शेयर बजार दोहोरो अङ्कले घट्यो
काठमाडौँ । साताको पहिलो दिन नै शेयर बजारमा कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्ले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १२ दशमलव २७ बिन्दुले घटेर एक हजार २४४ दशकलव ८९ बिन्दुमा झरेको छ । प्रतिशतका आधारमा नेप्से झण्डै एक प्रतिशतले घटेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ९२ बिन्दुले घटेर २६९ दशमलव २४ अङ्कमा पुगेको छ । नेप्से घटेपनि कारोवार रकममा भने सामान्य सुधार देखिएको छ । कूल १७२ कम्पनीको २३ लाख ६१ हजार ५०० कित्ता शेयर रु ६४ करोड ५० लाख ९९ हजार ३७ मूल्यमा खरीद बिक्री भए । कारोबार भएका कूल ११ उपसमूहकै शेयर ओरालो लागेको छ । विशेष गरी निर्जीवन बीमा उपसमूहको शेयर आज सबैभन्दा बढी बिन्दुले घटेको हो । सो उपसमूह शेयर ५९ दशमलव ९७ बिन्दुले घटेको छ । यस्तै बैंकिङ ११ दशमलव ८५, होटल ५ दशमलव २६, विकास बैंक १२ दशमलव ६९, जलविद्युत् १३ दशमलव १३, वित्त २ दशमलव ९, उतपादन ३६ दशमलव ३८, अन्य ३ दशमलव ३९, लघुवित्त १५ दशमलव ३९, जीवन बीमा ५८ दशमलव २९ र सामूहिक लगानी कोष शून्य दशमलव शून्य तीन प्रतिशतले घटेको छ । स्टकका अनुसार ग्लोबल आइएमइ बैंकको संस्थापक शेयर रु १० करोड ३८ लाख, नेपाल बैंक रु ६ करोड ३९ लाख पाँच हजार ९४४, शिवम सिमेन्ट रु पाँच करोड ८० लाख ७१ हजार ४५५, प्रभु बैंक रु तीन करोड ४१ लाख १३ हजार ५२०, एनसिसि बैंक रु तीन करोड २५ लाख ७५ हजार ५९४, सिदार्थ बैंक रु दुई करोड ६६ लाख ७४ हजार ७०८ र हिमालयन डिस्टिलरीको शेयर रु दुई करोड ६० लाख चार हजार ७३० मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार स्वाभिमान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९ दशमलव ७१ प्रतिशतले कमाए । मल्टीपर्पोज फाइनान्स कम्पनी पाँच दशमलव शून्य चार, अरुण काबेली पावर ३ दशमलव २८, सिभिल लघुवित्त वित्तीय संस्था २ दशमलव १९ र यूनिलिभर नेपालका शेयरधनीले २ प्रतिशतले कमाए । त्यस्तै रैराङ हाइड्रोपावर कम्पनीका शेयरधनीले ६ दशमलव ९५ गुमाउँदा गुराँस लघुवित्त वित्तीय संस्था ५ दशमलव ९२, शिवम् सिमेन्ट ४ दशमलव ३४, सिन्धु विकास बैंक ४ दशमलव २५, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ४ दशमलव १९ र उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ३ दशमलव ८५ प्रतिशतले गुमाए ।
गतसाता सेयर बजारमा अढाइ अर्बको कारोबार, कस्तो रहला यो साता ?
