हिमालय एअरलाइन्सले शुरु गर्यो काठमाडौ-छोङ्छिङ् सिधा उडान
काठमाडौं । चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्याको अवसर पारेर नेपाल—चीन सँयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्स्ले आजदेखि काठमाडौ—छोङ्छिङ् सिधा उडान सेवा शुरु गरेको छ । छोङ्छिङ् जन गणतान्त्रि चीनको एक मनोरम पर्यटकीय शहर हो । नेपालबाट छोङ्छिङ् सिधा उडान सेवा भर्ने हिमालय एअरलाइन्स् नै पहिलो हवाई सेवा कम्पनी हो । सिधा हवाई सेवा शुरु भएसँगै आगामी दिनमा दुबै शहरमा पर्यटकीय आवागमनमा उल्लेख्य टेवा पुग्ने विश्वास लिइएको छ । गत अक्टोबर २०१९ मा काडमाडौ—बेइजिङ् उडान थालेपछि हिमालय एअरलाइन्स्ले आक्रामक रुपमा चीनका अन्य शहरहरु गुयाङ्, चाङ्सा र सेन्जेनमा एकपछि अर्को गर्दै आफ्नो सेवा अघि बढाईसकेको छ । काठमाडौ—छोङ्छिङ् सिधा उडानबाट ब्यापारिक भिषामा ओहोरदोहर गर्ने तथा छोटो समय घुम्न हिंड्ने पर्यटकका लागि नयाँ विकल्प प्रदान गरेको छ । त्रिभुवन विमानस्थलमा आयोजित एक बिशेष समारोहका बीच रिबन काटेर नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टईले काठमाडौ—छोङ्छिङ् सिधा उडानको आज बिहीबार औपचारिक उद्घाटन गरेका छन् । माननीय नेपालस्थित चिनियाँ राजदूत श्रीमती होउयाङची, पर्यटन मन्त्रालयका सचिव केदार बहादुर अधिकारी, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल लगायत नेपाल सरकारका उच्च सरकारी अधिकारीहरु सो अवसरमा उपस्थित भएका थिए । काठमाडौ—छोङ्छिङ् सिधा उडान अन्र्तगत पहिलो विमान ठडठ त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट बिहान ०९ः४० बजे छोङ्छिङ जियाङ्बेइ अन्र्तराष्ट्रिय विमानस्थलका लागि प्रस्थान गरी स्थानीय समय अनुसार १५ः२६ बजे छोङ्छिङ चियाङ्पेइ अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण ग¥यो । त्यसैगरी छोङ्छिङ जियाङ्बेइ अन्र्तराष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार सोही दिन उक्त विमान अपरान्ह १७ः०० बजे काठमाडौका लागि उड्ने र नेपालको समय अनुसार साँझ १९ः१५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने तय भएको छ । प्रारम्भिक प्रस्थान र दिउसो उडान र अवतरण हुँदा यात्रुहरुलाई भ्रमणका क्रममा समय व्यवस्थापन गर्न सहजता महसुस हुनेछ । काठमाडौ—छोङ्छिङ् सिधा उडान उद्घाटनको अवसर पारेर हिमालय एअरलाइनस्ले राजधानीको द द्वारिकाज होटलमा एक पत्रकार सम्मेलन आयोजना ग¥यो । पत्रकार सम्मेलनमा आफ्नो मन्तव्य राख्दै हिमालय एअरलाइन्सका अध्यक्ष झाउ इनयोङ्ले चिनियाँ पर्यटकहरुका लागि नयाँ बर्षको उपहार जस्तै भएको बताए । गत अक्टोबरमा बेइजिङ् तर्फ उडान शुरु भएपछि हिमालय एअरलाइन्स्ले ४ हजार २ सय ४२ जना भन्दा बढी चिनियाँ यात्रुलाई चीनका चार शहरबाट नेपाल ल्याइसकेको छ । अबका दिनमा यो संख्या अझै बढेर जानेछ । चीन र नेपालबाट सहज रुपमा हवाई सेवा संचालन गर्न हामी प्रतिबद्द छौँ ।” सो अवसरमा माननीय नेपालस्थित चिनियाँ राजदूत श्रीमती होउयाङचीले हिमालय एअरलाइन्स्ले नेपाल र चीनलाई निकट बनाउन निरन्तर खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै अबका दिनमा दुई देशका जनता र संस्कृतिलाई अझ मजबुत बनाउंदै जाने बताएकी छन् । नेपालका पर्यटनमन्त्री माननीय योगेश भट्टराईले नेपाल र चीनको द्विपक्षिय संबन्ध विस्तारका लागि कनेक्टिभीटि महत्वपूर्ण रहेको बताए । उनले हिमालय एयरलाइन्स्को सेवा विस्तारबाट नेपाल र चीनबीचको पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । हिमालय एअरलाइन्स्का प्रशासन उपाध्यक्ष विजय श्रेष्ठले धन्यवाद ज्ञापन गर्दै चीन हाम्रो मुख्य पर्यटन बजार भएको र थप अर्को एउटा शहरमा हाम्रो सेवा विस्तार गर्न पाउंदा आफु हर्षित भएको बताए । अबका दिनमा छोङ्छिङ्बाट सिधा पर्यटक नेपाल आउन सक्नेछन् । त्यस्तै छोङ्छिङ हिमालय एयरलाइन्स्को पाँचौ गन्तब्य हुनेछ । अबका दिनमा नयाँ बिमान खरिद गरी सेवा अझ विस्तार गर्ने लक्ष्य हिमालय एयरलाइन्सको रहेकाे छ ।
