
फाइल फाेटाे
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बिहान पशुपतिनाथमा पुगेर पुजा गरेकी छन् । उनले आइतबार बिहन ९ बजे मन्दिरमा पुगेर पुजा गरेकाे बताइएकाे हाे ।
विश्वमहामारीका रुपमा फैलिरहेको कोरोना भाइरस नेपालमा पनि व्यापक बन्दै गएपछि उनी पशुपति नाथमा पुगेर पुजाआजा गरेकाे उनी निकट स्राेतले बतायाे । पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमण तीव्र भइरहेको बेला उनी पशुपति नाथमा पुगेर एक घण्टासम्म पुजा गरेकी हुन ।
नेपालमा दैनिक ३ सय देखि ४ सयसम्म कोराेनाका नयाँ बिरामी फेला परिरहेका छन् । देशमा कुनै विपत तथा संकट परेको समयमा राष्ट्र प्रमुखले यसरी पुजाआजा गर्ने चलन रहिआएको छ ।