बैंक, बीमा र सहकारी २ सिफ्ट चलाउने नौटंकी बन्द गर
सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गर्दा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र सहकारी संस्था २ सिफ्टमा चलाउनु पर्ने निर्णय गर्यो । सेवाग्राहीले पाउने सेवामा कुनै सम्झौता गर्नु नपरोस् र कोरोना भाइरस संक्रमण पनि विस्तार नहोस् भन्ने उद्देश्यले सरकारले यस्तो निर्णय गरेको होला । झट्ट सुन्दा यो निर्णय राम्रो लाग्छ । तर, कति व्यवहारिक निर्णय हो यो र यसले कस्तो असर पार्छ भन्ने विषयमा भने सरकारले कम ध्यान दियो । विहान ८ बजेदेखि दिउसो १ बजेसम्म एउटा सिफ्ट र दिउसो १ बजेदेखि साँझ ६ बजेसम्म अर्काे सिफ्ट चलाउनु भनेर गरेको निर्णय कार्यान्वयनपछि हुने के हो ? लकडाउन गरेको ८० दिनसम्म बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र सहकारी संस्था संचालन गर्नको लागि आवश्यक संख्यामा पास समेत उपलब्ध नगराएको सरकारलाई अहिले सेवाग्राही अप्ठेरोमा परे भन्ने ब्रम्हज्ञान एकैचोटी कहाँबाट प्राप्त भयो ? विहान ८ बजेदेखि बेलुका ६ बजेसम्म बैंकका शाखा खोल्दा पैसा झिक्ने व्यक्ति बैंकमा आएर नगद झिक्न सजिलै पाउँछ भन्ने अनुमान गरेर यस्तो निर्णय गरिएको हो भने यो बहुलठ्ठीपूर्ण निर्णय हो । किनभने यो निर्णयले डिजिटल कारोबारमा बस्दै गएको बानी हटाउन धेरै नै सहयोगी भूमिका खेल्छ । बैंकमा पैसा राख्न चाहने व्यक्तिलाई सजिलो हुन्छ भन्ने अनुमान गरिएर यो निर्णय गरिएको भएपनि त्यति प्रभावकारी निर्णय यो होइन । किनभने लकडाउन सुरु भएको ८० दिन भइसक्यो । यो समयसम्म कसैले सिरानीमुनी पैसा राखेका थिए भने अझै केही समय त्यसैगरी राख्न सक्छन् । फेरि, यो समयमा आर्थिक क्रियाकलाप सिमित भएका छन् । उद्योग प्रतिष्ठान र व्यापार व्यवसाय खासै चलेको छैन । व्यापार व्यवसायमा रकम आउने भनेको चेकमार्फत हो । चेकबाट आउने रकम जम्मा गर्नको लागि विहान ८ बजेदेखि बैंक वित्तीय संस्था खोल्नै पर्दैन । कर्मचारीले बैंकमार्फत तलब पाउने हो । कर्मचारीले तलब बापत पाएको रकम राख्न वा बैंकमा भएको पैसा झिक्न विहान ८ बजेदेखि बेलुका ६ बजेसम्म बैंक वित्तीय संस्था खोल्नै पर्दैन । बैंकमा ग्राहक जानुपर्ने भनेको चेक तथा एटीएम कार्डहरु लिनको लागि पनि हो । लकडाउनको कारण प्रायः सबै कारोबार बन्द भएकोले चेकमार्फत भुक्तानी गर्न चेक सकिएर रोकिएको नहुन सक्छ । बैंकमार्फत भुक्तानी गर्ने रकमको लागि अहिले चेक नै जरुरी हुन्छ भन्ने पनि छैन । भुक्तानीका लागि अनलाइन प्रणाली निःशुल्क उपलब्ध छन् । चेक नै चाहिने अवस्था रह्यो भने सामान्य अवस्थाको समयमा जसरी बैंकमा गएर सेवा लिन सकिन्थ्यो, त्यसैगरी लिदा हुन्छ । बैंकमा जाने अरु कारण भनेको कर्जा प्रयोजनको लागि हो । यो कामका लागि सामान्य अवस्थाको कार्यालय समय नै काफी हुन्छ । बीमा कम्पनी पनि विहान ८ बजेदेखि नै खोलेर बस्नु पर्ने सरकारको निर्णयको औचित्य के हो भन्ने बुझिएकै छैन । सामान्य अवस्थामा विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म