विकासन्युज

चिनीको अभाव हुने भन्दै राष्ट्रिय उपभोक्ता मन्चले गरायो सरकारको ध्यानाकर्षण

ललितपुर । उपभोक्ता अधिकारको क्षेत्रमा कृयाशिल संस्था राष्ट्रिय उपभोक्ता मन्चले बजार स्थिती बारे गरिएको अन्वेसणका क्रममा चिनीको अभाव हुने देखिएको औल्याएको छ । विहिबार प्रधानमन्त्रीलाई सम्बोधन गर्दै मन्चका अध्यक्ष प्रेमलाल नहर्जनद्वारा प्रेसित पत्रमा चिनीको अभाव हुन नदिन चिनीको आपूर्ति व्यवस्थापन सहज गर्दै सुलभ मूल्यमा उपलव्ध गराउन माग गरिएको छ । पत्रमा आम नागरिकको लागी आवश्यक पर्ने दैनिक अत्यावश्यक वस्तुहरुको सहज आपूर्ति गर्ने जिम्मेवारी नेपाल सरकारकै भएकोमा दुइमत नरहेको उल्लेख गर्दै बजारलाई प्रभावित पारेर अनुचित व्यापारिक कृयाकलाप गर्ने केही व्यवसायीहरुले दैनिक उपभोग्य वस्तुहरुको अभाव श्रृजना गरी मूल्यबृध्दि गर्ने र गलत तरिकाले फाइदा उठाउन खोजेको घटनाहरु हुँदै आएको निवेदन गरेको छ । मन्चले अहिले बजारमा दाल, चामल, नून तेल जस्तो अत्यावश्यक खाद्यवस्तुहरुको उचित व्यवस्थापनको कारण बजारमा खाद्यान्नको अभाव नरहेको औल्याउदै बिगतका बर्षहरु देखि नै समस्याको रुपमा रहेको चिनीको उत्पादन, आपूर्ति व्यवस्थापन तथा बितरण प्रणालीमा यस बर्ष पनि समस्या आउने सम्भावना प्रवल रुपमा देखिएको उल्लेख गरेको छ । मन्चले साल्ट ट्रेडिङ कर्पोरेशनसँग चिनीको मौज्दात सिमित रहन गएको र आन्तरिक उत्पादनको चिनी पनि अत्यन्त कम मात्रामा मौज्दात रहेको भन्ने बिश्वस्त शुत्रबाट जानकारी हुन आएको बताउदै यस अवस्थाले बजारमा चिनीको अभाव हुने कुराको पुष्टि हुन्छ भन्ने बोध गराएको छ । साथै स्वदेशी उद्योगीहरुले बिदेशबाट आयात हुने चिनीमा अत्याधिक भन्सार महसुल लगाउन अनुचित दवाव दिनाले आयातित चिनीको मूल्य समेत बृध्दि हुन जाने सम्भावनाले थप चिन्ता लिनुपर्ने अवस्था आएको व्यहोरा प्रधानमन्त्रीलाई सम्बोधन गरिएको पत्रमा लेखिएको छ । नेपालमा चिनीको बार्षिक आवश्यकता करिव २ सय ८० हजार मेट्रिक टन रहेकोछ भने स्वदेशी चिनी उद्योगहरुले यस बर्ष करिव १ सय ८० हजार मेट्रिक टन मात्र उत्पादन गर्न सकेको देखिन्छ । मागको तुलनामा उत्पादन करिव १०० हजार मेट्रिक टन न्यून हुन जाँदा बजारमा आपूर्ति व्यवस्थापन गर्न एक मात्र बिकल्पको रुपमा तेश्रो बजारबाट आयात गरी आपूर्ति व्यवस्थापन सहज गर्नुपर्ने देखिन्छ । अहिले तेश्रो बजारमा स्वदेशी चिनीको मूल्यको तुलनामा अत्यन्त सस्तो रहेको छ । बिश्व बजारमा गुणस्तरीय चिनी प्रति किलो ५५ रुपैयां खुद्रा मूल्यमा पाउने अवस्था बिद्यमान रहेको र स्वदेशी उद्योगीहरुले समेत यस बर्ष करिव ४० हजार मेट्रिक टन चिनी आयात गरी आपूर्ति व्यवस्थापन गर्नुपर्ने कुरा आपूर्ति मन्त्रालयका जिम्मेवार पदाधिकारीहरुलाइ अवगत गराई सकेको अवस्थामा सस्तो दरमा गुणस्तरीय चिनी आयात गर्ने उपयुक्त समय अहिले नै भएको व्यहोरा सम्माननीय प्रधानमन्त्रीमा अवगत गराउन चाहन्छौं ।’ मञ्चद्वारा प्रेसित पत्रमा भनिएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनसँग स्टकमा रहेको चिनी सिध्दिन लागेपछि बजारमा कृत्रिम अभाव श्रृजना गरी मूल्यबृध्दि र कालोबजारी गर्ने व्यवसायीहरुको बिगतको परम्परा यस बर्ष पनि दोहरिन सक्ने सम्भावनालाई औंल्याउदै मंचले आम उपभोक्ताको हितको लागी समयमा नै पर्याप्त चिनीको आपूर्ति व्यवस्थापन गरी सर्वसाधारणले सहज रुपमा पाउने व्यवस्था गरी पाउ भन्दै प्रधानमन्त्रीसँग आग्रह गरेको छ ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत बीबीएस दाेस्राे वर्षकाे परीक्षाफल सार्वजनिक

