चन्द्रागिरीमा दुई घण्टा चुम्बन (फोटो फिचर)

काठमाडौं, ८ भदौ । कलंकीदेखि थानकोट चेकपोष्टसम्म करिब चार किलोमिटर सडक पार गर्न एक घण्टा लाग्यो । गाडी गुडाउनै कठिन खाल्डाखुल्टी, त्यसमाथि ट्राफिक जाम, गर्मी, धुलो र धुवाँको मुस्लोले त्यो यात्रा यति कठिन भयो कि कथामा सुनिने नर्क नै यहि हो । थकित मोडमा चन्द्रागिरीको बेस स्टेशन पुगियो । लाग्यो नर्कबाट भागेर स्वर्गमा आईपुगियो । जहाँ धुलो, धुँवा र कोलाहल छैन । सफा पीच रोड । व्यवस्थित पार्किङ । ढकमक्क फूल फूलेको बगँैचा सहितको चन्द्रगिरी बेस स्टेशन । चन्द्रागिरी हिलस्टेशनका तर्फबाट राजु पौडेलले स्वागत गरे । धुलाम्मे अनुहारबाट खिस्स दाँत देखाउँदै पहिला रेष्टरुम जाने अनुमति माग्यौं । चन्द्रागिरीको नरम पानीले अनुहारको धुलो पखाल्यौं, टाउको र गर्धनको धुलो पुछ्यौं । हामीलाई बेस स्टेशनको रेष्टुरेण्टमा लगेर बसाउँदै राजु पौडेलले अफर गरे–लञ्चको व्यवस्था माथि छ, यहाँँ चिया लिऊँ कि कफि ? ब्ल्याक टी पिउँदै कुरोकन्थो शुरु भयो । हामीले भन्यौं–‘यहाँसम्म आउन धेरै गाह्रो भयो । बाटो खत्तम रहेछ । यहाँ आईसकेपछि राहत मिल्यो ।’ उनले भने–‘यहाँ आएपछि मलाई कविता लेख्न मनपर्छ । चन्द्र सर (कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकाल) त्यहाँ उभिएर काठमाडौंको नियाल्दै बाटोबाट यता आउँदै गरेका सबै मानिसहरु चन्द्रागिरी जान आएका होलान् भन्ने ठान्नुहुन्छ ।’ चन्द्रागिरी केवुलकार सर्बसाधारणलाई खुला गर्दै अनौपचारिक रुपमा सेवा सञ्चालन गरेको साउन २५ गते करिब १० हजार जनाले केबलकार निःशुल्क चडेको सुनाउँदै दैनिक १० हजार मानिसलाई चन्द्रागिरी यात्रा गराउने कम्पनीको लक्ष्य रहेको उनले बताए । हामीले केबुलकारको यात्रा शुरु गर्यौं । समुन्द्री सतहबाट १४०० मिटर उचाईमा रहेको चन्द्रागिरी बेस स्टेशनबाट २५५१ मिटरको उचाईमा रहेको टप स्टेशन पुग्न साढे दुई किलोमिटर पार गर्नुपर्छ । उक्त दुरी पार गर्न ९ देखि १४ मिनेट लाग्ने रहेछ । तिब्र गतिमा हुँदा चाँडो र विस्तारै चल्दा ढिलो पुगिने । हामी चढेको केबुलकार विस्तारै चल्यो । घना बस्तीबाट माथि उठेको केबुलकार जंगल हुँदै कुहिरोभित्र छिर्यो । ‘यात्रा’ शब्दले अर्थ एउटै हुन्छ । तर यात्राको अनुभव विलकुलै फरक । कलंकीदेखि चेकपोष्ट सम्मको अत्यास लाग्दो यात्रा र केबुलकारमा जंगल माथि उडेर कुहिरो भित्र छिर्दाको यात्राको अनुभव नितान्त फरक । सडकको यात्रामा धुलो, धुवाँ, गर्मी, ध्वानीको कोलाहल र त्यसमा पनि जाम । केबुलकारको यात्रा, शान्त, शितल, निरन्तर एउटै गतिमा । चरा उडेको देख्दा रमाउनेहरु सपनामा आफै उडेको सपना देखेजस्तो । यहाँ सपना होइन, ३८ वटा गुण्डोलाहरु (केबलकार) निरन्तर सयौं यात्रुहरुलाई विपनामा उडाई रहेका छन् । अटोमेटिक चल्ने गुण्डोलाले यात्रुलाई जमिनबाट बादलमा र बादलबाट जमिनमा पुर्याउने काम गरिरह्यो ।   