कार्यालय खोल्दा हुने बैंक, बीमा र सहकारी संस्था, व्यापार व्यवसाय बन्द भएको, सर्वसाधारणले सहज रुपमा हिड्डुल गर्न नपाएको लकडाउनको बेलामा विहान ८ बजेदेखि साझ ६ बजेसम्म खोल्नुपर्ने कारण र औचित्य देखिदैन । क्यासलेस बानी बढाउन नगद कारोबारलाई निरुत्साही गर्दै लानुपर्ने अवस्थामा बैंक काउन्टर १० घण्टा खोलेर झिंगा धपाउँदै बस्न लगाउने नै होइन । बीमाको हकमा पनि यस्तै हो । बीमा शुल्क अनलाइनमार्फत तिर्ने व्यवस्था मिलाउनु पर्छ । दाबी भुक्तानीका लागि आवश्यक कागजात अनलाइन प्रणालीबाट लिने, बरु त्यसको बैधानिकता र आधिकारितका लागि के कस्तो प्रबन्ध गर्ने भन्ने सोच्नुपर्ने बेलामा सरकारले गरेको यो निर्णय गलत छ । त्यसैले विहान ८ बजेदेखि साझ ६ बजेसम्म बैंक, बीमा र सहकारी खोल्नुपर्ने भन्ने निर्णय तत्काल सच्याउनु पर्छ । यो सच्याउने काम मन्त्रिपरिषद वा सम्बन्धित मन्त्रालयबाट हुने सम्भावना देखिएन । त्यो सम्भावना थियो भने यस्तो निर्णय नै हुने थिएन । त्यसलै बैंकिङ क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंक, बीमा क्षेत्रको नियामक निकाय बीमा समिति र सहकारी क्षेत्रको नियामक निकाय सहकारी विभागले यो गलत निर्णय सच्याउन विहान ८ बजेदेखि साझ ६ बजेसम्म बैंक, बीमा र सहकारीका कार्यालय खोल्नुपर्ने सरकारी उर्दी खारेज गरिदिनुपर्छ ।
बजार अनुगमन गर्दैनन् राजधानीकै स्थानीय तह, एउटै सामानको भाउ पसलपिच्छे फरक
काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दी शुरु भएको साढे दुई महिना नाघिसक्दा पनि राजधानीको उत्तरपूर्वी भेगका स्थानीय तहले बजार अनुगमनलाई प्राथमिकतामा राखेका छैनन् । अनुगमन नहुँदा यस क्षेत्रमा अत्यावश्यक सामग्रीमा मूल्यवृद्धि भएको छ । बजार अनुगमन र नियमन नहुँदा एउटै सामानको भाउ पसलपिच्छे फरक छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा प्रत्येक स्थानीय तहमा बजार अनुगमन गरी मूल्यवृद्धि, कृत्रिम अभाव, कालोबजारी रोक्नका लागि काम गर्न सक्ने अधिकार दिए पनि महामारीको कठिन समयमा समेत त्यसको बेवास्ता भएको छ । ऐनको परिच्छेद-३ मा गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकारअन्तर्गत स्थानीय वस्तुहरुको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मूल्य निर्धारण र अनुगमन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई दिएको छ । कानूनले तोकिदिएको कर्तव्य स्थानीय सरकारले पूरा नगर्दा आयआर्जन खुम्चिएर कोरोनाको महामारीबाट बच्न घरमै बस्नुपरेका बेला बजारमा मनपरीतन्त्र हावी भएको गोकर्णेश्वर नगरपालिका-९ अत्तरखेलकी स्थानीयवासी माया तामाङले गुनासो गरे । बिगमार्टमा मूल्यसूची र बिलको भाउ फरक “सोही वडामा रहेको बिगमार्ट नामको डिपार्टमेन्टल स्टोरले मूल्यसूचीमा एउटा भाउ लेख्ने तर काउन्टरमा पैसा तिर्ने बेलामा बढी लिने गरेको छ, मूल्यसूचीमा कागतीको मूल्य किलोको रु १२५ लेखिएको थियो, काउन्टरमा बिल लिएर हेर्दा रु १३२ आयो, किन मूल्यसूचीमा