काठमाडाैं । त्रिभुवन विश्व विद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले व्यवस्थापन संकायतर्फकाे चार वर्षे बीबीएसको दोस्रो वर्षको परीक्षाफल प्रकाशन गरेको छ । २०७६ को साउनमा सञ्चालित व्यवस्थापन संकायतर्फको स्नातक तह चार वर्षे बीबीएसको दोस्रो वर्ष २०७६ को परीक्षाफल प्रकाशन भएको हो । परीक्षाफल www.tuexam.edu.np मा हेर्न सकिनेछ भने 4BBS (Space) Roll Number टाइप गरी ३३६२४ मा एसएमएस गरेर पनि जानकारी पाउन सकिने त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएकाे छ ।

शून्य छन् बाटोहरु, शान्त छन् गल्लि पनि

शून्य छन् बाटोहरु, शान्त छन् गल्लि पनि चारैतिर निश्ब्द छन्, देखिँदैन जमघट पनि सुन्छु क्यारे मलामी पनि धेरै जना जान हुन्न धेरैको तँ के कुर, मरेकालाईअङाल्न नि पाइन्न सेतो कात्रो छैन अब, प्लाष्टिकमा बेरेर पुग्दो रहेछ आफ्ना रहर, इच्छाहरु, लाशसँगै जल्दो रहेछ । हरे दैब कस्तो यो विपद् आयो आज जताततै किरोनाको कहरले मनै विचलित भयो सबैको बाहिर निस्कन नमिल्ने, समाजसँग टाढा मात्र नभई आफन्तलाई समेत बिरानो भएर बस्नु पर्ने ।। उपचार छैन यो कोभिडको महामारीको अहिलेसम्म पनि घरभित्र सुरक्षित बसी ज्यान जोगाउ कसोगरि पल्लाघरे सानी रुँदै छिन्, आमा खान देऊ भनि बिचरी आमा, ढुङा उमाल्दै, पाक्दैछ् नानी, पर्ख एकछिन भनि ।। काम छैन, पेट पाल्ने कसरी, जाउ कता जाउ बाहिर शान्त भएँ नि, भयावह चित्कार सुनिन्छ यो कसैको चित्कार होइन, नेपालआमाको आर्त्नाद हो पर्ख पर्ख मेरा सन्तानहरु, केही दिन धैर्य गर भन्दैछिन । बिरानो भयो सबैजना, नआत्तिइ ज्यान जोगाउ आफै पनि फर्क फर्क हे वीर सपूतहरु, बिदेशिएका सन्तानहरु आफ्नो पसिनाले जन्मेका भूमिलाई ऊर्बर बनाउ त्यो धन, त्यो कठोर मन, केही गर्न सक्दैन सधैंभरी ।। बुढापाखा, स-साना बालबालिका नानिस्कौ यो बेला गर्भवती , सुत्केरी आमाहरु, सुरक्षित बसौ भित्र रही पकबान होइन, ज्यान जोगाउ, जसो तसो बाच्नलाई जीउ मात्र होइन, बाँचाै बलियाे आत्मविश्वास बनाई । यो सारा नेपालीको परीक्षाको अबस्था हो, बुझौ ज्ञानी बनि समाजिक दूरी ठीकै हो, शारिरिक दूरी नि बेस भनि पारिवारसँगै माया, स्नेह साटदै सम्मान गरौं सबै जना नानिबाबुलाई गिता, भागवत्, सबै ग्रहन्थको उपदेश नि लिन भनौ ।। पाइन्न यो अवसर अब, फेरी पनि यसरी, सँगै बसन पाएने परीक्षाको घडी सकिन्छ, खुसीको फल पाइन्छ, अवश्य पनि> गर्न नापाएका रहरहरु, यहि बेला पूरा गरौं मिलिजुलि हातेमालो गर्दै, भलाकुसारि गर्दै, पुराना ती मिठा दिनहरु सम्झौ । घरभित्र पनि, प्राविधिक सुविधाले सँगै भएको भान हुन्छ केही गर्न नसकेनि, बोलेर, हेरेर सान्त्वना पसिरहेका हुन्छ प्रकृतिले चारैतिर हरियालीको घुमटो ओढेको छ शान्त्, स्वच्छ , वातावरणले मनै हर्षित बनाएको छ  ।।