चन्द्रागिरी कुहिरोले ढपक्क डाकेको थियो । दिउँसो १ बजेको मौसम पनि बिहानी ६ बजेतिरको जस्तो । बिहानी पनि भदौको होइन, माघमा तुषारो पर्न लागेको अवस्थामा जस्तो । हामी जुत्ता खोलेर मन्दिर जान लाग्यौं । हामीअघि एक तिर्थालु मन्दिर जाँदै थिए । मन्दिर परिसरमा बसेका फूलपाती व्यवसायीले फूल र पूजाको सामान किन्न आग्रह गरे । ‘हामीले त खाईसक्यौं, के पुजा गर्नु ?’ अघाएका तिर्थालुले भने । ‘यहाँ त दिउँसो पनि बिहानी जस्तै हुन्छ, भर्खरै घाम लाग्ने बेला जस्तो । जतिखेर पनि पूजा गर्न सकिन्छ’ फूलपाती व्यवसायीले आफ्नो कला देखाए । तस्वीरमा भालेश्वर देवता हुन् जहाँ परम्परादेखि पुजा गरिँदै आएको छ । यी देवता अहिले पनि यथावत छन् । चन्द्रागिरी हिलले सो स्थानमा प्यागोडा शैलीमा परम्परालाई टपक्क टिपेर नयाँ शिव मन्दिर बनाएको छ । नयाँ मन्दिर, नयाँ पुजारी तर प्रस्तुति पुरै परम्परागत । झल्को लाग्छ, यो मन्दिर गणतन्त्र आएपछि बनेको होइन, मल्लकाल तिर नै बनेको हुनुपर्छ । हामीले चन्द्रगिरी लेकमा प्रकृतिसँग करिब दुई घण्टा चुम्बन गर्यौं । घरी बादलसँग चुम्बन गर्यौ, घरी घामसँग । तर एउटा सपना मिस गर्ने चिन्ता थियो । पृथ्वीनारायण शाहले जसरी पहिलो पटक सोही स्थानबाट काठमाडौं उपत्यका हेरेर लोभिएका थिए, त्यसरी हामीले काठमाडौं हेर्ने मौका नमिल्ला जस्तो लाग्यो । चन्द्रगिरीबाट हिमाल देखिने, पहाड र तराई देख्न नपाईने हो कि भन्न चिन्ता थियो । अब चिन्ता हट्यो । कहीँ कहीँ बादलको घुम्टो खुल्यो । निलो आकाशसँगै काठकाडौंको घना बस्ती देखिन थाल्यो । आशा लाग्यो, अब हिमाल, पहाड र तराई पनि देख्न पाईन्छ । फोटोका क्रेजीहरुमा नयाँ उत्साह देखियो । अँह, पाईएन । फेरी कुहिरो मडारिएर आयो । तन्नेरीहरु लखर्रलखर्र केबुलकार तिर झर्न थाले । बन्दै गरेको भ्यूटावर, चिल्ड्रेन पार्क, थ्री डी हल लगायत थप पूर्वाधार नियाल्दै फर्कने क्रममा भेट्टिइन–कम्पनीको सेल्स एण्ड मार्केटिङ प्रमुख इन्दिरा पौडेल । उनका अनुसार सफ्ट लञ्च गरेपछि चन्द्रागिरी केबलकारले व्यवसायिक लञ्चको तिथिमिति तय भएको छैन । सरकारसँग ३६ हेक्टर जमिन ४० वर्षको लागि लिजमा लिएर करिव ५ हेक्टरमा जमिनमा केबुलकार, मन्दिर, रेष्टुरेन्ट, होटल, मनोरञ्जन पार्क, थ्रिडी हल, भ्यू टावर निर्माण गरिँदै छ । बेस स्टेशनको १२० रोपनी जमिन कम्पनीले आफैं खरिद गरेको छ । कम्पनीले २०६६ सालमा नेपाल सरकारसँग लिज सम्झौतामा हस्ताक्षर गरेको थियो भने पछिल्लो दुई वर्षदेखि निर्माण कार्य गरिरहेको छ । सबै पूर्वाधार निर्माण हुन अझै धेरै समय लाग्ने देखिन्छ । कम्पनीले हालसम्म साढे तीन अर्ब लगानी गरिसकेको छ भने अझै केहि लगानी थप्ने कम्पनीकी सेल्स एण्ड मार्केटिङ प्रमुख इन्दिरा पौडेलले बताइन् । कम्पनीमा आइएमई ग्रुप, भाटभटेनी ग्रुप, नवराज नेपाल, उत्तम