बीबीसीमा नौ करोडको नेपाल प्रचार गर्दै बोर्ड

काठमाडौं, १ भदौ । सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलको एकमात्र निकाय नेपाल पर्यटन बोर्डले चालू आर्थिक वर्ष २०७३÷०७४ मा नौ करोड रुपैयाँ अन्तर्राष्ट्रिय संचारमा माध्ययमा खर्च गर्ने भएको छ । बोर्डले व्रिटिश बोर्डकास्टिङ कर्पोरेशन (बीबीसी)मा मात्रै चालू आवमा नौ करोड रुपैयाँ खर्च गरेर नेपालको पर्यटन प्रवद्र्धन गर्ने भएको छ । साउनबाटै कार्यान्वयन गराउने गरी तय गरेको बोर्डले चालू आवको एक अर्ब १२ करोड रुपैयाँको बजेटमा नौ करोड रुपैयाँ बीबीसीलाई मात्रै खर्च गर्ने बोर्डका सदस्य राजेन्द्र सापकोटाले जानकारी दिए । बजेटमार्फत बीबीसीमा खर्च गर्ने गरी तय गरेको यो बजेट सन् २०११ पछि दोस्रोपटक भएको पनि बोर्डले जानकारी दिएको छ । सन् २०११ मा नेपालको प्रचार अन्तर्राष्ट्रिय सञ्चार माध्यममार्फत गर्ने विषयले निकै महत्व पाएको भए पनि समयमा नै रकम भुक्तानी गर्न नसक्दा समस्या भएको थियो । बोर्डले प्रभावकारकारी ढंगबाट अन्तर्राष्ट्रिय मिडियामा जान नसकेको आलोचना बढेपछि चालू लागि बेजेटमै समेटेर कार्यक्रम ल्याएको दाबी सापकोटाको छ । बोर्डले यस अघिका दुई वर्ष बीबीसी र सीएनएनमा नेपालको प्रचार गर्ने भने पनि खर्च हुन नसकेका कारण गत आवको बजेटलाईसमेत चालू आवमै खर्च गर्ने व्यवस्थासमेत मिलाएको बोर्ड सदस्यले बताए । उनका अनुसार बोर्डको यो वर्षको बजेट सामाजिक सन्जालमार्फत खर्च गर्नेदेखि डिजिटल मार्केटसम्मा केन्द्रित रहेको छ । बोर्डले आगामी आवको बजेटमा सामाजिक संजालमार्फत पर्यटन प्रर्वद्धन गर्ने योजन अगाडि सारिसकेको जानकारी दिएको छ । बोर्डले प्रवद्र्धनका काम गर्दा सामाजिक सञ्जालको प्रयोग, डिगिजटल मार्केट, अन्तराष्ट्रिय सञ्चार माध्यममा नेपालको प्रवद्र्धन गर्ने तथा अनलाइन मार्केटसम्म पुग्ने गरी नयाँ र आधुनकि शैलीलाई पछ्याउँदै आगामी आर्थिक वर्षको बजेट तयार पारेको छ । बोर्डले पहिलोपटक डिजिटल मार्केटमा जाने गरी बजेट तय गरेको हो । बोर्डले पहिलोपटक प्रवद्र्धनात्मक सामग्रीको प्रचार गर्न डिजिटल मार्केटमार्फत जाने गरी बजेट तय गरेको छ । बोर्डले चालू आवका लागि पर्चा, पम्प्लेट, पोस्टर नछाप्ने र यसका लागि डिजिटलमार्फत प्रवद्र्धन गर्ने गरी एक करोड ७० लाख रुपैयाँ विनियोजन गरेको छ । बोर्डले पहिलोपटक अन्तराष्ट्रिय ट्राभलको वेवपोर्टल ट्रिप एडभाइजरमार्फत नेपालको प्रवद्र्धन गर्न दुई करोड ५० लाख रुपैयाँ खर्च गर्ने गरी बजेट तय गरेको छ । नेपालमा हिमालय ट्राभल मार्ट आयोजना गर्न एक करोड रुपैयाँ विनियोजन गरेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्समार्फत नेपालमा विभिन्न टोलीलाई भ्रमण गराएर नेपालको प्रवद्र्धन गर्न ८० लाख रुपैयाँ खर्च गर्ने गरी बोर्डले बजेट तय गरेको छ । बोर्डले तय गरेको चालू आवको बजेटमा २६ करोड ५० लाख रुपैयाँ जनसम्पर्क तथा प्रचारप्रसारमा, २३ करोड २५ लाख बजारीकरण तथा प्रवद्र्धनमा, कर्पोरेटमा १७ करोड, १६ करोड रुपैयाँ संस्कृतिक सम्पदा संरक्षण र प्रवद्र्धनमा, दुई करोड रुपैयाँ अनुसन्धानमा, तीन करोड रुपैयाँ पोखरा पर्यटन कार्यालयमार्फत खर्च गर्ने गरी कुल एक अर्ब १२ करोड रुपैयाँको बजेट विनियोजन भएको छ ।

