नेपाल वायुसेवा निगम निजीकरणमा, क्यान छुट्टाइयो

काठमाडौं । सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि) निजीकरण गर्ने भएकाे छ । सोमबारको मन्त्रिपरिषद् बैठकले निगमलाई निजीकरण गर्ने निर्णय गरेको हो । निगमको भौतिक सुधारका लागि निजीकरण गर्न लागिएको जनाइएको छ । चार महिना अगाडि पूर्व पर्यटन सचिव सुशील घिमिरे संयोजकत्वको टोलीले निगमलाई निजीकरण गर्न सुझाव दिएको थियो । निगमको सुधारका लागि सुुझाव दिन गठित समितिले निगमको दीर्घकालिन सुधारका लागि ४९ प्रतिशत सेयर निजीकरण गर्न सुझाव दिएको थियो । त्यही सुझावकाे आधारमा गत सोमबारको मन्त्रिपरिषद् बैठकले निगम निजीकरण गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । निगमको संस्थागत सुधारका लागि २ खर्ब रुपैयाँ अधिकृत पुँजी भएको संस्था बनाउन पनि सुझाव दिएको थियो । उक्त सुझाव प्रतिवेदनलाई बुझ्दै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले सुझावलाई सकरात्मक रुपमा लिएकोले यसको अध्ययनपछि कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका थिए । सोही बमोजिम निगमलाई निजीकरण गरिएको स्रोतको भनाइ छ । यस्तै, मन्त्रिपरिषद्को सोमबारको बैठकले नै नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) लाई पनि टुक्र्याउने निर्णय गरेको छ । टुक्र्याउने गरी मस्यौदा तयार भएको नागरिक उड्डयन ऐन पनि मन्त्रिपरिषदमा पुगेको थियो । मन्त्रिपरिषद बैठकले सो ऐन पनि अगाडि बढाउने निर्णय गरेको स्रोतको दावी छ । प्राधिकरण विभाजन गरेर नियामक र सेवा प्रदायक कम्पनी बनाउने भनिए पनि सो कार्य हालसम्म टुङ्गिएको थिएन । अब प्राधिकरण विभाजन गर्ने कार्यले गति पाउने स्रोतले बतायो । प्राधिकरणलाई विभाजन गर्ने कार्य अगाडि बढेसँगै प्राधिकरणको स्वामित्वमा रहेको सबै चल अचल सम्पत्ति हवाई सेवा प्राधिकरणलाई हस्तान्तरण गरिनेछ । तर, अर्को व्यवस्था नभएसम्मका लागि केही सम्पत्ति नेपाल नागरिक उडड्यन नियमन प्राधिकरणले प्रयोग गर्न पाउने गरी हस्तान्तरण गरिने मस्यौदाको दफा ४७ मा उल्लेख छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले यी दुवै संस्थाको काम आ–आफ्नै हुने बताए । प्राधिकरणले नियमन गर्ने र सेवा प्रदाायक संस्थाले विमानस्थलको व्यवस्थापन,सञ्चालन तथा अन्य सेवा प्रदायक कार्य गर्ने उनको भनाइ छ ।

कोरोना भाईरसका कारण चिनियाँ पर्यटकको संख्या घट्यो, भ्रमण वर्षलाई धक्का

काठमाडौं । कोरोना भाईरसका कारण नेपालमा चिनियाँ पर्यटकको संख्या घटेको छ । एक महिनायता चीनमा देखिएको नोबल कोरोना भाईरसले नेपालमा मात्र नभएर विश्वभरको पर्यटन क्षेत्रलाई असर गरेको हो । नेपाल नोबल कोरोना भाईरसबाट सुरक्षित भएको तर चीनमा र अन्य देशहरुमा फैलिएको त्रासले भ्रमण वर्षलाई असर गरेको हाेटल एसाेसिएसन नेपाल (हान) का अध्यक्ष सृजना राणाले बताईन् । चिनियाँ नयाँ वर्षमा ठूलो संख्यामा चिनिया पर्यटकहरु नेपालमा आउने गरेका छन् । तर, कोरोना भाईरसको कारण हाल नेपालका होटलहरु सुनसान रहेका नेपाल पर्यटन वर्ष २०२० का संयोजक सुरज वैधले बताए । यसले होटल व्यवसायलाई मात्र नभएर ट्याक्सी ड्राईभर, हस्तकला व्यवसायी, कृषकलगायत सबैलाई असर परेको उनकाे भनाइ छ । होटल व्यवसायीहरु चिनियाँ नयाँ वर्ष भनेपछि एकदमै एक्साईटेड हुने गरेकाे भएपनि यस वर्ष त्यस्तो नरहेकाे, धेरै बुकिङहरु रद्ध भईरहेको अध्यक्ष राणाकाे भनाइ। बुकिङ रद्द हुदाँ कति घाटा भयाे भन्ने अहिले नै यकिन नभएकाे उनकाे भनाइ । नोबल कोरोना भाईरसको त्रासलाई मध्यनजर गर्दै होटल संघ नेपालले आफ्ना सदस्य होटललाई कुनै पनि पाहुनामा भाईरसको संकेत देखिने बित्तिकै अस्पताल लैजानलाई पुर्वतयारी गर्न आग्रह गरेको छ । नोबल कोरोना भाईरसको कारण मंगलबारसम्म ४ सय २५ जनाको मृत्यु भईसकेको छ भने २० हजार भन्दा बढि जनामा संक्रमण भएको भेटिएको छ ।

काठमाडौं-पोखरा नियमित उडान गर्दै श्री एयरलाइन्स, माघ २४ गतेबाट संचालन हुने

काठमाडौं । श्री एयरलाइन्सले काठमाडौंबाट पोखरामा नियमित उडानहरु संचालन गर्ने भएको छ । कम्पनीले भ्रमण वर्ष २०२० लाई लक्षित गरि विदेशीलाई थप राम्रो, उत्कृष्ट र सुरक्षित सेवा पुर्याउने उद्देश्यले उक्त सेवाको शुरु गर्न लागेको हो । उक्त सेवा माघ २४ गतेबाट संचालन गरिने कम्पनीले जनाएको छ । कम्पनीले हालै जनकपुरमा नियमित उडान शुरु गरेको छ । क्यानाडाको बोमबारडिएरबाट निर्माण गरिएको ड्यास ८ क्विु४०० (९एन-एएनई/९एन-एएनएफ) विमानहरुबाट पोखरा, जनकपुर, सिमरा लगायत विमानस्थलमा लक्षित गरी जनकपुरमा नियमित उडान शुरु गरिएको कम्पनीले जानकारी दिएको छ ।