नेपाल, उमा केसीलगायतको लगानी रहेको छ । कति पर्छ केबल कार चढेको ? केबलकार चढ्नका आम नेपालीले सात सय रुपैंयाँको टिकट काट्नु पर्छ । त्यसमा थानकोट, मकवानपुरको फाखेल र चित्लाङका बासिन्दालाई २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । सार्क मुलुकका पर्यटकहरुका लागि ७ सय भारतीय रुपैंयाँ शुल्क तोकिएको छ भने अन्य मुलुकका पर्यटकले २२ अमेरिकी डलर तिर्नु पर्छ । तीन फिट भन्दा कम उचाई भएका बालबालिकाका लागि निःशुल्क व्यवस्था गरिएको छ भने तीन देखि चार फिट उचाईकाहरुले ४० प्रतिशत छुट प्राप्त गर्नेछन् । जेष्ठ नागरिकले पनि २५ प्रतिशत छुट पाउँछन भने फरक क्षमता भएकाहरुका लागि ४० प्रतिशत सहुलियतको व्यवस्था गरिएको पौडेलले जानकारी दिईन् ।

कार्यविधि नहुँदा पर्यटन वर्ष अलपत्र, हतारमा घोषणा भएको निजी क्षेत्रको आरोप

काठमाडौं, ८ भदौ । सरकारले २०७३ सालको नयाँ वर्षबाट सुरु गरेको अन्तरिक पर्यटन वर्ष अर्थात घुमफिर वर्ष २०७३ अलपत्र परेको छ । घोषणा भएको पाँच महिना पुगिसक्दा पनि यसको औचित्य र स्पष्ट खाका बनाउनै नसकेका कारण आन्तरिक भ्रमण वर्षको औचित्य नभएको नेपाल पर्यटन बोर्डकै कर्मचारीले बताउन थालेका हुन् । ‘आन्तरिक भ्रमण वर्ष एउटा अभियान र नाराको वर्ष मात्रै हो यसले खासै कुनै ठूलो उद्देश्य लिएकै छैन’, बोर्डका एक कर्मचारीले भने । बोर्डको काम पर्यटनको पूर्वाधार निर्माण गर्ने नभएर प्रवद्र्धन गर्ने मात्रै भएको तर्क बोर्ड पदाधिकारी नै दिएर बस्छन तर पर्यटन अभियान वर्षको कुनै प्रभावकारी योजना बने बनाउँदैनन । ‘सरकारले हतार हतारमा घोषणा गरेको यस्तो पर्यटन वर्षले अहिलेसम्म कुनै उत्साह छ, न त प्रभावकारित नै देखिएको छ’, सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स (सोट्टो) नेपालका अध्यक्ष यमबहादुर खड्काले भने । सरकारी घोषणा मात्रै भयो कसरी गर्ने, कुने विधि अपनाउने र के गर्ने भन्ने स्पष्ट खाका नै हुन सकेन, उनले भने । सरकारले घोषणा मात्रै गरेर हुँदैन यसलाई कार्यान्वयन गर्ने आधार पनि दिनुपर्ने उनको बुझाई छ । बोर्डले अन्तरिक पर्यटन प्रभावकारी बनाउन ल्याएको यो अभियानको कार्यविधि अहिलेसम्म सरकारी निकायले स्वीकृति नै नगरेको पनि उनले जानकारी दिए । पर्यटन मन्त्रालयले वार्षिक करीब ६ लाख आन्तरिक पर्यटकलाई देशका विभिन्न गन्तव्यमा लैजाने उद्देशयले यस्तो अभियान ल्याएको जानकारी दिएको छ । यो अभियान सफल बनाउन पर्यटन बोर्डको तालुक निकाय पर्यटन मन्त्रालयले आन्तरिक पर्यटन कायविधि बनाएर स्वीकृतिका लागि अर्थ मन्त्रालय पुराएको छ । पर्यटन बोर्डले पर्यटन वर्ष घोषणा हुनासाँथ अगाडि बढाएको यो कार्यविधि दुई महिना पर्यटन मन्त्रालयमा र तीन महिनादेखी अर्थ मन्त्रालयका अड्किएको बोर्ड स्रोतले जानकारी दिएको छ । बोर्डले पठाएको कार्यविधिमा अर्थले चासो नदेखाएपछि आन्तरिक