कम बिलमा बढी भनी प्रश्न गर्दा ‘हाम्रो सिस्टम’ मा यस्तै छ भन्दै काउन्टरका कर्मचारीले भने, मैले सामान नै छोडेर हिँडेँ”, तीन दिनअघिको घटना सुनाउँदै उनले भने । यस सम्बन्धमा जानकारी गराउन नगरपालिकाकी उपप्रमुख शान्ति नेपाललाई पटकपटक फोन गर्दासमेत नउठेको पीडितको गुनासो छ । बिगमार्टमा फलफूललगायत दैनिक उपभोगका लागि अत्यावश्यक अन्य सामग्रीमा पनि यसैगरी उपभोक्तासँग पैसा असुल हुने गरेको छ । बिगमार्ट अत्तरखेलका स्टोर व्यवस्थापक सुशील सुनुवार मूल्यसूची र बिलमा फरक मूल्य लिइनु गल्ती भएको स्वीकार्छन् । उपत्यकामा बिगमार्टका ४८ डिपार्टमेन्टल स्टोर रहेको बजार व्यवस्थापक साजन पौडेलले बताए । मूल्यवृद्धि गोकर्णेश्वरमा मात्र होइन सँगैको कागेश्वरी मनोहरा नगरपालिकामा उस्तै छ । कागेश्वरी मनोहरामा पनि अत्यावश्यकरूपमा उपयोग हुने चिजबिजमा रु १० देखि १०० सम्म मूल्यवृद्धि भएको छ । कागेश्वरी मनोहरा नगरपालिका-५ को थली र ६ को मूलपानीमा रहेका दुई तोरी मिलमा तोरीको तेलको मूल्य यही अवधिमा प्रतिलिटर १० रुपैयाँले वृद्धि भएको छ । तेल लिन जाँदा बन्दाबन्दीले १० रुपैयाँ मूल्य बढ्यो भनी मिल साहुले भने पनि के कारण बढेको भन्ने जवाफमा केही उत्तर नदिएको नगरपालिका–५ का उपभोक्ता श्रीकुमार पुडासैनीले गुनासो गरे । बन्दाबन्दीपछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छैन । घट्दै गएको छ । अत्यावश्यक सेवाका चिजबिजको ढुवानी बन्दाबन्दीको अवधिमा पनि पूर्ववत्रुपमा नै भइरहेको छ तर स्थानीय बजारमा एकाएक भाउ बढ्नुको कुनै कारण छैन । यसलाई अनुगमन एवं नियन्त्रण गर्ने कानूनी अधिकार पाएका स्थानीय तह मौन बस्नु रहस्यपूर्ण बनेको पुडासैनीको गुनासो छ । यस सम्बन्धमा अनुगमन समिति संयोजकसमेत रहनुभएकी कागेश्वरी मनोहरा नगरपालिकाकी उपप्रमुख विन्दु सिम्खडा पुडासैनीले समेत फोन नउठाएको उनको गुनासो छ । दुवै नगर उपप्रमुख प्रतिक्रियाका लागि सम्पर्क गर्दा उनीहरुको फोन उठेन । बन्दाबन्दी भएको तीन महिना हुनलाग्दासमेत स्थानीय सरकार बजारमा भइरहेको अनियमितता, मूल्यवृद्धि, कृत्रिम अभाव एवं कालोबजारीका विरुद्ध मौन बसेका छन् । बजारमा धेरै ठाउँमा मूल्यसूची नै हुँदैन । मूल्यसूची हुने बजारमा समेत त्यसभन्दा बढी भाउ लिने गरेका छन् । स्थानीय सरकार यस विषयमा मौन बस्दा मनोबल बढ्न गई मनपरी भाउ बढेको उपभोक्ताको गुनासो छ । सरकारी अनुदान लिएका कृषिफार्ममा मनपरी मूल्य तीनै तहका सरकारबाट कृषि अनुदान लिएर यस क्षेत्रमा सञ्चालनमा रहेका कृषिफार्मले बन्दाबन्दीको मौका छोपेर तरकारीमा मनपरी मूल्य लिएका छन् । कागेश्वरी मनोहरा नगरपालिकाका प्रवक्ता राजाराम पुडासैनी त्यस्ता कृषिफार्ममा तरकारीको मूल्य नतोकिएको स्वीकार्ने छन् । केही दिनमा कृषिफार्मको अनुगमन गरी मूल्य तोक्ने प्रतिबद्धता उहाँले जनाउनुभयो । यस क्षेत्रका गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शङ्खरापुर, बूढानीलकण्ठलगायत नगरपालिकाका फाँटमा प्रशस्त कृषिफार्म छन् । बन्दाबन्दीमा