साताको अन्तिम दिन झिनो अंकले घट्यो नेप्से, ४२ करोडको कारोबार

काठमाडौ । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनो अंकले घटेको छ । नेप्से परिसूचक ०.६४ अंकले घटेको हो । साताको पहिलो दिन आइतबार झिनो अंकले घटेको नेप्से परिसूचक बाँकी ३ दिन बढेपनि अन्तिम दिन पुनः ओरोलो झरेको हो । बिहीबार ०.०५ प्रतिशतले घट्दा नेप्से परिसूचक ११६५.२० बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सेयर बजारमा १७२ कम्पनीले सेयर कारोबार गरेका छन् । १७ लाख ६९ हजार ७ सय कित्ता सेयर खरिद बिक्री हुँदा ४२ करोड ३४ लाख ९२ हजार ६ सय ६३ रुपैयाँको कारोबार भएको छ । बजार बढेपनि नेप्सको ४ समूह मात्र हरिया भए भने अन्य सूचक राताम्मे भए । बैंक समूह ०.९५, वित्त समूह ०.५१, निर्जीवन बीमा समूह १.०५, उत्पादनमूलक समूह ६.०५ अंकले बढेको छ । होटल समूह २३.४८, विकास बैक ४.५९, जलविद्युत समूह ०.८३, अन्य समूह ०.३४, माईक्रोफाईनान्स समूह ८.७७ र जीवन बीमा समूह २०.०८ अंकले घटेका छन् । साताको अन्तिम दिन बिहीबार सिन्धु विकास बैंकका लगानीकर्ताले ५.१९ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् भने यूनिर्भसल पावर कम्पनी लिमिटेडका लगानीकर्ताले ९.२४ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

२.०१ अंकले बढ्यो नेप्से, ५४ करोडको कारोबार

काठमाडौ । साताको चौथो दिन बुधबार पनि नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचकमा झिनो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक २.०१ अंकले बढेको हो । ०.१७ प्रतिशतले बढ्दा नेप्से परिसूचक ११६५.८४ बिन्दुमा पुगेको छ । बुधबार सेयर बजारमा १७० कम्पनीले सेयर कारोबार गरेका छन् । २० लाख २९ हजार १५ कित्ता सेयर खरिद बिक्री हुँदा ५४ करोड ५८ लाख १८ हजार ६ सय १९ रुपैयाँको कारोबार भएको छ । बजार बढेपनि नेप्सको २ समूह मात्र हरिया छन् । बैंक समूह ४.५३ र विकास बैंक ६.११ अंकले बढेका हुन् । होटल समूह १५.८१, जलविद्युत समूह ३.९६, वित्तीय २.०३, निर्जीवन बीमा ६.६१, उत्पादनमूलक समूह ५.१२, अन्य समूह ०.९२, माईक्रोफाईनान्स समूह २.३९ र जीवन बीमा समूह ३.८३ अंकले घटेका छन् । नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले ४.६४ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् भने यूनिर्भसल पावर कम्पनीका लगानीकर्ताले ९.८४ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

हिमालय उर्जाको आइपीओ खुल्यो, अधिकतम ६ हजार ५ सय कित्तासम्म भर्ना पाइने

काठमाडौ । हिमालय उर्जा विकास कम्पनीले साधारण सेयर (आईपिओ) निष्काशन गरेको छ । कम्पनीले चैत्र २० गते सर्वसाधारणतर्फ १४ करोड ८५ लाख रुपैयाँ बराबरको १४ लाख ८५ हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो । कम्पनीले जारी पूँजीको ९९ करोड रुपैयाँको १५ प्रतिशत बराबरको सेयर आईपिओ बिक्री गर्न लागिएको हो । सामूहिक लगानी कोषलाई निष्काशित कित्ता मध्येको ५ प्रतिशत बराबर ७४ हजार २ सय ५० कित्ता र कर्मचारीहरुलाई २ प्रतिशत बराबरको ४४ हजार ५ सय ५० कित्ता छुट्याएर बाँकी १३ लाख ६६ हजार २ सय कित्ता सेयर बिक्री गर्न लागेको हो । सर्वसाधारण सेयरको निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैकिङ् लिमिटेड रहेको छ । साधारण सेयर छिटोमा चैत्र २५ गते निष्काशन बन्द हुनेछ भने ढिलोमा बैशाख १९ गतेसम्म खुल्ला हुनेछ । आईपिओमा न्यूनतम ५० कित्ताका लागि ५ हजार रुपैयाँ देखि अधिकतम ६ हजार ५ सय कित्ताका लागि ६ लाख ५० हजार रुपैयाँसम्मको आवेदन दिन पाईने व्यवस्था छ । संस्थापक सञ्चालक र आयोजना प्रभावितका लागि सेयर खरिद गरिसकेका व्यक्तीले उक्त आईपिओमा आवेदन गर्न पाउँदैैनन् ।