पर्यटन वर्षको योजनानै अलपत्र परेको हो । कार्यविधि अड्किएपछि ग्रामीण पर्यटन प्रवद्र्धनका धेरै कार्यक्रम अलपत्र परेको मन्त्रालयका सचिव प्रेमकुमार राईले बताए । हरेक महिना ताकेता पर्यटन मन्त्रालयले कायविधिका सम्बन्धमा हरेक महिनाजसो अर्थमा ताकेता गरे पनि पास नभएको पर्यटन मन्त्रालयको गुनासो छ । ‘भूकम्पपछि नराम्रोसँग प्रभावित बनेको पर्यटन क्षेत्रमा उत्साह ल्याउन यस कार्यक्रमको सफलता जरुरी छ,’ पर्यटन सचिवल भने । अर्थ मन्त्रालय उदार नभएपछि कार्यक्रम नै अलपत्र पर्ने अवस्थामा पुग्न लागिसकेको पनि मन्त्रालयको गुनासो छ । किन आवश्यक छ कार्यविधि ? सरकारले बिदा पर्यटनको नाम दिएर सरकारी कर्मचारीलाई निश्चित खच दिनेगरी कार्यविधि अगाडि सारेको छ । यस्तो रकम लिएर पर्यटन मन्त्रलायका कर्मचारी मात्रै विभिन्न आन्तरिक गन्तव्यमा जाने गरेकोमा कार्यविधिपछि अन्य मन्त्रालय र सरकारी अधिकारी पनि यो कार्यक्रम सहभागि हुन सक्छन् । यसका लागि पर्यटन मन्त्रालयले प्रत्येक वर्ष बजेट पनि छुट्याउँछ । कायविधिले सरकारसँगै कर्पोरेट हाउसहरूले पनि आफ्ना कम्पनीलाई वर्षमा निश्चित समय घुम्न पठाउनुपर्ने प्रावधान समेटेको छ । यस कायविधिको उद्देश्य नै आन्तरिक पर्यटन वर्ष तथा घुमफिर वर्ष २०७३ लाई सफल बनाउने रहेको उल्लेख छ । एक साता अनिवार्य बिदा मन्त्रालयले सरकारी कार्यालय तथा निजी कम्पनीले कर्मचारीलाई ७ दिन अनिवार्य बिदा पर्यटनमा पठाउनुपर्ने प्रावधान राखी कायविधि बनाएको छ । मुलुकभरका पर्यटन व्यवसायीबाट आफ्नो सेवा–सुविधामा दिन सक्ने अधिकतम छुट र प्याकेज सरकारलाई उपलब्ध गराउन सकिने व्यवसथा पनि कार्यविधिमा छ । सरकारी नियकाले कुनै पनि काम कानुन, विधि र विधान बाहेक नहुने भएकोले पनि आन्तरिक पर्यटनको प्रवद्र्धन विकास, निजी क्षेत्रलाई प्रोत्साहन तथा व्यवसायीक प्योकज निर्माणमा बोर्डको साथसहतिका विषयका काम गर्न कार्यविधि आवश्यक रहेको छ । अन्तर्राष्ट्रिय पर्यटन वर्षलाई धक्का सरकारले ल्याएकको आन्तरिक भ्रमण वर्ष असफल भए आगामी सन् २०१८ को अन्तर्राष्ट्रिय पर्यटन भ्रमण वर्ष पनि प्रभावित हुने भएको छ । अहिले प्रभावकारी ढंगले काम गर्न सके र आन्तरिक पर्यटन वर्षले कुनै सन्देश दिने काम हुन सकेन भने सन् २०१८ को पर्यटन भ्रमण वर्षमा नकारात्ममक सन्देश प्रवाह हुन्छ । आन्तिरक वर्ष नै सफल नभए निजी क्षेत्रले अन्तर्राष्ट्रिय वर्षलाई पनि कुनै साथ नदिन सक्छन् । निजी क्षेत्र नाफामुखी र जहाज बढी फाइदा हुन्छ त्यहि जाने निकाय भएकोले पनि अहिले कुनै लाभ नपाए यसपछि पनि लाभ हुन्छ भन्नेमा विश्वास गुम्ने उल्लेख छ । यसर्थ आन्तरिक भ्रमण वर्ष असफल भए यसको गम्भिर धक्का २०१८ को अन्तर्राष्ट्रिय भ्रमण वर्षलाई लाग्ने छ । आन्तरिक जागरण प्रभावकारी हुन्छ घुमफिर वर्ष सफल हुन सके र विविध कार्यक्रम गरी यसलाई सफल बनाउन