हिमालयन क्यापिटलकाे अनलाइनबाटै डिम्याट र मेरो शेयर खाता

काठमाडाैं । हिमालयन क्यापिटल ले आफ्ना ग्राहकहरुलाई सहज लगानी तथा शेयर कारोबार गर्न अनलाइनमार्फत डिम्याट र मेरो शेयर खाता खोल्ने व्यवस्था मिलाएको छ । शेयरको दोस्रो बजारमा कारोबार गर्नुअघि भौतिक रूपले कार्यालयमा उपस्थित हुने शर्तमा साथै २०७७ असारमसान्त सम्म उल्लेखित खाता खोल्दा कुनै पनि शुल्क नलाग्ने जनाएकाे छ । हिमालयन क्यापिटलले आफ्नो स्थापनाकाल देखि नै विश्वासका साथ गुणस्तरिय सेवामार्फत आफ्ना ग्राहक तथा लगानीकर्ताहरुलाई पुँजी बजारमा सवल तथा सुसुचित भई सहज लगानी तथा शेयर कारोबार गर्न प्रोत्साहन गर्दै आइरहेको छ । नेपाल धितोपत्र बोर्डको २०७७ साल बैशाख २६ गतेको निर्देशानुसार २०७७ श्रावण देखि अनिवार्य रुपमा विद्युुतीय माध्यमबाट मात्र शेयर कारोबार गर्नुपर्ने निर्णय गरेअनुसार हिमालयन क्यापिटलले आफ्ना ग्राहकहरुलाई सहज लगानी तथा शेयर कारोबार गर्न अनलाइनमार्फत डिम्याट र मेरो शेयर खाता खोल्ने व्यवस्था मिलाएको हो । डिम्याट तथा मेरो शेयर खातासँगै हिमालयन क्यापिटलले पुँजी बजारमा आफ्ना ग्राहक तथा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन, धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक, संस्थागत परामर्श, धितोपत्र प्रत्याभूती र शेयर रजिष्ट्रेशन सेवा प्रदान गर्दै आइरहेको छ ।

जुलुसमा जाँदै हुनुहुन्छ ? सर्ला नि कोरोना

काठमाडाैं । पछिल्ला दिनमा राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा अनावश्यकरुपमा भइरहेको प्रदर्शनका कारण कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्न सक्ने देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदर्शनका क्रममा नारा लगाउँदा कोरोना भाइरस सङ्क्रमित भएका व्यक्तिबाट कोरोनाको भाइरस सङ्क्रमण हुने सम्भावना बढी हुने देखिन्छ । मन्त्रालयले लकडाउनका समयमा अनावश्यकरुपमा भीडभाड नगर्न तथा प्रदर्शन नगर्न र नगराउनसमेत आग्रह गरेको छ । पछिल्ला दिनमा सङ्क्रमणको मात्रा बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा कूल २ सय ७३ जनामा नयाँ सङ्क्रमण देखिएको छ । उक्त सङ्ख्यासहित कूल सङ्क्रमितको सङ्ख्या ५ हजार ३ सय ३५ पुगेको छ । यस्तै क्वारेन्टिनमा रहेकाको सङ्ख्या १ लाख ५० हजार बढी रहेका छन् । लकडाउनका समयमा समाजिक दूरी कायम गर्नुपर्ने तथा स्वास्थ्य सुरक्षा अपनाउनुपर्ने भए पनि विभिन्न नाममा भइरहेको प्रदर्शनले थप जोखिम बढाएको छ । शान्तिपूर्णरुपमा भेला हुन पाउने र विरोध प्रदर्शन गर्न पाउने नागरिकको हक भए पनि विपद्को समयमा सरकारको आग्रहलाई लत्याएर गरिने व्यवहारले थप त्रास र भय सिर्जना गरेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार कोरोनाको जोखिम रहेको समयमा अनावश्यकरुपमा गरिने प्रदर्शनले थप समस्या निम्त्याउँछ । उहाँले विपद्का समयमा सामाजिक दूरी कायम राख्न र अनावश्यकरुपमा प्रदर्शन नगर्नसमेत आग्रह गर्नुभयो । सरकारले आगामी असारको १५ गतेदेखि पिसिआर परीक्षणको दायरा बढाएर दैनिक १० हजार बराबरको पुर्याउने तयारी गरेको छ । त्यसका लागि पिसिआर किट तथा मेशिनकोसमेत प्रबन्ध गरिरहेको छ । यस्तै निजी क्षेत्रको विद म्यानेजमेन्टले समेत थप २५ थान पिसिआर मेशिन एक सातामा भित्र्याउने तयारी गरेको छ । अनावश्यकरुपमा भीडभाड गर्दा वा नारा जुलुस गर्दा कोरोनाको सङ्क्रमण फैलिएको खण्डमा सरकारले बढाउने भनेको परीक्षणको सङ्ख्या र मात्रासमेत अपुग हुने सम्भावना रहन्छ । प्रदर्शनमा एक जना मात्रै सङ्क्रमित व्यक्ति उपस्थित भए त्यसले सयौँलाई सार्ने सम्भावना रहन्छ । प्रवक्ता गौतमले भने, “नारा लगाउँदा कोरोना भाइरस एकैपटक धेरै निस्कने र सङ्क्रमणको मात्रा बढी हुन्छ, त्यसका कारण सामाजिक दूरी कायम गर्नु नै पहिलो आवश्यकता हो ।” उनले आज आयोजित पत्रकार सम्मेलनमा विशेष जोड दिएर भने, “भीडभाड जुलुस गर्दा सावधानी नपनाउँदा सङ्क्रमण बढ्छ ।” परिवारका एक सदस्यमा सङ्क्रमण भएका खण्डमा ज्येष्ठ नागरिक, दीर्घरोगी, सुत्केरी, बालबालिकालाई पनि बढी जोखिम हुनसक्छ । रोग सरेको खण्डमा त्यसले परिवार, समाज र राष्ट्रलाई पार्ने जोखिम असाध्यै ठूलो मूल्य चुकाउनुपर्ने हुन जान्छ । शहरी क्षेत्रमा कोरोनाको सङ्क्रमण फैलिएको खण्डमा बस्ती पूरै सिल गर्नुपर्ने र त्यसले आर्थिक तथा सामाजिक क्षेत्रमा समेत ठूलो प्रभाव पर्ने जानकारी दिँदै प्रवक्ता डा गौतमले परिस्थितिलाई विशेष ख्याल गर्नसमेत आग्रह गरे । उनले सामाजिक दूरी कायम नगर्दा वा लापरवाही गर्दा निम्तने परिणाम भयावह हुने भएकाले अनावश्यकरुपमा भीडभाड नगर्न अनुरोध गर्दै विशेष सावधानी अपनाउन आग्रह गरे । कूल ७२ जिल्लामा फैलिएको सङ्क्रमणका कारण जनजीवन सामान्य बनाउन ठूलो मेहनत गर्नुपरेको छ । भीडभाड वा जुलुसका कारण अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवामा खटिएका कर्मचारी बढी सङ्क्रमति हुनसक्ने मन्त्रालयको भनाइ छ । “भीडभाड गर्दा त्यसले उत्पन्न गर्ने परिणाम आत्मघाती हुन सक्छ”, प्रा डा गौतमले भने । हाल कायम रहेको बन्दाबन्दीलाई थप व्यवस्थित बनाउँदै दैनिक सामाजिक क्रियाकलापलाई सञ्चालन गर्न मन्त्रालयद्वारा ‘कोभिड–१९ महामारी र व्यवस्थित बन्दाबन्दीमा जनस्वास्थ्य मापदण्ड’ तयार गरी लागू गरिएका कारण त्यसलाई पूर्णरुपमा पालना गर्नु नागरिकको कर्तव्य हो । पछिल्ला दिनमा भइरहेका प्रदर्शनले सो मापदण्डकोसमेत बर्खीलाप गरेको छ । भौतिक दूरी दुई मिटर बढी हुनुपर्ने, मेडिक वा तीन तह भएको मास्क अनिवार्यरुपमा लगाउनुपर्ने भए पनि भीडभाड र प्रदर्शनमा त्यसको कुनै ख्याल गरिएको छैन । यस्तै मन्त्रालयलाई हालसम्म २ अर्ब ७१ करोड २९ लाख ४७ हजार बराबरको बजेट प्राप्त भएकामा कूल १ अर्ब ५८ करोड ५२ लाख ८३ हजार खर्च भएको उहाँले जानकारी दिए । सम्पूर्ण विवरण आफूहरुसँग सुरक्षित रहेकोसमेत प्रा डा गौतमको भनाइ छ । रासस