उपत्यका बाहिरबाट आएका तरकारीबाट कोरोनाको भाइरस आउने डरले स्थानीयवासी कृषिफार्ममा तरकारी किन्न जाँदा तेब्बरसम्म बढी लिएको शङ्खरापुरकी उपभोक्ता बिना ढकालले गुनासो गरे । बजारमा मनपरी भाउ लिनेमा शङ्खरापुर नगरपालिकाको अवस्था पनि उस्तै छ । नगरपालिकाको मूख्य बजार साँखुमा १० देखि १०० रूपैयाँसम्म मूल्यवृद्धि भएको स्थानीय लावण्य सन्देश साप्ताहिकका सम्पादक पवनलाल श्रेष्ठ बताउनुहुन्छ । नगरपालिकाले बजार अनुगमनमा धेरै ध्यान दिन नसकेको उनले सुनाए । गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गाना बजार अनुगमन भइरहेको दाबी गर्छन् । वडावडामा उपभोक्ता मञ्च बनाएर बजारमा हुने अनियमितता रोक्न पहले गरेको उनको भनाइ छ । कानूनीरूपमा नगरउपप्रमुखलाई अनुगमन समिति संयोजक बनाइएको छ । नगरउपप्रमुख आगामी स्थानीय तहको निर्वाचनमा नगरप्रमुखको दावेदार स्वाभाविक रूपमै हुन्छन् । नगर क्षेत्रमा बजार अनुगमन गरेर गल्ती गर्नेलाई कानूनी कारवाहीको दायरमा ल्याउँदा आगामी चुनावमा मत बिग्रने अनुमानले मौन बसेको हुनसक्ने उपभोक्ताको विश्लेषण छ । स्थानीयस्तरमा डिपार्टमेन्टल स्टोर एवं बजार चलाउनेको प्रभाव रहने भएकाले नगरउपप्रमुखले मन लगाएर बजार अनुगमन नगरेको उपभोक्ता अधिकारकर्मी रोशन पोखरेल बताउछन् । यो अवस्था राजधानीमा मात्र नभई देशभर रहेको उपभोक्ता मञ्चको केन्द्री सदस्य रहेका उनले बताए । रासस
गण्डकी प्रदेशमा कोरोना संक्रमितकाे संख्या १ सय ९९ नाघ्याे
कास्की । गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा आज थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान विज्ञप्ति जारी गरी देवचुली नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टिनमा रहेका वर्ष २३ र ३२ का दुई पुरुषमा संक्रमण पुष्टि भएको जनाएको छ । यससँगै हालसम्म प्रदेशमा संक्रमितको सङ्ख्या १ सय ९९ पुगेको छ । संक्रमित दुवै जनालाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा उपचारका लागि लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । स्याङ्जामा ६०, नवलपरासी बर्दघाट सुस्तापूर्वमा ४५, बागलुङमा ४०, पर्वतमा २६, गोरखामा १५, कास्कीमा पाँच, तनहुँमा चार, म्याग्दीमा तीन र लमजुङमा एक जना संक्रमित रहेका छन् । त्यस्तै १६ जना उपचार पछि निकाे भएर घर फर्किएका छन् । रासस
विदेशमा अलपत्र नेपाली फर्काइँदै: आज बङ्गलादेशबाट ल्याइने
काठमाडौं । विदेशमा अलपत्र परेका नेपालीलाई आजदेखि नेपाली एयरलाइन्सको चार्टर्ड उडानमार्फत स्वदेश फर्काइँदैछ । विभिन्न मुलुकमा अलपत्र नेपाली ल्याउन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी लगानीको हिमालय एयरलाइन्सका जहाज प्रयोग हुनेछन् । नेपाल एयरलाइन्सले आज बङ्गलादेशको ढाकाबाट अलपत्र नेपाली नागरिक ल्याउने कार्यतालिका छ । नेपाल एयरलाइन्सको वाइडबडी ए-३३० जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०ः३० बजे ढाका उड्ने छ भने उताबाट दिउँसो २ः३० बजे काठमाडौँ अवतरण गर्नेछ । निगमका प्रवक्ता अर्चना खड्काले विदेशमा अलपत्र नेपालीलाई निगमका जहाजले आजदेखि स्वदेश ल्याउन शुरु गर्ने जानकारी दिए । नेपाली लिन विभिन्न मुलुकका गन्तव्य पुग्ने निगमका जहाज यताबाट प्रायः रित्तै जानेछन् । तथापि निगमका जहाज जाने गन्तव्यमा यात्रु जान चाहे लगिदिनेछ । निगमका प्रवक्ता खड्काले नेपालबाट फर्कन चाहने यात्रुलाई सम्बन्धित मुलुकको दूतावास वा नेपालको परराष्ट्र मन्त्रालयको लिखित कागजातका आधारमा लैजान सकिने व्यवस्था मिलाइएको बताए । सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करिब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेसँगै निगमले जुन महिनाभर विभिन्न देशबाट गरिने चार्डर्ड उडानको कार्यतालिका बनाइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्सलाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो । त्यस्तै २४ वटासम्म विदेशी एयरलाइन्सलाई उडान अनुमति दिइएको छ । नेपाल एयरलाइन्सका दुई वाइडबडी र दुई न्यारोबडी गरी चार जहाजले उडान गर्नेछन् भने नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी लगानीको हिमालय एयरलाइन्ससँग चार न्यारोबडी जहाज छन् । निगमको अपरेशनल विभागका अनुसार नेपाल एयरलाइन्सले जुन १४ तारिखमा बङ्गलादेशको ढाका, जुन १५ मा माल्दिभ्सको माले र मलेशियाको क्वालालम्पुरमा उडान गर्नेछ । त्यसैगरी जुन १६ मा दुबई र कतारको दोहा, जुन १७ मा अष्ट्रेलियाको सिङ्नी, थाइल्याण्डको बैंकक र बहराइनबाट नेपाली ल्याइनेछ । जुन १८ मा साउदी अरेबियाको रियाद र दुबई, जुन १९ मा जापानको नारिता र कुवेत, जुन २० मा साइप्रस, क्वालालम्पुर र दोहा उडान हुनेछ । त्यसैगरी जुन २१ मा दक्षिण कोरियाको सोल र ओमानको मस्कट, जुन २२ मा सम्भावित मेल्बर्न, बैंकक, जुन २३ मा नारिता र माले, जुन २४ मा सम्भावित साउदी अरबको जेद्दाह, कुवेत र जुन २५ तारिखका दिन सम्भावित अमेरिकाको लसएन्जलस या डालस उडान गर्ने योजना रहेको निगमले उल्लेख गरेको छ । हिमालय एयरलाइन्सले पनि बङ्गलादेश, श्रीलङ्का, मलेशिया, कतार, साउदी अबर, युएई, कुवेतलगायत मुलुकबाट चार्टर्ड उडान गरी नेपाली स्वदेश ल्याउनेछ । रासस
एमसीसीबारे निर्णय गर्न नेकपा सचिवालयको बैठक बस्दै, भीम रावल पनि सहभागी हुने
काठमाडौं । नेकपा सचिवालय बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएकाे हाे । बैठकमा एमसीसीबारे छलफल हुने बताइएको छ । सम्भवतः आजको बैठकबाट एमसीसीबारे टुंगो लगाउने तयारी भएको नेकपा स्रोतले जनाएको छ । बैठकमा एमसीसी कार्यदलका सदस्यद्वय भीम रावल र प्रदीप ज्ञवालीका साथै अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि आमन्त्रित सदस्यको रुपमा बोलाइएको छ । यसअघिको बैठकमा पनि रावल, ज्ञवाली र खतिवडालाई बोलाएर एमसीसीबारे नेकपाले छलफल गरेको थियो ।
लकडाउनपछिको बीमा क्षेत्रः डिजिटलाइजेसनमा नगई हुँदैन, जाँदा अभिकर्ता अट्दैनन्
