नेप्से आठ अङ्कले घट्यो, ६७ करोडको कारोबार

काठमाडौँ । मङ्गलबार र बुधबार दोहोरो अङ्कले उकालो लागेको शेयर बजार कारोवार मापक नेप्से परिसूचक आज भने आठ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ८.२७ बिन्दुले घटेर एक हजार २६०.४७ मा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५३ अङ्कले घटेर २७१.४५ बिन्दुमा झरेको छ । नेप्से ओरालो लागे पनि कारोवार रकममा भने वृद्धि भएको छ । कूल १७७ कम्पनीको ८९ लाख ८५ हजार ३५३ कित्ता शेयर रु ६७ करोड एक लाख ६९ हजार ९२९मा खरीद बिक्री भए । स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूह सबैको शेयर ओरालो लागेको छ । बैंकिङ ६.५९, होटल २४, विकास बैंक ४.८१, जलविद्युत् १२.५१, वित्त ३.३५, निर्जीवन बीमा ६२.४५, उत्पादन १.४, अन्य ५.६७, लघुवित्त ७.५, जीवन बीमा ५३.९७ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले घटेको छ । स्टकका अनुसार आज कारोवारका आधारमा सिद्धार्थ इक्विटी फण्ड शीर्ष स्थानमा छ । उक्त योजनाको रु पाँच करोड ५२ लाख २२ हजार २४७, प्रभु बैंक रु पाँच करोड ५१ लाख ४३ हजार ७१७, नेपाल बैंक रु चार करोड ७३ लाख २४ हजर ५४२, नेपाल दूरसञ्चार कम्पनी रु तीन करोड ८८ लाख तीन हजार ३९४, मेगा बैंक रु तीन करोड १६ लाख ६१ हजार ५६४, प्रिमियर इन्स्योरेन्स रु तीन करोड १२ लाख दुई हजार ६५३ र सिभिल बैंक रु दुई करोड ७३ लाख २१ हजार ३६८ मा कारोवार भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार आज सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९९ प्रतिशतले कमाए । समिट लघुवित्त वित्तीय संस्था ९.९६, स्वावलम्बन लघुवित्त वित्तीय संस्था ९.७६, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ६.४९, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था ४.२१ र सिटीएक्सप्रेस फाइनान्स कम्पनीका शेयरधनीले ४.०८ प्रतिशतले कमाए । त्यस्तै युनियन हाइड्रोपावर लिमिटेड ६.५५, प्रुडेन्टियल इस्योरेन्स ५.६१, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयर ४.१६, स्वदेशी लघुवित्त वित्तीय संस्था ३.८१, वेस्ट फाइनान्स कम्पनी ३.८० र सानिमा इक्विटी फण्डका लगानीकर्ताले ३.७९ प्रतिशतले गुमाए ।

१५.६२ अंकले बढ्यो नेप्से, पार्टनर खोज्ने गृहकार्यमा जुटेका बैंकहरुकै टप फाइब कारोबार

काठमाडौँ । सेयर बजारले आजपनि अघिल्लै दिनको लय समातेको छ । साताको पहिलो र दोश्रो दिन लगातार घटेको नेप्से परिसूचक तेश्रो दिन मंगलबार मंगलबार ११.२ अंकले बढेको थियो भने आज चौथो दिन पनि १५.६२ अंकले बढेको हो । १.२५ प्रतिशतले बढ्दा परिसूचक १२६८.६८ बिन्दुमा पुगेको छ । बुधबार सेयर बजारमा १७४ कम्पनीका २० लाख ६४ हजार २४७ कित्ता सेयर किनबेच हुँदा ५५ करोड २ लाख ४७ हजार ८१३ रुपैयाँको कारोबार भयो । लामो समयपछि आज सबै समूहमा हरियाली छायो । बैंकिङ समूह १३.७६, होटल समूह १.६९, विकास बैंक समूह १४.३९, जलविद्युत समूह १४.३९, वित्त समूह २.९५, निर्जीवन बीमा समूह ९३.४१, उत्पादनमूलक समूह १८.४६, अन्य समूह ८.५७, लघुवित्त समूह २६.०२, जीवन बीमा समूह ९४.९३ र म्युचुअल फण्ड ०.०६ अंकले बढेका छन् । आज कारोबार रकमका आधारमा नेपाल बैंक लिमिटेड, सेञ्चुरी कमर्सियल बैंक, मेगा बैंक, प्रभु बैंक र सिभिल बैंक लिमिटेड क्रमशः पहिलो, दोश्रो, तेश्रो, चौथो र पाँचौँ स्थानमा रहे । ती बैंकको क्रमशः रु. ४५३३१८७०, ३४०८५१३०, ३२६६५५४१, ३०३८६०९४ र ३०२११०३८ को कारोबार भयो । बजार बढेको दिन सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरुले सबैभन्दा बढी ८.१० प्रतिशतले नाफा कमाएका छन् भने रिलायन्स फाइनान्स लिमिटेडका सेयरधनीले सबैभन्दा बढी ६.०६ प्रतिशतले गुमाएका छन् ।

नेको इन्स्योरेन्सले सेयरधनीलाई १२ प्रतिशत बोनश सेयर दिने

काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडले सेयरधनीहरुलाई १२ प्रतिशत बोनश सेयर दिने भएको छ । कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट १४ करोड ११ लाख ५३ हजार ४०८ रुपैयाँ बराबरको अर्थात १२ प्रतिशत बोनश सेयर र कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । कम्पनी सञ्चालक समितिको प्रस्ताव बीमा समितिको स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि बोनश सेयर वितरण गरिने कम्पनी सचिव विष्णुप्रसाद धितालले जनाएका छन् ।