विनासपछि अर्को विकास

कोरोना एक सर्वपरिचित र छोटो समयमै विश्वभर बढी प्रयोग भएको रोगजन्य शब्द हो । कोरोना नामक भाइरसको कारणले मानवजातिमा लाग्ने कोभिड १९ रोगले विश्वमा महामारीको रुप धारण गरेको छ । यसको चपेटामा विश्व समूदाय निरिह बनेर बस्नु सिवाय केहि हुन सकेको छैन । विज्ञान र स्वास्थ्य क्षेत्रमा लागेका व्यक्ति व्यक्तित्वहरु रातदिन खटिएर यस विरुद्धको खोप एवम् औषधि विकासमा लागिरहेका भएतापनि हालसम्म सन्तुष्ट रहने अनि खुसी दिने कुनै निकास पत्ता लागेको छैन । यस्तो अवस्थाको बीचमा रहेका हामी आम जनसमूदाय आफ्नो भविष्य, स्वास्थ्य एवम् पुरा जीवनलाई नै लिएर चिन्तित साथै निरास बन्न पुगेका छौँ । कोरोना शब्दको शाब्दिक अर्थ ल्याटिन भाषामा क्राउन हो जसलाई नेपालीमा महारानीहरुले आफ्नो शिरमा धारण गर्ने ताज भनिन्छ । यस शुक्ष्म जीवाणु देख्नमा ताज आकारको हुने हुनाले यसको नामाकरण गर्दा ताज रहन गएको भन्ने भनाइ छ । नाम जे जसरी रहेपनि यो अत्यन्तै छिटो फैलने सर्वव्यापी भाइरसको कारण संसारका सम्पूर्ण मानव समूदायको अगाडी यो चुनौतिको रुपमा खडा भएको छ । यसको मुख्य कारण नै हालको मितिसम्म यकिन उपचार पद्धति, खोप तथा औषधि विकास हुन नसक्नु हो जसले समग्र जनमानसमा अझै बढि त्रास एवम् सशंंकित हुने परिवेश सृजना गरेको छ । चीनको वुहान भन्ने प्रान्तको पशुपन्क्षी व्यापार हुने एक बजारमा पहिलो पटक यसको संक्रमण देखिएको थियो । औपचारिक रुपमा सार्स–कोभ–२ नाम दिइएको कोरोना भाइरस चमेराहरुलाई संक्रमित तुल्याउने भाइरससँग मिल्दोजुल्दो छ । यस भाइरस चमेरोबाट कुनै अज्ञात जनावर हुँदै मानिसमा सरेको भन्ने विश्वास गरिएको छ । अज्ञात जनावर कुन हो भन्ने प्रष्ट नभइसकेको अवस्थाले गर्दा यसले थप संक्रमण पनि निम्त्याउन सक्ने आशंका गर्ने ठाउँ बनाएको छ । कारण जुनकुनै भएपनि यसको फैलनसक्ने दर अत्यन्तै छिटो र धेरै रहेको छ जसका कारण धेरै भन्दा धेरै मानवीय जीउज्यान क्षति गराउने कुरामा दुई मत छैन । लेखक इस्वी संवत २०१९ को अन्तिम महिना डिसेम्बरदेखि यस रोगले आफ्नो प्रभाव देखाउन थालेको हो । बुहान प्रान्तबाट शुरु भएको यो भाइरस संक्रमण २०२० को अप्रिल महिनाको अन्त्यतिर आइपुग्दासम्म यति ठूलो महामारीको रुप धारण गरिसकेको छ कि अब यसको संक्रमणबाट संसारको कुनै पनि देश अछुतो रहन सकेको छैन । संक्रमणलाई तथ्याङ्कबाट आँकडा गर्ने हो भने पनि यो लेख तयार गर्दासम्म मृतकको संख्या दुई लाखको हाराहारीमा पुगिसकेको छ भने रोगीहको संख्या दशौं लाख कटिसकेको छ । संक्रमित र मृतकको संख्या दिन प्रतिदिन बढिरहेको छ । त्यसो त निको भएर घर फर्कनेहरुको संख्या पनि लाख भन्दा बढि नै छ । यसरी हेर्दा यस भाइरसले सबै मानिसको ज्यान लिन सक्दैन । रोग प्रतिरोधात्मक क्षमता राम्रो हुने व्यक्तिहरु यसको संक्रमणलाई जितेर पूनर्जीवन प्राप्त गरेका उदाहरण हामी माझ प्रस्तुत छँदैछ । कोरोना भाइरस बाट लाग्ने रोगको वास्तविक नाम कोराना भाइरस डिजिजेज २०१९ (कोभिड–१९) हो । यसका लक्षणहरु खोकी लाग्ने, ज्वरो आउने, जीउ दुख्ने थकाइ लाग्ने, घाँटी तथा टाउको दुख्ने आदि हुन । शुरुमा सुख्खा खोकी र पछि खकार सहितको खोकी लाग्ने हुन्छ । यी लक्षणहरुलाई आराम गर्ने, प्रशस्त पानी पिउने तथा दुखाइ कम गर्न प्यारासिटामोलको प्रयोग गर्नुपर्छ । यस्ता सामान्य लक्षण भएका विरामीहरु चाँडै निको हुन्छन् । तर जसमा धेरै गम्भिर लक्षणहरु देखिन्छन् उनीहरुको भने ज्यानै समेत जान सक्छ । कोभिड–१९का बारेमा जान अन्जानमा अनेक किसिमका अफवाह फैलाउने र भ्रम सिर्जना गर्ने काम समेत हुन पुगेको छ । यस रोगको निश्चित खोप एवम् औषधि नहुनुले पनि मानिसहरु विकल्प खोज्न अनेक जडिबुटि एवम् अन्य पदार्थहरुलाई औषधि लाग्ने भनेर विस्वास गर्न थालेका छन् । जसलाई अन्धविस्वासको रुपमा पनि लिन सकिन्छ किनकी यी सबै चिजहरुको सेवनबाट कोरोना संक्रमण निको हुने कुनै वैज्ञानिक आधार पुष्टी हुन सकेको छैन । लामखुट्टेको टोकाइबाट सर्ने, लसुन खाएर संक्रमण रोकथाम हुने, तिलको तेलले मालिस गरेमा शरिरमा कोरोना नलाग्ने, भारइरसले बृद्धबृद्धालाई मात्र बढी असर गर्ने, हात सुकाउने मेसिन (ह्याण्ड ड्रायरले) कोरोना मार्न सक्ने, पुरै शरिरमा अल्कोहल वा क्लोरिन छर्नाले भाइरस प्रवेश नगर्ने, निमोनिया विरुद्धको खोपले कोरोनाबाट जोगाउने, माउथवासले मुख कुल्ला गर्ने, सलाइन पानीले नाक सफा गर्ने, रक्सी पिउनाले कोरोनाले कम आक्रमण गर्ने, धुम्रपान वा चुरोट सेवनले भाइरसलाई असर पु¥याउने र संक्रमण नहुने, नाली वा ढलवाट आउने हावा र गन्धबाट कोरोना भाइरस हुन सक्ने, बोझो, लसुन वा वेसार खाएमा संक्रमणबाट बच्न सकिने आदि भ्रामक प्रचार पनि भईरहेको पाइन्छ । यी भ्रमका पछाडि नलागी सहि सूचना लिने र त्यसका पालना गर्नेतर्फ सबैले ध्यान दिनुपर्छ । संक्रमित व्यक्तिको थुक, र्याल अथवा सिँगानबाट अर्को व्यक्तिमा कोरोना सर्न सक्ने, सतहहरुमा परेको र्यालका छिटाहरु अर्को व्यक्तिको हातले चलाएमा सो जान अन्जानमा मुख वा नाकको माध्यमबाट शरिरमा संक्रमण हुन सक्ने चिकित्सक एव स्वास्थ्य संस्थाहरुले जनाउँदै आएका छन् । साबुन पानीले नियमित हात धुने, ह्याण्ड स्यानिटाइजर को प्रयोग गर्ने, मास्क लगाउने, नाक एवम् मुखलाई राम्रोसँग छोप्ने, भिडभाडमा नजाने गर्दा संक्रमणबाट जोखिन सकिन्छ । त्यस्तै, संक्रमित व्यक्तिबाट टाढै रहनुपर्छ । यो भाइरसले हरेक उमेर समूहलाई आक्रमण गर्न सक्नेछ । लसुन बोझो बेसार आदि स्वास्थ्यको लागि लाभदायक हुने भएकाले उचित मात्रामा सेवन गर्न सकिने सकिने छ । रक्सी सेवनले कोरोना भाइरस संक्रमण हुनबाट रोक्दैन । अल्ट्राभ्वाएलेट प्रकाशले कोरोना मार्दैन । बरु हात वा अन्य अंगहरुमा एलर्जी गराउँदछ । समयसमयमा साबुन पानीले हात धुने र भिजेको हात सुकाउन कागजी रुमाल वा हात सुकाउने ड्रायरको प्रयोग गर्न सकिन्छ । चीनबाट आएका सामानहरुबाट भाइरस सर्दैन किनकी यो भाइरस बाहिरी वातावरणमा लामो समय बाँच्दैन भन्ने पुष्टी भइसकेको छ । घरपालुवा जनावरहरु कुकुर, विरालोबाट कोरोना सर्ने पुष्टि नभए पनि इकोली र साल्मोनेल्ला जस्ता विभिन्न जीवाणु संक्रमण हुन सक्ने भएकाले ती जनावरहरुलाई छोएपछि साबाुनपानीले हात धुनुपर्छ । यस भाइरस गर्मी जाडो सबै किसिमको तापक्रममा फैलिसकेको छ । मौसमी फ्लु जाडोमा बढी देखिने भएपनि यसमा त्यस्तो हुँदैन । त्यसकारण यसबाट बच्नका लागि नियमित साबुन पानीले हात धुने ह्याण्ड स्यानिटाइजर लगाउने, खोक्दा वा हाच्छ्युँ गर्दा कुहिनापटीको भागले मुख छोप्ने अथवा टिस्यु पेपरले छोप्ने आदि गर्नु नै उत्तम उपाय हो । यस रोग लागेका व्यक्तिहरु कतिपय पूर्णरुपमा निको हुन्छन् भने कतिपय संक्रमितको ज्यानै जाने गरेको छ । संक्रमण पूर्ण रुपमा निको हुन पनि निकै लामो समय लाग्ने अहिलेको अवस्थाले देखाएको छ । एकजना व्यक्ति कतिसम्म बिरामी परेको छ भन्नेले पनि निको हुन लाग्ने समय निर्भर गर्दछ । त्यस्तैगरी व्यक्तिको प्रतिरक्षा प्रणाली कति मजबुत छ यसले पनि भाइरस संक्रमणको असरमा फरक पार्दछ । उमेर, लिङ्ग, तथा अन्य स्वास्थ्य समस्या जस्ता विषयहरुले कोभिड–१९ रोगबाट को कति हदसम्म बिरामी हुन्छन् भन्ने निक्र्यौल गर्छ । यो संक्रमण भएको सातदेखि दशदिन भित्र गम्भिर असर देखाउन थाल्दछ । यो परिवर्तन निकै तिव्र गतिमा हुन्छ । विरामीलाई सास फेर्न गाह्रो हुन थालेसँगै फोक्सो सुन्निन थाल्दछ । यस्तो हुनुको कारण शरिरको प्रतिरोधात्मक प्रणालीले भाइरससँग लड्ने क्रममा अत्याधिक प्रतिक्रिया जनाउँछ, जसले गर्दा शरिरमा अन्य जटिलताहरु देखा पर्दछन् । सास फेर्न समस्या भएकाहरुलाई निको हुन धेरै समस्या पर्दछ । यस किसिमको प्राणघातक रोगको महामारीबाट गुज्रिरहेको विश्व समुदायलाई शारीरिक मात्र नभइ मानशिक, आर्थिक एवम सामाजिक रुपमा पनि नराम्रोसँग गाँजेको छ । शाब्दिक रुपमा अर्थ खोज्ने हो भने पनि महामारी भनेको शार्वदेशिक अर्थात सबै ठाउमा फैलेको भन्ने हुन्छ । यसरी हेर्दा कोरोना भाइरस महामारीको रुपमा रहेर समग्र पृथ्वीका मानिसहरुलाई नै आक्रमण गरिरहेको छ । पृथ्वीका हरेक मानिस यसै रोगको बारेमा सोचिरहेका छन अनि चिन्तित बनेका छन् । विश्वका धेरै जसो देशहरुका धेरै जसो स्थानहरु लकडाउन भइरहेका छन् । विश्व नै लकडाउनबाट गुज्रिरहको यो अवस्थामा गरिखाने श्रमजीवि वर्ग, हरेक दिनको कमाई सोहि दिनलाई ठिक हुने वर्गको अवस्था अत्यन्त दयनिय र कष्टकर बनेको छ । कतिपयको जीवनमा भोकमरीको अवस्था आइसकेको छ । नेपाल जस्तो विकाशोन्मूख देशमा अधिकांश मानिसहरु कृषि पेसा साथै श्रमिकको रुपमा काम गर्दै आएका छन् । जसको कमाई लामो समयसम्म जोहो हुने अवस्था छैन । कोरोना भाइरसले विश्वमा आक्रमण गरेसँगै सम्पूर्ण मानव समूदाय आफ्नो भविष्यलाई लिएर चिन्ताको अवस्थामा छ । रोग लाग्नेहरु जीवन कसरी बचाउने भन्नेमा छन् भने संक्रमण नभएकाहरुको अवस्था पनि यो भन्दा खासै फरक छैन । विश्व नै लकडाउनबाट गुज्रिरहको यो अवस्थामा गरिखाने श्रमजीवि वर्ग, हरेक दिनको कमाई सोहि दिनलाई ठिक हुने वर्गको अवस्था अत्यन्त दयनिय र कष्टकर बनेको छ । कतिपयको जीवनमा भोकमरीको अवस्था आइसकेको छ । नेपाल जस्तो विकाशोन्मूख देशमा अधिकांश मानिसहरु कृषि पेसा साथै श्रमिकको रुपमा काम गर्दै आएका छन् । जसको कमाई लामो समयसम्म जोहो हुने अवस्था छैन । श्रमिकको श्रम गर्ने वातावरणमा तुषारापात गर्दै कोभिड १९ जस्तो भयानक रोगले हामी सबैलाई घरभित्रै थुनिएर रहन बाध्य पारेको छ । जुन हामी सबैको स्वास्थ्य संकटको हिसाबले उपयुक्त बच्ने उपाय पनि हो । कोरोना