काठमाडौं । लकडाउनले बीमा क्षेत्रलाई डिजिटल्ली काम गर्न तथा नयाँ किसिमका बजार सुहाउने बीमालेख जारी गर्नु पर्ने पाठ सिकाएको सरोकारवालाले बताएका छन् । बीमा समिति तथा कम्पनीहरुले दिएको जानकारी अनुसार बीमा क्षेत्रले अब प्रविधिमैत्री वातावरणमा जोड दिनु पर्छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार लकडाउनले बीमा क्षेत्रलाई डिजिटल्ली अघि बढ्न तथा नयाँ किसिमका बीमा प्रोडक्ट अहिलेको आवश्यकता हो भन्ने पाठ सिकाएको छ । ‘लकडाउनले बीमा क्षेत्र डिजिटलाईजेसनमा जानुपर्छ, अब नयाँ–नयाँ किसिमको बीमालेख बेच्नुपर्छ, पुराना मात्र बेचेर हुँदैन, हाम्रा सिस्टमलाई पनि पहिले प्रविधिमैत्रीमा रुपान्तरण गर्नु पर्छ भन्ने सिकाएको छ, यस्तै विश्वभरी लकडाउन हुँदा मलेसियाको मार्केटमा कुनै असर देखिएन, यसरी हामी ठूला जोखिममा हामी कसरी बाच्ने र बचाउँने तथा व्यवसायलाई सँगसँगै लैजाने भन्ने पनि हामीले सिकेका छौं,’ कार्यकारी निर्देशक पौडेलले विकासन्यूजसँग भने । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालका अनुसार लकडाउनका कारण बीमा क्षेत्रमा अन्य क्षेत्रमा जस्तै केही समस्या देखिएका पनि अब नयाँ ढंगबाट अघि बढ्नुपर्छ भन्ने सन्देश दिएको छ । ‘हामीले हाल संचालनमा रहेका बीमा पोलिसीहरु नवीकरण गर्न पाएनांै, ल्याप्सेसहरु बढे, सरेन्डर गर्ने पनि बढ्ने अवस्था देखिन्छ, कोरोना महामारीले जीवन बीमामा मृत्यु दाबीको मात्रा बढ्ने सम्भवना पनि छ, हामीले जे छ त्यही वास्तविकतालाई स्वीकारेर अघि बढ्नु पर्छ भन्ने पाठ सिकायो’, प्रमुख कार्यकारी अधिकृत अर्यालले भने । डिजिटलाइजेसनमा अभिकर्ताको भूमिका के ? बिमितको ढोकासम्म पुगेर बीमा चेनता फैलाउने तथा सहजिकरण गर्ने अभिकर्ताहरु सक्रिय रुपमा काम गर्न पाएनन् । लकडाउनको कारण समाजिक दूरी कायम गर्नुपर्ने भएकाले अभिकर्ताहरुले आफूले गर्दै आएको काम रोकियो । यसबाट अभिकर्तालाई मात्र नभई बीमा क्षेत्रलाई व्यवसायिक प्रभाव परेको छ । आगामी दिनमा डिजिटल रुपमा बीमा व्यसाय संचालन हुने कुराहरु आइरहेका छन् । यस्तो अवस्थामा बीमा अभिकर्ताहरुको अनलाईनमा भुमिका के हो भन्ने त्यति प्रष्ट छैन । साथै, अभिकर्ताविना नै बीमा बजार संचालन हुन्छ त भन्दा बीमा कम्पनीहरुले त्यस्तो सम्भव नभएको बताएका छन् । एकातिर अभिकर्ताले अनलाईनबाट के गर्ने र कति गर्ने भन्ने टुङ्गो छैन भने अर्कोतर्फ बीमा व्यवसाय अनलाइन मार्फत नै अघि बढाउदा राम्रो हुने जानकारहरु बताउछन् । नयाँ प्रोडक्टमा आर्कषण बीमा क्षेत्रमा जीवन बीमा तथा निर्जीवन बीमा कम्पनीहरुले विभिन्न किसिमका बीमा सेवा प्रवाह गर्दै आएका छन् । पछिल्लो समय कोरोना बीमामा बीमितको आकर्षण बढ्नुले बीमितहरुले नयाँ किसिमका प्रोडक्ट पर्खिरहेका छन् कि भन्नेपनि देखिन्छ । कोरोना त्रासको समयमा बीमा समितिले ल्याएको कोरोना बीमामा अत्याधिक आकर्षण बढ्नुले पनि दुःखको साथी बीमा हो भन्ने पुष्टी गरेको सरोकारवाला बताउँछन् । नेपाली बीमा क्षेत्रले भूकम्पबाट एउटा पाठ तथा कोरोना महामारीबाट अर्को पाठ सिकेको सरोकारवालाको भनाइ छ । तर बीमा