सकिए आन्तरिक जागरण पनि प्रभावकारी हुने बोर्डको भनाइ छ । पर्यटन क्षेत्रमा कुनै न कुनै गतिविधि भइरहने र पर्यटन कृयाकापमा प्रभावकारि सन्देश प्रवाह गर्न पनि यसले सहयोग पुग्ने बोर्डले बुझाई छ । यस अघि पर्यटन वर्ष २०११ ले लक्षित विदेशी पर्यटकको सङ्ख्या नपुगे पनि आन्तरिक पर्यटक भने बढाएको दाबी बोेर्डको छ । नेपालको एक स्थानकाबाट अर्काे स्थानमा घुम्ने आन्तरिक पर्यटक करीब २५ देखि ३० प्रतिशत बढेको नेपाल पर्यटन बर्ष २०११ का राष्ट्रिय कार्यक्रम संयोजक योगेन्द्र शाक्यले भनाइ छ । विदेशी पर्यटक अपेच्छा अनुसार भित्र्याउनु नसक्नु कमजोरी भएको स्वीकार्दै शाक्यले भने, ‘आन्तरिक जागरणमा बढाएर पर्यटन वर्षमा सरकारले पर्यटकीय क्षेत्रका गाँउ घुम्ने नेपालीको सङ्ख्या भने बढाएको छ । पर्यटन वर्षमा नेपाल आएका ४० प्रतिशत पर्यटकलाई गाँउ पु¥याँउने लक्ष्य सन् २०११ मा नै राखिएको थियो, शाक्यले भने । सोही लक्ष्य अनुसार विदेशी पर्यटक कति गाँउ पुगे भन्ने स्पष्ट तथ्यांङ्क नभएपनि आन्तरिक पर्यटकले भने सन्तुष्ट हुनसक्ने माहौल बनेको शाक्य बताउँछन् । सबै ग्रामिण भेगसम्म पुग्न नसकेपनि प्रमुख पर्यटकीय क्षेत्रमा भने पर्यटन वर्षले लिएको ४० प्रतिशतको लक्ष्य अहिलेसम्म करीब पुगेको छ । पर्यटन अभियान वर्षको लाभ होमस्टेमा सरकारले ल्याएको यस्तो पर्यटन वर्ष नीतिगत रूपमा सफल भए वा नभएपनि होमस्टेले पाउँने लाभ भने निकै राम्रो भएको काभ्रेको पात्लेखेत होस्टेका अध्यक्ष केशव बडालको भनाइ छ । बढालका अनुसार आन्तरिक पर्यटक जागरण अभियान चलेको छ । धेरेथोरै जे भएपनि पाहुना होमस्टे भन्दै आफ्नो घरमा आए बस्ने खाने गरेका छन । यसले गर्दा आर्थिक आम्दनीको अतिरिक्त माध्यम पनि बनेकोले पर्यटन वर्ष अभियानले होमस्टेलाई भने लाभ पुगेको उनको तर्क छ । सरकारले पर्यटन वर्षकै माध्यमबाट होमस्टेमार्फत गाँउगाउँसम्मा पर्यटनको जागरण अभियान चलाउनु, विभिन्न महोत्सवलाई आन्तरिक पर्यटन महोत्सवका रूपमा मनाउनु र राजनीतिक दलले समेत आ–आफ्नो क्षेत्रमा पर्यटनको गतिविधि सञ्चालन गर्नु नै आन्तरिक जगरणको अभियान चालएको छ । पर्यटन वर्ष घोषणा भएपश्चात सात सय ट्रभलएजेन्सी अहिले तीन हजार पुगेका छन् । १ हजार ट्रेकिङ एजेन्सी २५ सय। एक दर्जन हवाई खेलकुद कम्पनीका संस्था पाँच दर्जन, आधा दर्जन आन्तरिक वायुसेवा संख्या डेढ दर्जन भएको पनि मन्त्रालयको तथ्यांकले देखाएको छ । घुमफिर वर्षलाई एक करोड घुमफिर वर्ष २०७३ लाई प्रवद्र्धन गर्न पर्यटन बोर्डले एक करोड १५ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । आन्तरिक पर्यटक प्रवद्र्धन गर्न र आन्तरिक पर्यटकीय गन्तव्यको विकासका निम्ति बोर्डले यो रकम विनियोजन गरेको हो । यो बजेटले पर्यटकीय स्थलको भ्रमण, जनचेतना अभिवृद्धि, पर्यटकीय गन्तव्यको स्थलगत निरीक्षणसहितका कार्यमा खर्च गर्ने गरी बजेट तय भएको बोर्ड सदस्य सापकोटाले बताए । बोर्डका अनुसार कार्यविधि नआए यो पैसा पनि खर्च हुन सक्दैन ।