भाइरसले असर नपारेको कुनै त्यस्तो क्षेत्र छैन चाहे त्यो ठुल्ठुला व्यापारका क्षेत्र होस् या त ससाना मजदूरी, चाहे त्यो कृषि होस् या त रोजगारी । जनधनको ठूलो क्षति एकातिर भइरहेकै छ, अर्कातिर विश्व अर्थतन्त्रलाई नै धरासायी बनाउन यसले मद्दत पु¥याइरहेको छ । संयुक्त राष्ट्रसंघको स्थापनापछिकै गम्भिर सङ्कटका रुपमा यसलाई लिइएको छ । विश्वका शक्ति राष्ट्रहरु चीन, अमेरिका, जापान, इटाली, बेलायत जस्ता मुलुकहरुको पनि अर्थतन्त्रमा निकै नकारात्मक प्रभाव परिरहेको कुरा तिनका आन्तरिक तथा बाह्य व्यापार असफल भएका घटनाहरुले प्रमाणित भइरहेका छन् । यसकारण पनि यसको प्रभाव विकशित र विकासोन्मुख दुबै खाले देशहरुमा परिरहेको छ भन्न सकिन्छ । विश्व अर्थतन्त्र दशकौँ पछाडि धकेलिइरहेको कुरा विभिन्न अनुसन्धाताहरुले खुलासा गरिरहेका छन् । विकासोन्मूख देशको आयात तथा निर्यातको अवस्था झनै विकराल परिस्थतिबाट गुज्रिरहेको हामीमाझ प्रष्टै छ । हालसम्म एक करोड भन्दा बढि मानिसहरुले आफ्नो रोजगारी गुमाइसकेका छन् । अझै यो संख्या बढ्ने पनि सोझै अनुमान लगाउन सकिन्छ । बैङ्क तथा वित्तीय क्षेत्रहरुमा यसको प्रभाव त्यत्तिकै बढि छ । उनीहरुले बचतकर्तालाई बचतफिर्ता गराँउनु पर्ने अवस्था छ भने बचत राख्नेको संख्या शुन्य जस्तै हुन पुगेको छ । आम्दानी, बचत र लगानीका बीचमा तालमेल नमिल्नुले पनि असन्तुलित अर्थव्यवस्थालाई झल्काइरहेको छ । हाम्रो भविष्य माथि आइपरेका केहि प्रमूख संकटहरुलाई निम्नानुसारका बुँदाहरुमा प्रस्तुत गरिएका छन्ः  रोजगारी गुम्ने सम्भावना, खर्चमा बृद्धि, आम्दानी शुन्य, श्रम नपाइने र ज्यालादर घट्ने सम्भावना, बैङ्क तथा वित्तीय क्षेत्रबाट प्राप्त हुने व्याजदर घट्ने सम्भावना, औद्योगिक उत्पादकत्व घट्ने सम्भावना, प्रतिव्यक्ति आय घट्ने सम्भावना, जनसाङ्ख्यिकीमा प्रभाव, मानव मानशिकता कमजोर हुने सम्भावना आदि । दिन पछि रात आउँछ, अध्यारो पछि उज्यालो । हरेक समस्या भित्र सम्भावना लुकेको हुन्छ भनिन्छ । विकासका लागि विनास भइरहेको हुन्छ भने विनासले फेरि अर्को विकासको सम्भावना बोकेकै हुन्छ । हरेक समस्याका पछाडि सकारात्मक आँखाले हेर्ने हो भने सम्भावना र अवसरहरु सँगसँगै हुन्छन् । वि.सं.२०७२ सालको भूकम्पलाई सम्झिदा पनि त्यस किसिमको विनासले गाँउगाँउमा विकासको अनेक ढोका नखुलेका होइनन् । त्यसो भन्दैमा हामीलाई विनास एवम् महामारी आवश्यक छ भन्ने त होइन । तर पनि समस्या र चुनौतिसगँ डटेर नलड्ने हो भने आर्थिक र सामाजिक रुपमा त छँदैछ मानशिक रुपमा पनि हामी विचलित हुन पुग्छौँ । जसको प्रत्यक्ष प्रभाव व्यक्ति, परिवार, समाज, राष्ट्र र समग्र विश्वमा नै पर्न सक्दछ । भोलिको दिन कसैले देखेको छैन, अनुमान लगाउने सम्म हो । हरेक घटनाहरुलाई सामान्यिकरण गरेर सोचौँ तर पाइलापाइलामा सचेतता पनि अपनाऔँ । सरकारको नियम एवम् अनुरोधको पालना गर्नु आँफैमा बुद्धिमानी हो भने रोग फैलनबाट जोगाउने सर्वोत्तम उपाय पनि यहि हो । लकडाउन सरकारको लागि नभएर हामै्र जीवन बचाउने प्रयासको परिणाम मात्रै हो । आफू पनि बाँचौँ अरुलाई पनि बाँच्ने वातावरण सृजना गरौँ । [email protected]