क्षेत्र आफैमा भविष्यको जोखिम लागि रक्षावरण गर्ने क्षेत्र भएकाले पाठ सिक्ने मात्रै भन्दापनि अप्रत्यासित किसिमका जोखिमका लागि तयार हुनु पर्ने देखिएको छ । डिजिटल्ली अघि बढ्न आवश्यक सम्भव कति ? कोरोना महामारीले विश्वलाई नै भीडभाडबाट टाढा रहनु पर्ने पाठ सिकाइरहेको छ । यस्तो बेलामा जनुकुनै क्षेत्रले सामाजिक दूरी कायम गर्नु अनिवार्य नै हो । त्यसको उत्तम विकल्पका रुपमा बीमा क्षेत्र पनि डिटिल्ली अघि बढ्नुको विकल्प देखिदैन । तर, घरबाटै बीमितले बीमा पोलिसी किन्ने वातावरण अहिले सिर्जना भइ नसकेको बीमा कम्पनीहरु बताउछन् । बीमितले पोलिसी खरिद गर्न तथा अनलाइनबाटै दाबी भुक्तानी पाउँने अवस्था अहिलेसम्म छैन ।
सन्दर्भ बालश्रम विरुद्वको दिवस द्दण्द्दण् (कृष्०ा न्यौपाने बालबालिकालाई बाश्रमबाट सूरक्षित राखौं भन्ने उदेश्यसहित हरेक वर्ष ज्ञद्द जूनलाई बालश्रम विरुद्वको दिवसको रुपमा मनाउने गरिन्५ । बालश्रम अन्त्यको लागि श्रमिक संग७न, स्वयंसेवि संग७न र सरकारले नै विश्व बालश्रम विरुद्वको दिवस मनाउंद५न् । विश्व बालश्रम विरुद्वको दिवस द्दण्द्दण् बाल श्रममा कोभि८ ज्ञढ को कार०ाले हून सक्ने स्वास्थ्य महामारि र संक्रम०ाको प्रभावमा केन्द्रित ५ । यो दिवसको सूरुवात सन् द्दण्ण्द्द मा “द इन्६रनेशनल लेवर अर्गनाइजेसन” को तर्फबा६ सूरु भएको हो । नेपालको संबिधान द्दण्ठद्द को भाग घ धारा घढ को उपधारा द्द मा प्रत्येक बालबालिकालाई परिवार तथा राज्यवा६ शिक्षा, स्वास्थ्य, पालनपोष०ा, उचित स्याहार, खेलकूद, मनोरञ्जन तथा सर्वागीं०ा व्यक्तित्व विकासको हक हूने५ भनि उल्लेख भएतापनि संयूक्त राष्६« संघिय बालबललिका कोष(युनिसेफ) को अनूसार नेपालमा लगभग ठठण्ण्ण्ण् बालबालिकाहरु अनिवार्य शिक्षबा६ ब¬ि¬ञ्चत ५न् । त्यस्तै बाल श्रम (निषेध र नियमित गर्ने) ऐन, द्दण्छट को परिच्५ेद द्द मा कसैले पनि उमेर नपूगेको बालबालिकालाई श्रमिकको रुपमा र जोखिमपूर्०ा ब्याबसाय वा काममा लगाउनू हूंदैन भनि उल्लेख भएतापनि नेपाल लेवर फोर्स सर्भे २०१७÷१८ को अनूसार नेपालमा छ दैखि ज्ञठ वर्ष उमेर समूहका बालबालिकामध्ये करिब द्दडटण्ण्ण् जना बालबालिकाहरुले न्यूनतम आवश्यकता पूर्तिस्वरुप श्रमिकको रुपमा तलबको लागि काम गरिरहेका ५न् । जसमा करिब ज्ञटठण्ण्ण् पूरुष र करिब ज्ञज्ञढण्ण्ण् महिला रहेका ५न् । अन्तरराष्६ि««य श्रम संग७न(आईएलओ)को रिपोर्६ अनूसार आजपनि विश्वमा करिव ज्ञछ करो८ बिस लाख बालबालिका आफ्नो जिवन निर्वाहको लागि मजदूरि गर्न बाध्य ५न् । यसमा पनि धेरैजसोले निकै दयनिय अवस्थामा काम गरिरहन वाध्य ५न् । कुनै रहर र आफ्नै स्वेच्५ाले नभई मूख्य रुपमा खाना, पैसा र अन्य आधारभूत आवश्यकताको पूर्तिको लागि त कोहि विभिन्न प्रलोभन तथा ललाइफकाइ आदिमा परेर पनि बालबालिकाहरु बाल श्रमिकको रुपमा काम गर्न बाध्य भइरहेका ५न् । दक्ष अनूभवि र पाका कामदारको तूलनामा बाल श्रमिकलाई काममा लगाउंदा थोरै ज्याला दिएपनि हूने र बिना मापद०८को काममा लगाई सकेजति श्रमसोष०ा गर्दै न्यून