काठमाडौँ । धितोपत्र बजारमा गतसाता पनि उतारचढावपूर्ण कारोबार भयो । अघिल्लो बिहीबार अर्थात असार ५ गते एक हजार २६४.३६ विन्दुमा रहेको नेप्से परिसूचक यस साताको अन्तिम दिन असार १२ गते एक हजार २५७.१५ विन्दुमा पुगेर बजार बन्द भएको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर रु दुई अर्ब ५२ करोड ६१ लाख ५७ हजार ४४४ मूल्यमा रु ७६ लाख ७२ हजार ५६४ कित्ता शेयर कारोबार भए । कूल १७४ कम्पनीको शेयर साताभर कारोबार भए । गतसाताको पहिलो दिन कारोवार मापक नेप्से परिसूचक १० दशमलव ०१ अङ्कले घटेर एक हजार २५४ दशमलव ३५ बिन्दुमा ओर्लिएको थियो । सो दिन ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ०१ अङ्कले घटी २६९ दशमलव ६० बिन्दुमा पुग्यो । नेप्से परिसूचक ओरालो लागेसँगै कारोबार रकम समेत घट्यो । कूल १७२ कम्पनीको १५ लाख ७५ हजार ३४० कित्ता शेयर रु ४८ करोड १८ लाख ५९ हजार कित्ता शेयर खरीद–बिक्री भए । यस्तै सोमबार नेप्से परिसूचक ५.७५ बिन्दुले उकालो लागेर एक हजार २६०.१० अङ्कमा पुग्यो । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.४४ बिन्दुले बढेर २७१.०४ मा पुग्यो । सो दिन नेप्से परिसूचक उकालो लागे पनि कारोवार रकम भने उल्लेख्यमात्रामा अगाडि बढ्न सकेन । कूल १७३ कम्पनीको १५ लाख चार हजार ६७२ कित्ता शेयर रु ४८ करोड १४ लाख ९२ हजार ८२१ मूल्यमा खरीद बिक्री भए । मङ्गलबार नेप्से परिसूचक ०.९६ विन्दुले बढेर एक हजार २६१।०७ अङ्कमा पुग्यो भने ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४ बिन्दुले बढेर २७१.४४ मा पुग्यो । सामान्य अङ्कले बढेको बजारमा त्यस दिन कारोवार रकम भने सामान्य देखियो । कूल १७४ कम्पनीको १३ लाख २४ हजार ५१९ कित्ता शेयर रु ३६ करोड ४७ लाख ७३ हजार ३३० बराबरको खरीद-बिक्री भए । सोमबार र मङ्गलबार उकालो लागेको नेप्से परिसूचक बुधबार भने ओरालो लाग्यो । त्यस दिन परिसूचक २.७८ अङ्कले घटेर एक हजार २५८.२९ विन्दुमा झ¥यो भने ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६३ अङ्कले घटेर २७०.८१ मा पुग्यो । नेप्से परिसूचक घटे पनि कारोवार रकम भने वृद्धि भयो । कूल १६७ कम्पनीको १४ लाख १३ हजार ३५७ कित्ता शेयर रु ५७ करोड एक लाख २३ हजार ४८१ मूल्यमा खरीद बिक्री भए । साताको अन्तिम दिन बिहिबार परिसूचक १.१४ अङ्कले घटेर एक हजार २५७.१५ बिन्दुमा पुग्यो । त्यस दिन नेप्से परिसूचक घटे पनि ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक भने सामान्य अङ्कले वृद्धि भयो । कूल १७२ कम्पनीका १८ लाख ५४ हजार ६७६ कित्ता शेयर रु ६२ करोड ७९ लाख आठ हजार ८१२ मा खरीद बिक्री भए । गतसाता पनि बजारमा वाणिज्य बैंकहरुकै बोलवाला रह्यो । बजार पूँजीकरणका आधारमा नेपाद दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहँदा नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एभरेष्ट बैंक, स्ट्याण्डर्ड चाटर्ड बैंक, नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन बैंक, एनआइसी एशिया बैंक, नेपाल एसबिआई बैंक र कृषि विकास बैंक क्रमशः उत्कृष्ठ दश कम्पनीका रुपमा रहे । गतसाता नेपाल इन्स्योरेन्स कम्पनीको ४० लाख चार हजार ६५१ कित्ता शेयर लाभांश स्टकमा सूचीकृत भए । रासस
आँधिखोला लघुवित्तको आइपीओ असार २२ गतेदेखि, २००० कित्तासम्म भर्न पाइने
काठमाडौँ । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर(आइपीओ) असार २२ गतेदेखि खुल्ने भएको छ । स्याङजा भीरकोट बयरघारी केन्द्रीय कार्यालय भई कास्की, पाल्पा, रुपन्देही, कपिलवस्तु, गुल्मी, नवलपरासी, तनहुँ, अर्घाखाँची र लमजुङ जिल्ला कार्यक्षेत्र भएको आँधिखोलाको ४ लाख कित्ता सेयर खुल्न लागेको हो । जसमध्ये ३ लाख ७५ हजार कित्ता सर्वसाधारणलाई, ५ हजार कित्ता कम्पनीका कर्मचारीलाई र २० हजार कित्ता सामुहिक लगानी कोषलाई दिइने छ । उक्त सेयरका लागि न्यूनतम १० कित्तादेखि २००० कित्तासम्म आवेदन दिन सकिने छ । असार २२ गतेदेखि खुल्ने सेयर छिटोमा असार २५ गते र ढिलोमा साउन २० गते बन्द हुने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।