नेपालको पर्यटन क्षेत्रमा चारलाख २५ हजारले रोजगारी पाएको तथ्याङ्क सार्वजनिक

काठमाडौं १ भदौ। नेपालको कुल रोजगारीमा पर्यटन क्षेत्रको योगदान ३.२ प्रतिशत रहेको एक तथ्यांकले देखाएको छ । पर्यटन क्षेत्रमा ४ लाख २६ हजार ५ सय जनाले प्रत्यक्ष रोजगारी पाएको विश्व पर्यटन परिषद्को तथ्यांक छ । यो गत वर्षको तथ्यांक हो । तथ्यांकले कुल जनसंख्याको ठूलो हिस्सा आंशिक वा पूर्ण बेरोजगार रहेको देखाउँछ । स्वदेशमा रोजगारी नपाएर अहिले दैनिक औसत १२ सय युवा वैदेशिक रोजगारीमा गइरहेका छन् । नेपालमा एक पर्यटकबराबर १२ जनाले रोजगारी पाउने सरकारी तथ्यांक छ । नेपालको रोजगारीमा पर्यटन क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष गरी विशेष योगदान पु¥याएको छ । सन् २०२६ सम्ममा नेपालको पर्यटन उद्योगमा झण्डै ६ लाख ५४ हजार जनाले प्रत्यक्ष रोजगारी पाउने विश्व पर्यटन परिषद्को प्रक्षेपण छ । यो संख्या तत्कालीन कुल रोजगारीको ३.८ प्रतिशत हुनेछ । परिषद्का अनुसार सन् २०१५ मा नेपालको पर्यटन तथा पर्यटनसँग जोडिने कृषि, हस्तकला, निर्माण, सार्वजनिक सेवा, ट्राभल एण्ड टुरिजम आदिबाट कुल रोजगारीको ६.९ प्रतिशत अर्थात् ९ लाख १८ हजार ५ सयले अप्रत्यक्ष रूपमा रोजगारी गरिरहेका छन् । यो संख्या सन् २०२६ सम्ममा बढेर १३ लाख ९० हजार पुग्ने अनुमान छ । नेपालको पर्यटन उद्योगमा प्रत्येक वर्ष होटल, ट्राभल र टुर कम्पनीमा आवश्यक हुने कर्मचारीहरू र तिनको संख्यामा वृद्धि हुँदै गइरहेको छ । यसका आधारमा आगामी १० वर्षका लागि आवश्यक मानव संशाधनको योजना र दक्ष जनशक्ति उत्पादनका लागि विभिन्न तालिमहरू आयोजना गर्नुपर्ने पर्यटन मन्त्रालयको भनाइ छ । नेपालमा होटल तथा रेस्टुराँसहित ट्राभल एजेन्सी, ट्रेकिङ कम्पनी, पदयात्रा पथ प्रदर्शक, ¥याफ्टिङ, पर्यटन प्रहरी र साहसिक खेलमा ठूलो संख्याले रोजगारी पाइरहेका छन् ।

हवाई इन्धन महँगो भएको भन्दै पर्यटन मन्त्रालयसँग मूल्य घटाउन एनएसीको माग

काठमाडौं ३२ साउन।  हवाई इन्धनको मूल्य बढी भएको भन्दै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले घटाउनका लागि सरकारसँग माग गरेको छ। नेपाल अायल निगमले अत्याधिक नाफा राखेर बोनस सम्म बाँड्न लागेपछि वायुसेवा निगमले सो माग गरेको हो। निगमले उडान गर्ने अन्य गन्तव्यभन्दा काठमाडौंमा इन्धनको मूल्य तीन गुणासम्म महँगो पर्ने गरेको पाइएको छ । अत्याधिक मूल्यका कारण यात्रुलाई प्रत्यक्ष मार परेको तथा आफ्नो प्रतिस्पर्धी क्षमता कमजोर भएको भन्दै मूल्य घटाउन पहल गरिदिन निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय गुहारेको छ । निगमले मन्त्रालयलाई पत्र लेखी हवाई इन्धनको मूल्य घटाउन पहल गरिदिन आग्रह गरेको छ । हाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटिर २५ रुपैयाँ खुद नाफा राखेको छ । वायुसेवा निगमले गत साउन १ को मूल्यका आधारमा तयार पारेको विवरणअनुसार इन्धन भर्दा मलेसियामा प्रतिलिटर ३७.९९ रुपैयाँ र  नेपालमा १०६.८५ रुपैयाँ भुक्तानी गर्नुपरेको छ । “निगमले उडान गर्ने सबै गन्तव्यमा पर्ने मूल्य र नेपालमा पर्ने मूल्यको तुलना गरेर मन्त्रालयमा पत्र पठाएका छौं,” निगम प्रवक्ता रामहरि शर्माले भने । अन्य एयरलाइन्सहरूले आफ्नै मुलुकमा धेरै इन्धन भरेर आउने भएकाले निगमलाई मात्र बढी भार परेको निगमको भनाइ छ । “सरकारले विशेष निर्णय गरेर भए पनि राष्ट्रिय ध्वजावाहक भएको नाताले निगमलाई अन्यलाई भन्दा सस्तोमा दिनुपर्छ भन्ने हाम्रो माग हो,” प्रवक्ता शर्माले भने । निगमले पठाएको पत्र पर्यटन मन्त्रालयले उपयुक्त लागेमा अर्थ मन्त्रालय पेस गर्नेछ भने अर्थले करमा सहुलियत दिने निर्णय मन्त्रिपरिषद्मा लैजान सक्नेछ । स्रोतका अनुसार अर्थले तत्काल यस्तो निर्णय गर्न सक्ने अवस्था नभए पनि आपूर्ति मन्त्रालयले नाफा घटाउन निगमलाई निर्देशन भने दिन सक्नेछ । “आयल निगमले नाफा थोरै राखेर वायुसेवा निगमलाई सुविधा दिएमा नाफा बढ्ने थियो, जसले सञ्चालनमा सहज हुनेछ,” प्रवक्ता शर्माले भने । निगमले ३ जहाजमार्फत नयाँदिल्ली, बैंग्लोर, मुम्बई, दोहा, मलेसिया, बैंकक र हङकङ उडान गरिरहेको छ । असोजबाट चीनको क्वाङ्चौ उडान गर्दैछ ।