सञ्चालन लागतमा अधिक मूनाफा गर्न सहज हूने भएकोले पनि रोजगारदाताले अदृश्य रुपमा बाल श्रमिकलाई प्रतक्ष्य वा अप्रतक्ष्य रुपमा काममा लगाउने गरेका ५न् । ब्याबसायिक तथा घरेलू श्रमिकको रुपमा रहेका यस्ता बालश्रमिकहरुले अति न्यून पारिश्रमिकको अलावा बिभिन्न किसिमका हिंसाको सिकार समेत भइरहेका ५न् । बालश्रमिकलाई उनिहरुको संबेदनशिलता र कमजोरिपनको फाइदा उ७ाउंदै दूब्र्यबहार र घृ०ााका साथ निकै जोखिमपूर्०ा तथा अमानविय कार्यको लागि समेत दूरुपयोग गर्ने गरेको पाइन्५ । गरिबि, अशिक्षा र आथर््िाक क७िनाइ आदिजस्ता प्रमूख कार०ाहरुले गर्दा अभिभावकले आफ्ना ५ोरा५ोरि श्रमको लागि श्रम बजारमा प७ाउन या बालबालिका बाल श्रमिकको रुपमा रुपान्तरित हून बाध्य भइरहेका ५न् । विभिन्न सरकारि, गैरसरकारि तथा स्वयंसेवि संस्थाहरुले बालश्रमको बिरु४मा विभिन्न कार्यक्रमहरु स¬¬ञ्चालन गरिरहेता पनि स¬¬ञ्चालित त्यस्ता कार्यक्रमहरुको फितलो कार्यान्वयन या अन्य कूनै विविध कार०ाले पनि बाल श्रम नियन्त्र०मा खासै राम्रो नतिजा आउन सकेको देखिदैंन । त्यस्तै सरकारको तर्फबा६ श्रम रोजगार तथा सामाजिक विकास मन्त्रि गोकर्०ा विष्६ ज्यूले अन्तरराष्६ि««य श्रम संग७नद्वारा आयोजित एक सम्मेलनमा नेपालबा६ बाल श्रम पूर्०ारुपले उन्मूलन गर्ने प्रतिव४ता व्यक्त गरेतापनि अपेक्षाअनूरपको उपलब्धि भएको देखिदैंन । गरिबिको अन्त्य, साक्षरता दरमा वृ४ि, तथा संकूचित विचारधारामा सूधार जस्ता सूधारोन्मूख क्रियाकलापमा वृ४ि गरेमा मात्र बालश्रमको समस्या समाधान गर्न सकिने देखिन्५ ।
कोरोनाबाट विदेशमा नेपालीको मृत्यु क्रम रोकियाे
काठमाडाैं । कोरोना भाइरसको संक्रमणबाट विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकिएको छ । ८ सातालगातार विभिन्न देशमा १ सय १७ जना नेपालीले ज्यान गुमाएकाे थियाे भने याे साता कोरोना भाइरसको संक्रमणले कसैकाे पनि निधन नभएकाे गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाकारी दिएकाे छ । एनआरएन, स्वास्थ्य समितिका अनुसार विश्वका विभिन्न देशमा कोरोना संक्रमण दरमा शनिबार साँझसम्मकाे तथ्यांक सार्वजनिक गरेकाे थियाे । उक्त तथ्यांक अनुसार डेनमार्क, नेदरल्याण्ड्स, अष्ट्रेलिया, जापान, म्यानमा, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियमलगायत १५ देशमा बस्ने करीब ९ हजार नेपाली कोरोना संक्रमणबाट मुक्त भइसकेका छन् । त्यस्तै विदेशमा रहेका १७ हजार ७ सय ९२ नेपाली कोरोना भाइरसबाट संक्रमिक भएका छन् । समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार सो साता पहिलो पटक अफ्रिकी मुलुकमा रहेका ३ नेपालीमा कोरोना भाइरसको संक्रमण भेटियो । सापकोटाका अनुसार नेपालका ५ हजार ३३५ सहित ३५ देशमा २३ हजार १ सय २७ नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना भाइरसका कारण बेलायत, संयुक्त अरब इमिरेट्स, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड्स, स्वीडेनलगायत १३ देशमा रहेका नेपालीको ज्यान गएको थियो ।