विमास्थल वरपर लेजरलाइट निषेध, उड्डयन प्राधिकरणको सचेतना अभियान

काठमाडौं ७, भदौ । नेपालको उड्डयन क्षेत्रको नियमक निकाय नेपाल नागरिक उड्डयन प्राधिरकणल विमानस्थल वरपर विकिरण फ्याँक्ने लेजरलाइट प्रयोग निषेध गरेको छ । लेजरलाइटले जहाजको उडान अवतरणमा समस्या हुन थालेपछि प्राधिकरणले सचेतना अभियान संचालन गर्ने निर्णयसहित लेजरलाइट निषेध गरेको हो । गत शुक्रकार नेपाल वायुसेवा निगमको जहाज शुक्रबार काठमाडौं विमानस्थल नजिक आइपुगेपछि लेजरलाईको सीधा प्रभावले अवतरणै चुनौति दिएको घटना सार्वजनिक भएपछि प्राधिकरणले सचेतना अभियान थालेको हो । त्यतिबेला जहाजको ककपीट अर्थान चालक दल भएकै ठाँउमा सीधा लेजरलाइट परेका कारण जहाज ेअवतरणमै चुनौति दिएको समाचार सार्वजनिक भएको भएको थियो। गत शुक्रबार बैंककबाट फर्किंदै गरेको नेपाल वायुसेवा निगमको एयरबस ए–३२० विमान काठमाडौं भित्र छिरिसकेको थियो । साँझको बेला अँध्यारो उपत्यकाभित्र आइसकेको जहाज ठैंचु नाघेर हात्तिवनमाथिको आकासमा आएपछि ककपिटमा विपरित दिशा जडीबुटीबाट विकिरण उत्सर्जन गर्ने लेजर लाइटले ककपिटमा आक्रमण गर्‍यो । १ सय ४० यात्रु बोकेर आइरहेको विमानलाई अवतरण गराउन खोजिरहेका क्याप्टेनका आँखामा असर पर्‍यो । उनीहरु झस्किए । नेपाली आकासमा पाइलटहरुले यस्तो अवस्था यसअघि कहिल्यै ब्यहोरेका थिएनन् । विदेशी मुलुकमा बेलाबेला भइरहने यस्तो समस्या नेपाली पाइलटले गत शुक्रबार पहिलोपटक फेस गरे । लेजरलाइटले उत्सर्जन गरेको हरियो चुम्बिकय विकिरणले ककपिटको कमाण्ड सम्हालिरहेका चालकदलको आँखामै हानेपछि अप्ठ्यारो अवस्था पैदा भयो । धन्न त्यो विमानको कोपाइलट सिटमा बसेका चालकले यसबारे पूर्व जानकारी र अध्ययन गरेकाले सावधानी अपनाइ हाले । क्याप्टेनलाई तत्कालै विमानस्थल बाहिरबाट कुनै अपराधिक मानसिकता भएकाले लेजर लाइट हानेको हुन सक्ने ब्रिफिङ्ग गर्दै उनले विमानलाई ओभरसुट वा गो–अराउन्ड दायाँबाया मोड्ने कार्य गराएनन् । १६ सय मिटर हाराहारी उचाईबाट बिस्तारै डिसेन्ड झर्दै गरेको विमान हात्तिवन, इमाडोल कटाउदै जडीबुटीतर्फ आयो । लेजरलाइट ककपिटमा परीनै रह्यो । त्यो लेजरलाइटले करिब ४० सेकेन्डसम्म ककपिटमा पाइलटलाई हानि पुर्‍यायो । जब विमान विमानस्थलको रेखाभित्र पस्यो अनि मात्रै लेजरलाइटको आक्रमण हट्यो । चालकदलले विमानलाई सेफ ल्याण्डिङ्ग गरीसकेपछि एयरट्राफिकलाई ग्राउण्डबाट खबर गरे । तत्काललै नेपाल वायु सेवा निगमका चालकदलले यस्तो गतिविधिले जहाज दुर्घटनामा पर्न सक्ने खतरा औल्याउँदै तत्कालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लिखित उजुरी हाले । सोमबार पनि निगमकातर्फबाट घटनाबारे विस्तृत प्रतिवेदन पनि प्राधिकरणलाई दिइएको थियो।