घरेलु लघुवित्तद्वारा पोखरिया नगरपालिकालाई आर्थिक सहयोग

<p>काठमाडाैं । घरेलु लघुवित्त वित्तीय संस्थाले पोखरिया नगरपालिकालाई आर्थिक सहयोग गरेकाे छ । संस्थाकाे शाखा कार्यालय पोखरियाले विश्वमा बढदै गइरहेको कोरोना भाइरसको रोकथामकाे लागि उक्त नगरपालिकालाई १० हजार रुपैयाँ बराबरकाे आर्थिक सहयोग गरेकाे हो । उक्त रकमकाे चेक पोखरिया नगरपालिका वडा नं. ०४ मा रहेको घरेलु लघुवित्त वित्तीय संस्थाले आफ्नो कोषबाट नगरपालिकावासीको लागि हस्तान्तरण गरेको हो । संस्थाका शाखा प्रबन्धक [&hellip;]</p>

काठमाडाैं । घरेलु लघुवित्त वित्तीय संस्थाले पोखरिया नगरपालिकालाई आर्थिक सहयोग गरेकाे छ । संस्थाकाे शाखा कार्यालय पोखरियाले विश्वमा बढदै गइरहेको कोरोना भाइरसको रोकथामकाे लागि उक्त नगरपालिकालाई १० हजार रुपैयाँ बराबरकाे आर्थिक सहयोग गरेकाे हो ।

उक्त रकमकाे चेक पोखरिया नगरपालिका वडा नं. ०४ मा रहेको घरेलु लघुवित्त वित्तीय संस्थाले आफ्नो कोषबाट नगरपालिकावासीको लागि हस्तान्तरण गरेको हो । संस्थाका शाखा प्रबन्धक सरोज कुमार महताले पोखरिया नगरपालिकाका नगर प्रमुख दिपनारायण प्रसाद रौनियारलाई उक्त चेक हस्तान्तरण गरेका हुन् ।

वित्तीय संस्थाले कोरोना भाइरसको समयमा सरकारबाट लगाइएको लकडाउनमा गरिब असाहयको लागि थोरै भएपनि सहयोग गरिएको संस्थाको शाखा प्रबन्धक सरोज कुमार महतोले जानकारी गराएका छन् ।

यस विपदको घडिमा पोखरिया नगरपालिका सदैव आफ्नो नगरवासीको साथमा रहेको नगरपालिकाका नगर प्रमुख दिपनारायण प्रसाद रौनियारले बताए ।

 

Share News