आँधिखोला लघुवित्तको आईपीओ बाँडफाँड, ३७ हजार ५०० जनाले पाए १०-१० कित्ता

काठमाडौँ । आँधिखोला लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको ३ लाख ७५ हजार कित्ता सेयर सोमबारबाँडफाँड भएको छ । ३७ हजार ५०० जना आवेदकलाई धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम १०-१० कित्ताका दरले सेयर बाँडफाँड गरिएको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । आँधीखोलाको आइपीओः ३ लाख ७५ हजार कित्ता माग, ५४ लाख कित्ताको आवेदन आँधिखोला लघुवित्तको आइपीओ असार २२ गतेदेखि, २००० कित्तासम्म भर्न पाइने  

हङकङ, युएई र जोर्डनबाट पनि मेगा बैंकको ‘मेगा रेमीट’ सेवा

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले एकैपटक तीन वटा देशमा ‘मेगा रेमीट’ सेवालाई विस्तार गरेको छ । हङकङ, युएई र जोर्डनमा मेगा रेमीटको सञ्जाल विस्तार गरिएको हो । हङकङबाट नेपालीहरुले अब ई-पे लिमिटेडबाट मेगा रेमीटमार्फत स्वदेशमा रकम पठाउन सक्नेछन् । युएईबाट सराफ एक्सचेन्जबाट मेगा रेमीटमा रकम पठाउन सकिने बैंकले जनाएको छ । यसैगरी, जोर्डनको अल अलाउनी एक्सचेन्ज र मेगा बैंकबीच रेमीट कारोबारसम्बन्धी सम्झौता भएको छ । हङकङको ई–पे लिमिटेड, युएईको सराफ एक्सचेन्ज र जोर्डनको अल अलाउनी एक्सचेन्जबाट पठाएको रकम मेगा बैंक र देशभर छरिएका मेगा बैंकका २५ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिने मेगा बैंकले जनाएको छ ।

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम भने न्यून

काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजार झिनो अंकले बढेको छ । आज ०.९५ अंकले नेप्से बढेको हो । ०.०८ प्रतिशतले बढ्दा परिसूचक १२४९.४९ विन्दुमा पुगेको छ । आज १६१ कम्पनीका १० लाख ४२ हजार ६ सय ४६ कित्ता सेयर किनबेच हुँदा २८ करोड ५२ लाख १४ हजार ५ सय ७२ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले जनाएको छ । नेप्से झिनो अंकले बढेपनि कारोबार रकममा भने गिरावट आएको छ । आइतबार ६ सूचकमा हरियाले छायो भने बाँकी राताम्मे भए । बैंकिङ समूह ०.६१, वित्त समूह १.६१, निर्जीवन बीमा समूह ०.१२, उत्पादनमूलक समूह २.५३ र वित्त समूह ०.४७ अंकले घट्यो भने होटल समूह ११.९६, विकास बैंक समूह ८.८५, लघुवित्त समूह ०.९४, अन्य समूह २.२५, जीवन बीमा समूह ३२.५२ र म्युचुअल फण्ड ०.०३ अंकले बढेका हुन् । आज माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीले सबैभन्दा बढी ९.९० प्रतिशतले नाफा कमाएका छन् भने मल्टीपर्पोज फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ८.२७ प्रतिशतले घाटा व्यहोरेका छन् ।