कालिञ्चोक दर्शनको पाँचौ साधारण सभा, अध्यक्षमा शिवाकोटी
काठमाडौं । कालिञ्चोक दर्शनको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभाले आगामी ५ वर्षको लागि बालकृष्ण शिवाकोटीको अध्यक्षतामा निम्न बमोजिमको संचालक समितिको निर्वाचन गरेको छ । जसमा बालकृष्ण शिवाकोटी अध्यक्ष, मार्कण्डेय अधिकारी संचालक, ऋषिकेश गौली संचालक, रमेश राज शिवाकोटी संचालक, डिल्ली प्रसाद शिवाकोटी संचालक, गुरु प्रसाद अधिकारी संचालक र थानेश्वर बस्याल संचालकका रुपमा नियुक्त भएका छन् । साधारणसभाले संचालक समितिको निर्वाचनका अतिरिक्त संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनलाई समेत पास गरेको छ । कालिञ्चोक दर्शन लिमिटेडले दोलखा जिल्लाको कालिञ्चोक कुरीबाट कालिञ्चोक भगवतीको मन्दिरसम्म सजिलै आवत जावत गर्नको लागि करिब ५२ करोडको लागतमा २०७५ कार्तिक महिनाबाट केबलकार संचालनमा ल्याएको छ । उक्त स्थानमा केबलकारको निर्माण र संचालन पछि आन्तरिक तथा बाह्य पर्यटकहरुको आवागमनमा उल्लेख्य रुपले बृद्धि भएको छ । कम्पनीले सम्भाव्यता अध्ययनको आधारमा उपयुक्त देखिएका अन्य स्थानहरुमा पनि केबलकार संचालन गर्न सक्ने अध्ययन गरिरहेको छ ।
पर्यटकलाई लक्षित गर्दै खप्तडमा दुई आवास गृह बन्दै, निमार्णका लागि टेण्डरसमेत आव्हान
काठमाडाैं । सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय एवं धार्मिक क्षेत्र खप्तडमा सुविधा सम्पन्न दुई वटा पर्यटक आवास गृह निर्माण हुने भएका छन् । खप्तड राष्ट्रिय निकुञ्जमा जाने पर्यटकका लागि दुई आवास गृह निमार्ण प्रक्रिया थालिएको छ। पर्यटकको खाना वस्नका लागि आवास गृह निर्माणको प्रक्रिया थालिएको हाे । पर्यटन बोर्डले आवास गृह निर्माणका लागि ५ करोड रुपैयाँ छुट्याएको छ । खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले १ सय २५ बेडका दुई वटा आवास गृह निर्माण गर्ने निकुञ्जका रेञ्जर सुनिल बोहराले बताए । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै दुई वटा आवास गृह निमार्णको कार्य थालिएको उनले बताए । ती दुई वटा आवास गृह सुविधा सम्मपन्न र अन्य भौतिक संरचनासहित हुने छन् । बोहराले आगामी असोज/कात्तिकसम्म आवास गृहको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेकाे उनकाे भनाइ छ । खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले दिएको जानकारीअनुसार खप्तड क्षेत्रमा एक सय बेडको आवास गृह बन्नेछ भने खप्तड क्षेत्रमा जाने बिचपानीमा २५ बेडको आवास गृह बनाउने गरी कार्य भइरहेको छ । दुई वटै आवास गृहका लागि ५ करोड लागत लाग्ने जनाइएको छ । आवासगृह निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको बोहराले बताए । पछिल्लो समयमा खप्तड क्षेत्रमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि पर्यटकलाई सुविधा पु¥याउने उद्देश्यले उक्त दुई वटा भवन निर्माण गरिन लागिएको हो । खप्तड राष्ट्रिय निकुञ्जभित्र खाने बस्ने राम्रो व्यवस्था नभएकोले राम्रो व्यवस्थापन चाहने मानिसहरु सामान बोकाउनको लागि खच्चडको प्रयोग गर्दै आएका छन् । सरकारले वि.सं. २०४३ सालमा २२५ वर्ग किलोमिटर क्षेत्र समेटेर खप्तड राष्ट्रिय निकुञ्ज बनाएको हो । पूर्वाधार नबनेको खप्तड राष्ट्रिय निकुञ्ज पुग्नका लागि बझाङको लामातोला वा डोटीको झिंग्रानाबाट जान सकिन्छ। प्राकृतिक, धार्मिक र सांस्कृतिक विविधताले भरिपूर्ण खप्तडमा २२ वटा ठूला पाटन र ५२ वटा झोता अर्थात रूखका थुम्काहरू छन्। खप्तड धार्मिक हिसाबले पवित्र मानिन्छ। यहाँ नागढुंगा, खप्तड दह, खप्तड आश्रम, सहस्र लिंग, त्रिवेणीघाट जस्ता पवित्र मानिने स्थल छन्। खप्तडको अर्को आकर्षण भनेको खप्तड बाबाको आश्रम हो, जहाँ उनको मूर्ति र उनले प्रयोग गरेका केही सामान छन्। उनले खप्तडमा ५० वर्ष बिताएर विभिन्न पुस्तकहरु लेखेका थिए। प्राकृतिक रुपमा निकै मनमोहक खप्तडमा भौतिक पूर्वाधार केही नभएकाले खप्तडमा मेला भर्न आउनेहरु अस्थायी पाल र टहरामा रात बिताउने गर्छन्।