाइँ गर्न सकिन्छ भन्ने कुरा सोच्न थाल्नु सामान्य हो ।
देशमा कोरोनाको संक्रमण बढ्दै गएपछि राष्ट्रपतिले गरिन् पशुपतिनाथकाे पुजा
फाइल फाेटाे काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बिहान पशुपतिनाथमा पुगेर पुजा गरेकी छन् । उनले आइतबार बिहन ९ बजे मन्दिरमा पुगेर पुजा गरेकाे बताइएकाे हाे । विश्वमहामारीका रुपमा फैलिरहेको कोरोना भाइरस नेपालमा पनि व्यापक बन्दै गएपछि उनी पशुपति नाथमा पुगेर पुजाआजा गरेकाे उनी निकट स्राेतले बतायाे । पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमण तीव्र भइरहेको बेला उनी पशुपति नाथमा पुगेर एक घण्टासम्म पुजा गरेकी हुन । नेपालमा दैनिक ३ सय देखि ४ सयसम्म कोराेनाका नयाँ बिरामी फेला परिरहेका छन् । देशमा कुनै विपत तथा संकट परेको समयमा राष्ट्र प्रमुखले यसरी पुजाआजा गर्ने चलन रहिआएको छ ।