हिमालयन क्यापिटलकाे अनलाइनबाटै डिम्याट र मेरो शेयर खाता

<p>काठमाडाैं । हिमालयन क्यापिटल ले आफ्ना ग्राहकहरुलाई सहज लगानी तथा शेयर कारोबार गर्न अनलाइनमार्फत डिम्याट र मेरो शेयर खाता खोल्ने व्यवस्था मिलाएको छ । शेयरको दोस्रो बजारमा कारोबार गर्नुअघि भौतिक रूपले कार्यालयमा उपस्थित हुने शर्तमा साथै २०७७ असारमसान्त सम्म उल्लेखित खाता खोल्दा कुनै पनि शुल्क नलाग्ने जनाएकाे छ । हिमालयन क्यापिटलले आफ्नो स्थापनाकाल देखि नै विश्वासका [&hellip;]</p>

काठमाडाैं । हिमालयन क्यापिटल ले आफ्ना ग्राहकहरुलाई सहज लगानी तथा शेयर कारोबार गर्न अनलाइनमार्फत डिम्याट र मेरो शेयर खाता खोल्ने व्यवस्था मिलाएको छ । शेयरको दोस्रो बजारमा कारोबार गर्नुअघि भौतिक रूपले कार्यालयमा उपस्थित हुने शर्तमा साथै २०७७ असारमसान्त सम्म उल्लेखित खाता खोल्दा कुनै पनि शुल्क नलाग्ने जनाएकाे छ ।

हिमालयन क्यापिटलले आफ्नो स्थापनाकाल देखि नै विश्वासका साथ गुणस्तरिय सेवामार्फत आफ्ना ग्राहक तथा लगानीकर्ताहरुलाई पुँजी बजारमा सवल तथा सुसुचित भई सहज लगानी तथा शेयर कारोबार गर्न प्रोत्साहन गर्दै आइरहेको छ ।

नेपाल धितोपत्र बोर्डको २०७७ साल बैशाख २६ गतेको निर्देशानुसार २०७७ श्रावण देखि अनिवार्य रुपमा विद्युुतीय माध्यमबाट मात्र शेयर कारोबार गर्नुपर्ने निर्णय गरेअनुसार हिमालयन क्यापिटलले आफ्ना ग्राहकहरुलाई सहज लगानी तथा शेयर कारोबार गर्न अनलाइनमार्फत डिम्याट र मेरो शेयर खाता खोल्ने व्यवस्था मिलाएको हो ।

डिम्याट तथा मेरो शेयर खातासँगै हिमालयन क्यापिटलले पुँजी बजारमा आफ्ना ग्राहक तथा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन, धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक, संस्थागत परामर्श, धितोपत्र प्रत्याभूती र शेयर रजिष्ट्रेशन सेवा प्रदान गर्दै आइरहेको छ ।

Share News