सरिता गिरी भन्छिन्: मसँग २ विकल्प छन्, कि आत्महत्या गर्ने कि जंगको मैदानमा उत्रिने

काठमाडाै‌ं । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले पछिल्लाे समयमा धेरैले आफ्नाे गाली गलाैज गरेर दुर्व्यवहार गरेकाे गुनासाे गरेकी छन् । शनिबार संसद बैठकमा सभामुखले बोल्न अनुमति नदिएपछि बाहिरिएकी उनले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै साे कुरा बताएकी हुन् । आफूले संविधान संशोधनका क्रममा भएको कमजोरी राखेपछि आत्महत्या गर्ने या जंगको मैदानमा उत्रनुपर्ने दुई विकल्प मात्रै रहेको उनकाे गुनासेा छ ।  आफू महिलाको सेल्फ डिग्निटी र सेल्फ रेस्पेक्टको रक्षा गर्नुपर्छ भनेर लागेको बताउँदै उनले आफ्नाे कुरा कसैले नसुनेकाे पनि बताइन् । ‘यो राष्ट्रियताका नाउँमा एकजना महिला सांसदमाथि जुन व्यवहार भइराखेको छ यदि यसलाई तपाईँहरुले चेक गर्नुभएन भने अनि नबिर्सनुहोस् बंगलादेशको निर्माण कसरी भएको थियो, बंगलादेशको निर्माण महिलाहरुले गरेका हुन्, किनभने त्यहाँ पाकिस्तानी सेनाहरुले बलात्कार गरिरहेका थिए,’ उनले भनिन् । उनले आफूले संविधान संशोधनका विषयमा संसदमा कुरा उठाएदेखि नै सर्वत्र विरोध र आक्रमण भइराखेको समेत बताइन् ।  

शनिबार थप १९ जनामा काेराेना, बाँकेमा संक्रमितकाे संख्या ३ सय १५

काठमाडाैं । बाँकेमा कोरोना संक्रमितकाे सङ्ख्या ३ सय १५ पुगेको छ । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको पिसिआर परीक्षणमा आज बाँकेका १९ जनामा कारोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए  । राप्तीसोनारी गाउँपालिका वडा नं ५ का तीन पुरुष, वडा नं ९ का एक पुरुष र एक महिला तथा वडा नं ८ का १० पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनीहरु सबै २० देखि ६० वर्ष उमेर समूहका रहेका छन् । त्यसैगरी बाँकेकै खजुरा गाउँपालिका वडा नं १ का २३ र ४० वर्षीय पुरुष तथा खजुरा– ६ का ३० वर्षीय पुरुषमा समेत कोरोना सङ्क्रमण देखिएको जानकारी दिए । गत वैशाख १९ गते नेपालगञ्जदेखि शुरु भएको संक्रमणकाक्रम नरैनापुर, खजुरा, राप्तीसोनारी, डुडुवा, बैजनाथ, जानकी हुँदै कोहलपुर नगरपालिकासम्म पुगेको छ । बाँकेका सबै पालिकामा कोरोना फैलिसकेको छ । नरैनापुर गाउँपालिकामा एक जनाको ज्यान जाने गरी सबैभन्दा धेरै १ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसैगरी जानकी गाउँपालिकामा ४१, नेपालगञ्ज उपमहानगरपालिकामा ३९, राप्तीसोनारी गाउँपालिकामा ४७, डुडुवा गाउँपालिकामा २५, वैजनाथ गाउँपालिकामा १४, खजुरा गाउँपालिकामा २७ र कोहलपुर नगरपालिकामा चार जना कोरोना संक्रमित भेटिएका छन् । संक्रमितमध्ये १ सय ७० जना उपचार पछि घर फर्किएका छन् ।